गगनचुम्बी भवनको होड


विगत केही वर्षयता राजधानीमा आवास व्यवस्था कम्पनीहरूबीच अग्ला भवन निर्माण गर्ने होड नै चलेको छ । सामूहिक तथा संयुुक्त आवासको अवधारणा बढ्दै गएलगत्तै आधुनिक र  सुविधासपन्न तयारी घरमा बस्न रुचाउनेहरूको संख्या पनि वृद्धि भएको छ ।  विगतमा हाउजिङ कोलोनीमा सीमित रहेका संयुक्त आवास कम्पनीहरू विस्तारै अपार्टमेन्ट प्रणालीतर्फ मोडिदै गएका छन् । राजधानीमा अहिले कम्तीमा ९ देखि १७ तल्लासम्म अग्ला आवासगृहहरू निर्माण भइरहेका छन् ।
महँगो बन्दै गएका निर्माण सामग्री, ज्यामी खर्च, जग्गालगायत घर बनाउन समयको अभावका कारण उच्च–मध्यम वर्गीय परिवार तयारी घरतर्फ आकर्षित हुन थालेका हुन् । उपत्यकामा आवासका लागि उपयुक्त जग्गा कम हँुदै जान थालेपछि मूल्य पनि अकासिएकोे छ । यही कारण आवास लगानीकर्ताहरू धेरै र फराकिला जग्गामा भन्दा  थोरै जग्गामा अग्ला घर बनाउनेतर्फ लागेका हुन् । अग्ला आवासीय घरहरू निर्माणका लागि एक मुष्ट लगानी परे पनि हाउजिङ कोलोनीमा एकल भवन निर्माणभन्दा तुलनात्मक रूपमा लागत कम पर्ने भएकाले व्यवसायीहरू यसतर्फ आकर्षित भएका हुन् । विकासित मुलुकको अनुशरण गर्दै बनाइएका यी अग्ला भवनहरूमा अर्पाटमेन्ट प्रणालीमा आवास व्यवस्था मिलाइएको हुन्छ ।
उच्च र मध्यमवर्गीय परिवारका लागि मुख्य लक्षित गरिएका यस्ता तयारी आवासहरू सुलभ मूल्यमा उपलब्ध गराउन निर्माण कम्पनीहरूबीच अर्को प्रतिस्पर्धा भइरहेको देखिन्छ । प्रशस्त मात्रामा खानेपानी, चौबीसै घण्टा विद्युत् अपूर्ति, पर्याप्त मात्रामा पार्किङको सुविधा, सामाजिक जमघट र अन्य अवसरका लागि सुविधासम्पन्न हललगायत विभिन्न सुविधा एकै छानामुनि उपलब्ध हुने यी भवनहरू सहरी सभ्यताको आवश्यकताजस्तै बनिसकेका छन् । 
आफ्नो हैसियतअनुसारका ‘फ्ल्याट’ खरिद गर्न सकिने यस्ता गगनचुम्बी भवन सरकारी मापदण्डअनुसार निर्माण हुने भएकाले सुरक्षित मानेर अर्पाटमेन्टमा बस्नेहरूको संख्या बढ्दै गएको छ ।
२०६२ सालदेखि राजधानीमा अग्ला भवन निर्माण सुरु भएको हो । काठमाडौं उपत्यका नगर विकास समितिका ‘इन्जिनियर’ रामप्रसाद श्रेष्ठका अनुसार संयुक्त आवास ऐन २०५६ अनुसार कुल जग्गाको ५० प्रतिशत क्षेत्रफलमा भवन निर्माण गर्नुपर्ने भएकाले आवास क्षेत्रभित्र खुला वातावरण, खेलकुदको लागि मैदानको व्यवस्था तथा जन्मदिनलगायत विभिन्न सामाजिक जमघटका लागि पर्याप्त खुला स्थान उपलब्ध हुन सम्भव भएको हो ।
हाल ७४ वटा निर्माण कम्पनीले राजधानीभित्र संयुक्त तथा सामूहिक आवास निर्माण गरिरहेका छन्, जसमध्ये १६ वटा सामूहिक तथा ५८ वटा संयुक्त भवन रहेका छन् ।   हालसम्म २० प्रतिशत भवनको निर्माणकार्य सम्पन्न भइसकेको नगर विकास समितिले जानकारी दिएको छ ।
