नेपालको दोस्रो जित


काठमाडौ, आश्विन २० – यु-१९ वुमेन्स च्याम्पियनसिप क्रिकेटमा मंगलबार नेपालले अर्को सहज जित आत्मसात् गरेको छ । सिंगापुरमा भइरहेको प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई  सजिलै सात विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ रोजेको कुवेती टिम २५ ओभर टिक्न सफल रहे पनि बोर्डमा ४९ रन मात्र चढाउन सफल रह्यो ।

कुवेतले नियमित अन्तरले विजय गुमायो र उसका दुई ब्याट्सवुमनले मात्र दोहोरो अंक छुन सके । वन-डाउनमा आएकी पि्रयाद मुरलीले सर्वाधिक १३ रन बनाइन् । पुछारकी ब्याट्सवुमन खदिजा खलीले १० रन जोडिन् । पूरा कुवेती इनिङमा दुई चौका मात्र रहे र त्यसमध्ये मुरली र खलीको नाममा एक-एक रह्यो ।

नेपालले आक्रमणको जिम्मा दिएका सबै बलरले कसिकसाउ बलिङ गरे । त्यसमध्ये कुवेती इनिङ गीता चुडाल र सरिता मगरको बलिङमा धराशयी भए । उनीहरूले एक-आपसमा पाँच विकेट लिए । गीताले १० रन दिएर तीन विकेट लिइन् र उनी स्वाभाविक ‘म्यान अफ द वुमन्स’ रहिन् ।

जितसम्म पुग्न नेपाली ब्याट्सवुमनले हतार देखाए र ८.३ ओभर मात्र उपयोग गरे । सरिता ब्याटबाट पनि चम्किनाले उनले दुई चौका मद्दतले १४ रन बनाइन् र नटआउट रहिन् । कप्तान नेरी थापाको ब्याटबाट १० रन निस्क्यो । सरिता र नेरी दुवैले दुई-दुई चौका प्रहार गरिन् । नटआउट अर्की ब्याट्सवुमन ममता थापाले चार रन जोडिन् ।

प्रशिक्षक श्यामसनजंग थापाले उत्कृष्ट फिल्डिङको मद्दतले जित सम्भव भएको बताए । ‘बलिङ र फिल्डिङ सोचे अनुरूप रह्यो,’ उनले भने, ‘राम्रो फिल्डिङका कारण जित सहज

रह्यो । प्रत्येक खेलाडीले आफ्नो भूमिका निभाए ।’ कप्तान नेरीले अपेक्षाभन्दा टिमको प्रदर्शन राम्रो रहेको दाबी गरिन् ।

उनले भनिन्, ‘हामीले प्रतिद्वन्द्वीलाई ५० रनभन्दा कममा सीमित पार्ने सोच बनाएका थियौं र त्यस्तै भयो ।’ उनले अब लिगका बाँकी दुई खेलमा पनि उत्कृष्ट प्रदर्शन दोहोर्‍याउनुपर्ने बताइन् । अब नेपालले समूह ‘ए’ को तेस्रो खेलमा बिहीबारको सामना गर्नेछ ।

 

Posted by: Shiva Paudel
 

 

One response to “नेपालको दोस्रो जित

  1. GOOD JOB KEEP IT UP

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.