आइतबार पुनः १२ औं चरणको निर्वाचन


कान्तिपुर संवाददाता

काठमाडौं, आश्विन २१ – आज हुने निर्वाचनबाट पनि प्रधानमन्त्री चयन हुन नसके आइतबार पुनः १२ औं चरणको निर्वाचन हुने भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार अपरान्ह ३ बजेका लागि प्रधानमन्त्री निर्वाचनको समय तय गरेको हो । बैठकले आइतबार पनि पुनः प्रधानमन्त्री चयन हुन नसके दशैंपछिमात्र चुनाव गर्ने भएको छ । कात्तिक ९ गते अपरान्ह ३ बजे तेह्रौं चरणको निर्वाचन गर्ने समितिले निर्णय गरेको छ ।

माओवादी र एमालेले दशैं अघि पनि लगातार चुनाव गर्नुपर्ने अडानमा राख्दै आएका थिए । कांग्रेस भने तत्काल सहमतिको सम्भावना नरहेकाले दशैंपछि चुनाव सार्नु उपयुक्त हुने पक्षमा थियो । ११ औं चरणको प्रधानमन्त्री चुनावसम्म आइपुग्दा कांग्रेसका रामचन्द्र पौडेलमात्र एक्लै मैदानमा छन् । एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी फिर्ता लिइसकेका छन् । तर पौडेलले सामान्य बहुमत ३०१ पुर्‍याउन नसक्दा निर्वाचन ‘अर्थहीन’ हुँदै आएको छ ।

माओवादी र एमालेबीच भएको तीन बुँदे सहमतिपछि दुवै दलले चुनावमा सहभागिता जनाएका छैनन् । मधेसवादी चार दल पनि अहिलेसम्मको निर्वाचनमा तटस्थ बस्दै आएका छन् । 

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.