Daily Archives: 12/10/2010

खाडी मुलुक मलेसियामा पनि दशैँको रमझम


योगेन्द्र योगी, मलेसिया

हिन्दुहरुको महान चाड पर्ब विजया दशमी २०६७ मलेसियाको बिभिन्न सहरहरुमा रमझमको चहपहल तिब्र भईरहेको छ । मलेसियामा कार्यरत करिब ५ लाख भन्दा बढी नेपाली श्रमिकहरुले आफनो देशको पुरानो धर्म साँस्कृतिकलाई नबिर्सी परम्परागत दशैँ लगायत अरु थुप्रै चाडपर्बहरु विदेशमै भएता पनि बिभिन्न कार्यक्रमका साथ मनाईरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालले एसीसी -१९ महिलाको उपाधि दोस्रो पटक चुम्यो


काठमाडौ, आश्विन २६ – नेपालले एसीसी -१९ महिलाको क्रिकेटले उपाधि चुमेको छ । दोस्रो संस्करणको फाइनलमा भुटानलाई मंगलबार भएको खेलमा ५ विकेटले पराजित गर्दै डिफेन्डिङ च्याम्पियनको   उपाधि कब्जा गरेको हो । नेपालले यसअघि पहिलो संस्करणको उपाधि समेत जितेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

मरुभूमीबाट भाईलाई खुल्ला पत्र


बालकृष्ण घिमिरे
टुकुचा ७ काभ्रे, हाल: केजिएल कुवैत 

प्यारो भाई,

मुटु भरिको माया र प्रगाढ सम्झना पनि !

भाई आराम रही आराम र कुशल मंगलको कामना गर्दै यो मरुभूमीबाट एउटा पत्र पठाउने जमर्को गर्दैछु । हेर्दाहेर्दै दसैं पनि आईसकेछ तर हामी गरीबहरुका लागि के दसैं आयो भन्नु र खै ? तै पनि यो तिम्रो दाजुले दसैं तिहार नमानेको ६ बर्ष बिती सकेछ । साच्चै भन्नुपर्दा खै कहिले र कुन साल आयो दसैं हाम्रा लागि ? भन्छन, दसैं राम्रो लाउने र मिठो खाने चाहाड हो तर के गर्नु भाई त्यही चाहाड मनाउन हाम्रा बाबाले लिएको रिण तिर्न नसक्दा कान्छा साउले हाम्रो लैनु भैंसी फुकाएर लगेको हिजो जस्तो लाग्छ मलाई । पढ्नेक्रम जारी राख्नुहोस्

लुक्ला विमानस्थलमा सीता एयरको विमान दुर्घटना: सबै यात्रु सकुशल


काठमाडौ, आश्विन २६ – काठमाडौंबाट लुक्लाको लागि उडेको सीता एयरको डोनियर विमान मंगलबार लुक्ला विमानस्थलमा दुर्गघटनाग्रस्त भएको छ । विमानमा सवार चालक दलका सदस्य सहित ११ जना यात्रु सशकुल रहेका छन् । विमान अवतरण गर्दा दुर्घटना भएको जनाइएको छ । दुर्घटनाबाट विमानको अग्रभाग क्षतिग्रस्त भएको छ ।

Posted by: Jay Ale

नेपाल भोकमरीग्रस्त मुलुकको ५६ औं स्थानमा


काठमाडौ, आश्विन २६ -नेपाल विश्वका भोकमरीग्रस्त मुलुकको सूचीमा ५६ औं स्थानमा रहेको सोमबार सार्वजनिक एक अन्तर्राष्ट्रिय प्रतिवेदनले औंल्याएको छ । यसअघि सन् २००८ को ग्लोबल हंगर इन्डेक्स -विश्व भोकमरी परिसूचक -जिएचआई) मा नेपाल ५७ औं स्थानमा थियो । इन्टरनेसनल फुड पोलिसी रिसर्च इन्स्टिच्युटले सोमबार सार्वजनिक गरेको नयाँ परिसूचकले सन् १९९० यता दक्षिण एसियाले भोकमरी हटाउने दिशामा उल्लेख्य प्रगति गरेको देखाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

झुटो कसम (कविता)


कसम नै तोडेर धोका दिनु थियो भने
झुटो कसम नखाई दिएको भए हुने थियो
एक्लै छोडेर जानु थियो भने
सपनी बिपनिमा भेट नभई दिएको भए हुने थियो

भन्थ्यौ तिमीले नबिर्सनु बिदाइ हुँदा खेरी
किन आज निष्ठुरी भयौ तिमी नै फेरी
शंका लाग्छ मनमा किन भयौ अर्काकी
ब्यार्थै भयो मैले माया लाएको तिमीसँग

कति थिए मनका कुरा तिमीलाई सुनाउन भनि
मन भित्रै रहयो कति पर्खे तिम्रो यादमा तिम्रो
फोन आउछ कि भनि, दिन गनी, घण्टा समेत गनी !!
 
टिका राम पौडेल
बजेडी चौर ४ पानीखोला, बिरेन्द्र नगर, सुर्खेत
हाल: निलाई मलेशिया, फोन: ०१६२५३५८६५

Posted by: Jay Ale