११ औं पटक हारे पौडेलले


काठमाडौं, आश्विन २१ -एक्ला उम्मेदवार कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल बिहीबार ११ औं पटकको प्रधानमन्त्री निर्वाचनमा पनि जित्न सकेनन् । ३४ औं प्रधानमन्त्री चयनका लागि बिहीबार भएको चुनावमा पौडेलले १०४ मत ल्याए । निर्वाचनमा पौडेलको विपक्षमा मात्र १ मत परेको थियो भने ४० सभासद् तटस्थ बसे । निर्वाचनमा १४५ सभासद् उपस्थित थिए । बुधबार भएको दशौं चरणको चुनावमा पौडेलले १०९ मत ल्याएर पराजित भएका थिए ।

माओवादी र एमालेले निर्वाचन बहिष्कार गरे भने मधेसवादी दल तटस्थ बसेका थिए । प्रधानमन्त्रीको अर्को निर्वाचन आइतबार दिउँसो ३ बजे हुने छ । सातौं चरणको निर्वाचनमा पनि परिणाम निस्कन नसकेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी फिर्ता लिएका थिए । आठौं चरणको निर्वाचनयता पौडेल एक्लै मैदानमा छन् ।

संसद् नियमावलीअनुसार निर्वाचन प्रक्रियामा गइसकेपछि एक जना मात्र उम्मेदवार रहे पनि ऊ निर्वाचित हुन सक्दैन । उम्मेदवारले संसदमा तत्काल कायम रहेको कुल सदस्य संख्याको बहुमत ल्याउनु पर्दछ । संसदमा माओवादी र एमालेको सिट संख्या बहुमत अर्थात् ३ सय ४५ रहेकाले सहमति हुन नसकेसम्म पौडेल निर्वाचित हुन सक्ने सम्भावना छैन ।

Posted by: Jay Ale

One response to “११ औं पटक हारे पौडेलले

  1. Congratulation !!!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.