Daily Archives: 11/10/2010

बुटवल निवासी लक्ष्मण कुमार श्रेष्ठको कोरियामा मृत्यु


नेपालकोरिया न्युज सम्बाददाता

अक्टुबर ११, नेपालको रुपन्देही जिल्ला वुटवल नगरपालिका कालिका नगर स्थायी घर भई लुम्बिनी म्यानपावर मार्फत २००४ डिसेम्बर १४ मा पहिलो पटक रोजगारीको सिलसिलामा प्रवेश गरेका बर्ष ३८ का नेपाली लक्ष्मण कुमार श्रेष्ठको यहि अक्टुबर ८ तारिख मृत्यु भएको छ ।

पोच्छन् सिटीको सङ्उरी स्थित खासान् साम्गरी पोच्छन् मा काम गर्ने मृतक श्रेष्ठ शुक्रबार ८ तारिख राति सवा ११ बजेतिर सुत्दा उनको मुखबाट आश्चर्यजनक नबुझिने पढ्नेक्रम जारी राख्नुहोस्

टाढा रहेछु त के भो ??


ज्ञानेन्द्र गुरुङ्ग, साउदी अरब

परदेश फाप्यो भन्नु मात्र छ यहाँ मलाई
हत्केलाका नङ्ग्रा खियाएर जिबन धान्नु पर्‍याछ
स्वदेश लुछाचुंड़ी र सत्ताभोगीहरुको रणभूमी बनिरहंदा
कताकता मेरो स्वणीमभूमीलाई गिद्धे नजरहरुको बैतर्णी चढ्ने भर्‍याङ्ग बनाछ ! 

अनि सुस्त…सुस्त…

धतुरोको डढेलोले झैँ खरानी बनाउने दाउमा लागि पर्‍याछ
परदेशीका दैनिकीहरु त यहाँ मांशपिण्डका झरीले नुहाउनु पर्‍याछ
तथापी.. क्षितिज नियाल्ने दृष्टि धमिलिएको छैन अझै,
सामर्थ्य बोकिरहने माशी गलेर घुँडा टेकाईराखे मात्र पुग्छ मलाई…
म आमा र मातृभूमिको सु-सम्बृधीमा थकानको सुस्केराले भएपनि सुशेली रहूंला,
ह्रिदयभरी ममताको ज्वार नसुक्दै शन्तिभूमीको बोली बोल्न पर्‍याछ मलाई !!  पढ्नेक्रम जारी राख्नुहोस्

राजतन्त्रसँगको लडाईं अन्त्य भएको छैनः अध्यक्ष खनाल


नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राजतन्त्रसँगको लडाई अझै अन्त्य नभएको बताउनुभएको छ । उहाँले राजा हटे पनि राजतन्त्रवादी र गणतन्त्रवादीबीचको आन्दोलन अझै जारी रहेको बताउनुभएको हो । बडादशै तथा शुभ-दिपावलीको अवसरमा इलामको फिक्कलमा आइतबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पढ्नेक्रम जारी राख्नुहोस्

काङ्ग्रेस नेता वाग्लेले कान्छी भित्राए


२५ असोज, काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चिरन्जिवी वाग्लेले दोस्रो विहे गरेका छन् । २० वर्षभन्दा बढीदेखि निरन्तर केन्द्रीय सदस्य रहेका वाग्लेले दाङकी सुशीला न्यौपानेलाई शनिबार सुटुक्क भित्राएका हुन् ।

वाग्लेले राजधानीको कालोपुलस्थित आफ्नो निबासमा शनिबार अपरान्ह आफूभन्दा १३ वर्ष कान्छी पढ्नेक्रम जारी राख्नुहोस्

लोकतान्त्रिक मञ्चका अध्यक्ष लक्ष्मण थारु यौनकर्मीसँग फेला परेपछि प्रहरी खोरमा


२४ असोज, काठमाण्डौ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष लक्ष्मण थारुलाई यौनकर्मी महिलासँग अनैतिक क्रियाकलाप गरिरहेकै समयमा प्रहरीले आइतबार पक्राउ गरेको छ । राजधानीको बागबजारस्थित श्री गणेश गेष्टहाउसबाट थारुलाई अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा आइतबार बिहान पक्राउ गरेको जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एक्काइसौ शताब्दी र ओढारको बास


मकवानपुरको विकट खैराङ गाविस- २ करप्तामा ओडारमा मकै भण्डार गरिएको दृष्य । उक्त ओडारमा आफ्ना ६ जना परिवार सहित जन्तरे चेपाङ बस्दै आएका छन् । Saujanya: RC Subedi/NepalRus

Posted by: Jay Ale