विगत दुई दशकदेखि उपत्यकाभित्र सामूहिक तथा संयुक्त आवास निर्माण गर्दै आएको प्लाटिनम डेभलपर्स प्रालिले हाल धापासीमा सबैभन्दा अग्लो भवन निर्माण गरिरहेको छ । ‘ग्रान्डटावर’ नाम दिएका ११ वटा भव्य भवनहरूमध्ये ६ वटा भवनको निर्माणकार्य सन् २०११ को मार्चसम्म सम्पन्न गर्ने लक्ष्य लिएको निर्माणको जिम्मा लिएको सिई कन्सट्रक्सन्का महाप्रबन्धक शम्भु फुयाँलले बताए । उनका अनुसार बाँकी ५ वटा निर्माणाधीन भवनहरू सन् २०१२ डिसेम्बर महिनासम्म सम्पन्न हुनेछ । ५४ रोपनी क्षेत्रफलमा फैलिएका यी भवनहरूमा ५ सय २९ वटा ‘अपार्टमेन्ट’ उपलब्ध हुने छन् ।
नमुनाका रूपमा निर्माण भइरहेका यी गगनचुम्बी भवनमा ५० जना अटाउने ‘मुभी थिएटर’, खेल मैदानसहित आफू नभएको समयमा बच्चाको हेरविचार गरिदिने व्यवस्थासमेत रहेको छ । यी गगनचुम्बी भवन ८.२ ‘रेक्टलस्केल’ सम्मको भूकम्पले केही असर नगर्ने गरी निर्माण भइरहेको फुयाँलले दाबी गरे  ।
करिब ६ अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको धापासीस्थित ‘ग्रान्डटावर’ २ सय जनाले अग्रिम ‘बुकिङ’ गरिसकेका छन् । सबैभन्दा बढी सुविधा सम्पन्न भनेर दाबी गरिएको सो आवासगृहको मूल्य ६७ लाखदेखि ३ करोड रुपैयाँसम्म रहने उनले बताए । न्यूनतम २० प्रतिशत रकम भुक्तानी गरी ‘बुकिङ’ गर्न सकिने यो आवासगृहमा मासिक किस्ताबन्दीको व्यवस्था भने छैन । बूढानीलकण्ठ, सीतापाइला, ठैब, इचंगु र पानीपोखरीमा आवास निर्माण गरिसकेको उक्त निर्माण कम्पनीले हाल ‘रिपिट अपार्टमेन्ट’ बिजेश्वरी, ‘विनायक कोलोनी भैंसेपाटी’, ‘विनाज कोलानी धापासी’, ‘हार्माेनी कोलोनी’ टोखा, ‘प्लटल हाउजिङ’ धापासी, ‘रियो अपार्टमेन्ट’ कुपण्डोलमा सामूहिक तथा संयुक्त भवन निर्माण गरिरहेको छ ।
विगत २ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको ‘मेट्रो अपार्टमेन्ट’ बल्खुमा १० तलाका अग्ला भवन निर्माण भइरहेका छन् । कुल ५८ वटा ‘अपार्टमेन्ट’ रहने यो आवासगृह मूल्य ५ लाख ६ सय रुपैयाँ प्रति वर्गफिटका दरले खरिद गर्न सकिने ‘मेट्रो’ का परियोजना व्यवस्थापक मनोज ज्ञवालीले बताए । करिब ४ रोपनी क्षेत्रफलमा निर्माण भइरहेका यी आवासगृह तिहारभित्र सम्पन्न हुने छन् ।
“उचित मूल्यमा सहरनजिक आकषक आवासगृह उपलब्ध भएकाले निर्माण सम्पन्न नहुँदै अधिकांश ‘अपार्टमेन्ट’हरू ‘बुकिङ’ भइसकेका छन्,” उनले भने । हालसम्म करिब ८५ प्रतिशत ‘अपार्टमेन्ट’ को ‘बुकिङ’ भइसकेको ज्ञवालीले बताए ।
