स्ववियुको अध्यक्षमा ओली पक्षका ढुंगेलको अग्रता


काठमाडौं, आश्विन २१ – एमाले विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा माधव ढुंगेलले अग्रता लिएका छन् । तीब्र प्रतिष्पर्धामा रहेका ढुंगेलले ३३५ मत ल्याएका छन् भने सोभियत ढकालले ३ सय १० मत पाएका छन् ।

एमाले मुख्यालय बल्खुमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार ढकाल र ढुंगेलको प्रतिष्पर्धा तीब्र छ । ढकाल संस्थापन पक्षका मानिन्छन् भने ढुंगेललाई बरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीको समर्थन छ ।

महासचिवमा भने ढकाल प्यानलका नरबहादुर धामी अग्रस्थानमा छन् । धामीले १३३ मत पाएका छन् भने ढुंगेल प्यानलका किशोरविक्रम मल्लले ९८ मत पाएका छन् । अनेरास्ववियुको २० औं राष्ट्रिय अधिवेशन जनकपुरमा मंगलबार राति सम्पन्न भए पनि सुरक्षाको कारण मतपेटिका बुधबार राजधानी ल्याएको हो । मतदानमा एक हजार ८ सय ७२ मत खसेको छ ।

निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष अञ्चल, समावेशी तर्फका सदस्य गरी २ सय १ पदका लागि कुल ३ सय ५७ उम्मेदवार छन् । यसअघि नै दुई सचिवालय सदस्यसहित २६ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

 

 Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.