सेलिना मोक्तान भइन् मिस ग्लोबल २०१०


miss-global 

इएस क्रियसनद्धारा सोमबार राजधानीमा आयोजित मिस ग्लोबल २०१० मा काठमाडौंको वानेश्वरकी सेलिना मोक्तान पहिलो मिस ग्लोबल २०१० चुनिएकी छिन् । उनले उपाधि जितेवापत अन्ना लिफान स्कुटरका साथमा २० हजार रुपियाँ तथा स्कलरसिप प्राप्त गरेकी छिन् । उनले मिस ग्लोबल २०१० भएवापत चिनमा हुने मिस ग्लोबल क्वीन इन्टरनेशनलमा नेपालका तर्फबाट स्पर्धा गर्ने अवसरसमेत पाउने छिन्। ग्रुप अफ इभेन्ट इन्टरट्रेनरले मिस ग्लोबललाई सो अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी गराउन पहल गरेको हो ।

miss-global4

जमलस्थित राष्ट्रिय नाचघरमा भव्यताका साथ सम्पन्न मिस ग्लोबल २०१० सौन्दर्य प्रतियोगितामा नवलपरासीकी रुश्मा पोखरेल फस्ट रनरअप र बानेश्वरकी बिक्कि गड्तौला सेकेण्ड रनरअप छानिए।  प्रतियोगिताको फस्टरनरअपले ल्यापटपका साथमा १५ हजार रुपियाँ र स्कलरसीप तथा सेकेण्ड रनरअपले डेस्कटप कम्प्युटरका साथमा १० हजार रुपियाँ र स्कलरसीप प्राप्त गरेका छन् ।

पूर्व मिस नेपाल सुगरीका केसी, पत्रकार सुवास ढकाल, मोडल तथा सञ्चारकर्मी कला सुब्बा, कोरियोग्राफर सिर्जना सिंह योञ्जन, सञ्चारकर्मी आरके श्रेष्ठ,  होटल द्धारीकाजकी मार्केटिङ डाइरेक्टर शिवा राणा, व्यवसायी मुकेश संघाई र प्राज्ञ तथा संगीतकार शान्तिराम राईको निर्णायक मण्डलले स्पर्धीहरुको क्षमता, प्रतिभालगायत परफमेन्सका आधारमा विजेता चयन गरेका थिए। प्रतियोगितामा अलका श्रेष्ठ मिस पपुलर, सञ्जु महत मिस बेस्ट हेयर, सपना ताम्राकार  मिस फोटोजेनिक,  कोपिला खड्का मिस क्याटवल्क, सोनी रजक मिस ट्यालेन्ट, सपना ताम्राकार मिस बेस्ट स्माइल, सपना गुरुग मिस पर्सनालिटी, सपना तामाग मिस कल्चरल, सपना गुरुंग मिस ग्ल्यामर्स, लाक्पा वांग्मो तामांग मिस बेस्ट फिगर र ज्ञानुमाया तामांग मिस डिसिप्लेन भएका छन्। फोटोजेनिक विजेताले वेब साइटका लागि फोटो शेषन, र म्युजिक भिडियोमा मोडलिङ गर्ने, बेस्ट स्माइलले डेन्टल स्पाको सेवा, पारिश्रमिक सहित ब्रान्ड एम्बेसडर हुने अवसर पाउने छन् भने मिस पपुलरले एसएमएसबाट प्राप्त रकम पाउने छिन्। आयोजक इएस क्रियसनका मेनिजीङ डाइरेक्टर सुदिप सत्यालका अनुसार प्रतियोगिताका स्पर्धीहरुले मिस पपुलरले एसएमएस भोटिङवापत प्राप्त गरेको रकमबाट आयोजकका साथमा आफै सहभागी भएर पोखराको फेवातालको जलकुम्भी सफाई गर्नेछन्। ‘मिस ग्लोबलका सहभागीहरुलाई आन्तरीक पर्यटनका ’bout बुझाउन पोखरा लाँदा फेवातालाई जलकुम्भीले ढाकेको देखेपछि सहभागी आपै“mले यो निर्णय गरेका हुन्’ सत्यालले भने। कार्यक्रममा उपउपाधिका विजेताहरु सबैलाई गिफ्ट हयाम्पर प्रदान गरिएको थियो।

