Daily Archives: 10/10/2010

लालीगुराँस साँस्कृतिक परिवारको अत्यन्तै जरुरी सूचना !


 कुवेतवासी आदरणीय नेपाली जनसमुदाय;
 
आगामी १५ अक्टुबर २०१०, शुक्रबारको दिन कुवेतको मालियास्थित एशिया-एशिया होटलमा लालीगुराँस साँस्कृतिक परिवारले आफ्नो पहिलो प्रस्तुती स्वरुप “दशहरा सांगितिक रमझम २०६७” यहाँहरु बिच पस्कन गईरहेको सबैलाई अग्रिम जानकारी नै छ । साथै यस किसिमको अवसर पाउँदा हामी अत्यन्तै उमंगित र उत्साहित भएका छौं र आशा छ तपाईंहरुको माया र ममता बिच हाम्रो कार्यक्रम सफल हुनेछ ।   

तर, गत केहि दिन पहिला मालिया सिटीदेखि ट्याक्सीबाट महाबुल्ला जाँदै गरेको क्षणमा यसै सांगितिक रमझम सम्बन्धित बुक नं. ११  को पुरा टिकटको बुक नै ट्याक्सीबाट हराउन पुगेकोले उक्त टिकटको बुक फेला पार्नु हुने कुनैपनि सज्जन महानुभावलाई टिकट सम्बन्धित व्यक्ति श्री नारायण घिमेरे ज्यूलाई मोवाईल नं. ६५८४६१८२ मा संपर्क गरी बुझाई दिनुहुन या यथाशिघ्र सूचित गरि दिनुहुन लालीगुराँस साँस्कृतिक परिवार विनम्र अनुरोध गर्दछ । पढ्नेक्रम जारी राख्नुहोस्

देश या बिदेशमा रहनु हुने नेपालीहरुलाई ‘रोजगारको सुवर्ण अवसर’


कुवेतको Multaq Complex स्थित Safa National Company बाट केहि नेपाली कामदारहरुको माग भएकोले इच्छुक व्यक्तिहरुले आफ्नो सक्कली राहदानी, काम सम्बन्धी अनुभवको प्रमाणपत्र र पासपोर्ट साईजको १२ प्रति रंगिन फोटो सहित ग्लोवल ईण्टरनेशनल रिक्रुट्मेण्ट पा.लि. काठमाण्डौ, नेपालको निम्न स्थान या सम्पर्क नम्बरहरुमा यथाशिघ्र सम्पर्क गर्न सक्नु हुने जानकारी गराईन्छ ।

ग्लोवल ईण्टरनेशनल रिक्रुट्मेण्ट पा.लि.
पो.ब.नं. २६२६९, गल्कोपाखा, ठमेल, काठमाण्डौ, नेपाल ।

टेलिफोन: ००९७७-१-४३६३३६२, फ्याक्स: ००९७७-१-४३५१०५९
मोवाईल: ००९७७-९८५१०३०८५२, ९८०३६७४४४३९, ९७४१०५१२३४, ९८४९६३९६२५ पढ्नेक्रम जारी राख्नुहोस्

पुजनाले साईबर संसार विरूद्ध मुद्धा हाल्ने


फिल्मीखबर, आश्विन २४, जय संगत नायिका पुजना प्रधान स्त्रीले मोडलहरू उत्पादन गर्दै आएको सस्था साईबर  ससार विरूद्ध मुद्दा हाल्ने तयारी गरेकी छिन् ।

फिल्मीखबरसंग कुरा गर्दै नायिका पुजनाले तीन बर्षअगाडी नारायणी नदी किनारमा खिचेको   विकनी पहिरनको फोटो मिस यूज भएको भन्दै साईबर संसारले साईटबाट तुरून्त ती फोटो नहटाए आदलती कारबाही सुरू गर्ने चेतावनी दिएकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

दलित र बाहुनको जमरा एकै ठाउँमा


२४ असोज, नुवाकोट । आधुनिकताको जति कुरा गरे पनि गाउँघरमा दलित र बाहुनको बीच पानी नचल्ने परम्परा अझै कायमै छ । तर जिल्लाको बेलकोटमा दलित, बाहुन, क्षेत्रीले भने एकै ठाउँमा जमरा राखी उदाहरणीय काम गरेका छन् । बेलकोट ३ को निरञ्जना भगवतीको मन्दिरमा ब्राहृमण, क्षेत्री र दलितले संयुक्तरूपमा जमरा राखेर जातीय छुवाछुतको प्रथाविरुद्ध दहि्रलो काम गरेर देखाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

अनमिनले जनसेनाको तथ्याङ्क सरकारलाई बुझायो


२४ असोज, काठमाण्डौ । नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले माओवादी सेनाका सदस्यहरूको तथ्याङक शान्ति तथा पुननिर्माण मन्त्रालयलाई बुझाएको छ । नेपालस्थित अनमिनको कार्यालयले आइतबार विज्ञप्ती जारी गर्दै माओवादी सेनाको सुपरिवेक्षण, समायोजन तथा पुनस्र्थापना गर्ने विशेष समितिको आग्रह बमोजिम शान्ति मन्त्रालयलाई माओवादी सेनाको सदस्यहरूको तथ्याङक उपलब्ध गराएको जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अखिल नेतृत्वलाई प्रधानमन्त्रीको बधाई


काठमाडौ । प्रधानमन्त्री माधवकुमार नेपालले आज नेकपा -एमाले) निकट अनेरास्ववियुको २० औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री नेपालले नयाँ नेतृत्वको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्