यसैगरी, रविभवनमा निर्माणाधीन ‘अर्किड टावर’ आगामी नोभेम्बर महिनासम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीका परियोजना निर्देशक यज्ञबहादुर बस्नेतले बताए । करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको यो आवासगृहमा ४८ वटा ‘फ्ल्याट’ उपलब्ध हुने उनले बताए ।
करिब डेढ वर्षअघि निर्माणकार्य थालेको सो ‘टावर’को उचाइ १६ तला रहनेछ । ललितपुरको भैंसेपाटीमा ‘ड्रिम होम हाउजिङ’ निर्माण गरिसकेको सो निर्माण कम्पनीले हाल ग्राहकलाई सुविधा पर्ने ठाउँमा आवासगृह निर्माण गरिरहेको उनले बताए । ‘स्वीमिङपुल’, ‘मेडिटेसनहल’, ‘जिम’ ‘मल्टिपर्पोज होम’ लगायतका सुविधा सम्पन्न यो आवास गृहको ‘बुकिङ’ हालसम्म खुला गरिएको छैन ।
ताहाचलस्थित कलश सामूहिक आवासका ३ वटा १० तले भवनहरू निर्माणाधीन छन् । ‘ए वान’, ‘बी वान’ र ‘बि टु’ नाम दिएका भवनहरूमध्ये ‘ए वान’ भवनको निर्माण कार्य दसंैअगाबै सम्पन्न गर्ने लक्ष्य लिएको ‘साइट इन्चार्ज’ पंकज कायस्थले बताए । उनका अनुसार ६ रोपनी क्षेत्रफलमा निर्माण भइरहेका ती भवनहरू मध्यम तथा उच्च वर्गका मानिसलाई लक्षित गरी निर्माण गरिएका हुन । हालसम्म करिब ७५ प्रतिशत अग्रिम ‘बुकिङ’ भइसकेको जानकारी दिँदै उनले भने, “ग्राहकलाई सुलभ मूल्यमा उच्च गुणस्तरका सुविधा उपलब्ध गराएकाले छोटो समयमा नै हामीले अर्काे आवासगृह निर्माण गर्ने मौका पाएका हौं ।” यसअघि सो निर्माण कम्पनीले सानेपा र टेकुमा ‘सिंगनेचर अपार्टमेन्ट’ निर्माण गरिसकेको छ । ९० लाखदेखि अधिकतम १ करोड ४ लाख रुपैयाँ बराबरका ‘अपार्टमेन्ट’ उपलब्ध सो आवासगृह मासिक किस्ताबन्दीमा खरिद गर्न सकिने व्यवस्था रहेको छ । कुल पुँजीको ३० प्रतिशत रकम अग्रिम रूपमा बुझाई  अपार्टमेन्ट लिन सकिने उनले बताए ।
त्यस्तै ३ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको सानेपास्थित ‘लाइफ स्टायल हाउजिङ’ आगामी मंसिर महिनासम्म सम्पन्न गर्ने कम्पनीका परियोजना व्यवस्थापक बुद्धिराज अधिकारीले बताए । अधिकतम १० तला उचाइ रहने गरी निर्माण भइरहेको यो आवासगृहका अर्पाटमेन्टहरू १ करोड २७ लाखदेखि २ करोड ५० लाख रुपैयाँ खरिद गर्न सकिने उनले जानकारी  दिए ।
कुल २८ वटा ‘फ्ल्याट’ निर्माण भइरहेको सो आवासगृह ३५ प्रतिशत अग्रिम ‘बुकिङ’ भइसकेको अधिकारीले जानकारी दिए ।

Posted by: Raju Gurung

One response to “गगनचुम्बी भवनको होड

  1. good job yeso garda 1 hisable jaggako pani teti dherai khera najane mero lagi ramro lagyo good keep it up.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.