miss-global1

नेपाललाई सौन्दर्य प्रतियोगीतामार्फत पनि विश्वमा चिनाउन पहिलोपटक मिस ग्लोबल २०१० आयोजना गरिएको र व्युटी पेजेन्ट आगामी वर्षबाट निरन्तररुपमा गरिने आयोजक संस्थाका मार्केटिङ मेनेजर अजय मल्लले बताए। ‘मिस ग्लोबलले मिस ग्लोबल क्वीन इनटरेनशलनमा सहभागी भएर नेपाललाई अर्को ढंगले पनि विश्वमा चिनाउने कोशिष गर्नेछिन्’ मल्ल्को भनाई छ।

miss-global2

कार्यक्रममा नेपाली चलचित्र, संगीत, फेशनलगायत मनोरञ्जनसँग सम्बन्धित पुर्ण सामग्रका साथ ताजा फोटो ग्यालरी रहने सिनेमा संसार डट कमको शुभारम्भ पनि गरिएको थियो।  कार्यक्रमलाई विविधता प्रदान गर्ने क्रममा भिमसेन लामा,  रेश्मा सुनुवार, विनोद खुम्बु र सपन श्रेष्ठले गीत संगीत प्रस्तुत गरेका थिए भने युनाइटेड मल्टिआर्टस् धरानका कोरियोग्राफर प्रशान्त तामाङको समुले युगल साल्सा डान्स प्रस्तुत गरेका थिए।

कोरियोग्राफर रोजिन शाक्यद्धारा सञ्चालीत कार्यक्रम अश्विनी झाको कोरियोग्राफिमा सम्पन्न भएको थियो। कार्यक्रमका अफिसियल फोटोग्राफर कमल श्रेष्ठ, व्युटिसियन सुप्रीम र रमिनाज व्युटीपार्लर थिए। त्यसै गरी मिस टयालेण्टको निर्णायक मण्डलमा गायक निर्णय श्रेष्ठ, कोरियोग्राफर रोजिन शाक्य, प्राज्ञ तथा संगीतकार शान्तिराम राई, भिजे सोनाम पाख्रीन र कलाकार आकाश थापा थिए।

miss-global3

मिस ग्लोबलमा सहभागी हुनका लागि ५१ कलेजका ६५ किशोरी तथा युवतीले आवेदन गरेका थिए। जसमध्ये प्रतिभा र सौन्दर्यताको आधारमा रेश्मा सुनुवार, तारा चाम्लिङ, अश्विनी झा र कमल श्रेष्ठको निर्णायक मण्डलले २८ आवेदनकर्तालाई अन्तिम स्पर्धाका निम्ति चयन गरेका थिए। स्पर्धाका लागि चयन सुन्दरीहरुलाई एक महिनाको अवधीमा गायक निर्णय श्रेष्ठ, आरोही पासाङ ल्हामु शेर्पा, पुर्व मिस नेपाल सुगरीका केसी र जेनिसा मोक्तान, कोरियोग्राफर अनुप सक्सेना, चलचित्र निर्देशक दीपक श्रेष्ठ, वातावरणविद यादव भण्डारी, कोरियोग्राफर रोजिन शाक्य, आयोजक अजय मल्ल, भिजे रिमा विश्वकर्मा, दन्त चिकित्सक डा. प्रणय खनाल र  व्युटिसियन मञ्जु थापा गुरुङले आ आफ्नो विधाको तालिम तथा ज्ञान प्रदान गरेका थिए।

तालिमका क्रममा स्पर्धी सुन्दरीहरुलाई हिमालयन क्लाइम्बिङ वाल एन्ड टे्रनिङ सेन्टर, मोडल ग्लोबल भिसास कन्सलटेन्सी, बृद्धाश्रम, पोखरालगायतको भ्रमण गराइएको थियो।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.