Daily Archives: 07/10/2010

रुकुमको स्यार्पु तालमा नुहाउँदै स्थानिय युवतिहरु




Posted by: Jay Ale

सूदले भारतबाट पचास लाख नेपाली फिर्ता गर्ने धम्की दिए


जुली गुरुङ, सोलुखम्बु

आश्विन २१ – सोलुखम्बु भ्रमणमा रहेका भारतीय राजदूत राकेश सुदले भारतमा रहेका ५० लाख नेपालीलाई फिर्ता गर्ने धम्की दिएको माओबादी पोलिटव्यूरो सदस्य गोपाल किराँतीले बताएका छन् । राष्ट्रिय स्वाधीनताको कुरा गर्दा आफूलाई भारतीय राजदुतले ५० लाख नेपालीलाई फिर्ता गर्ने धम्की दिएको सभासद् किराँतीले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

११ औं पटक हारे पौडेलले


काठमाडौं, आश्विन २१ -एक्ला उम्मेदवार कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल बिहीबार ११ औं पटकको प्रधानमन्त्री निर्वाचनमा पनि जित्न सकेनन् । ३४ औं प्रधानमन्त्री चयनका लागि बिहीबार भएको चुनावमा पौडेलले १०४ मत ल्याए । निर्वाचनमा पौडेलको विपक्षमा मात्र १ मत परेको थियो भने ४० सभासद् तटस्थ बसे । निर्वाचनमा १४५ सभासद् उपस्थित थिए । पढ्नेक्रम जारी राख्नुहोस्

स्ववियुको अध्यक्षमा ओली पक्षका ढुंगेलको अग्रता


काठमाडौं, आश्विन २१ – एमाले विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा माधव ढुंगेलले अग्रता लिएका छन् । तीब्र प्रतिष्पर्धामा रहेका ढुंगेलले ३३५ मत ल्याएका छन् भने सोभियत ढकालले ३ सय १० मत पाएका छन् ।

एमाले मुख्यालय बल्खुमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार ढकाल र ढुंगेलको प्रतिष्पर्धा तीब्र छ । ढकाल संस्थापन पक्षका मानिन्छन् भने ढुंगेललाई बरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीको समर्थन छ । पढ्नेक्रम जारी राख्नुहोस्

आइतबार पुनः १२ औं चरणको निर्वाचन


कान्तिपुर संवाददाता

काठमाडौं, आश्विन २१ – आज हुने निर्वाचनबाट पनि प्रधानमन्त्री चयन हुन नसके आइतबार पुनः १२ औं चरणको निर्वाचन हुने भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार अपरान्ह ३ बजेका लागि प्रधानमन्त्री निर्वाचनको समय तय गरेको हो । बैठकले आइतबार पनि पुनः प्रधानमन्त्री चयन हुन नसके दशैंपछिमात्र चुनाव गर्ने भएको छ । कात्तिक ९ गते अपरान्ह ३ बजे तेह्रौं चरणको निर्वाचन गर्ने समितिले निर्णय गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली महिला क्रिकेट टोली सेमीफाइनलमा


काठमाडौ, आश्विन २१ – नेपाल एसीसी यु-१९ महिला  क्रिकेटले सेमी फाइनल प्रवेस गरेको छ । लगातार तेस्रो जीत हात पार्दै नेपाल समूह चरणको एक खेल खेल्न अघि नै अन्तिम चणरमा पुगेको हो ।

तेस्रो खेलमा बिहीबार नेपालले सिंगापुरलाई ७० रनले पराजित गर्‍यो  । १ सय ६० रनको लक्ष पछ्याएको सिंगापुरले निर्धारित २५ ओभरमा ९ विकेट गुमाएर ८९ रन मात्र जोड्न सक्यो । पढ्नेक्रम जारी राख्नुहोस्