सरकार र माओवादीले अनुरोध गरे पनि माघ १ पछि अनमिन नबस्ने


काठमाडौं, असोज २०  नेपाल सरकार र एकीकृत माओवादी दुवैले अनुरोध गरे पनि माघ १ पछि अनमिनको म्याद नथपिने निर्णय सुनाउन राष्ट्रसंघीय राजनीतिक मामिलासम्बन्धी उपमहासचिव बिलिन पास्को बुधबार काठमाडौं आउँदै छन्।

‘पास्को जारी शान्ति प्रक्रियाको समीक्षा र अनमिनको व्यवस्थित फिर्तीको वातावरण बनाउन आउन लागेका हुन्,’ अनमिन उच्च स्रोतले नागरिकसँग भन्यो, ‘उनले अनमिन छँदै शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन सबै पक्षसँग अनुरोध गर्नेछन्।’

पास्कोले अनमिनको समयावधि अन्तिम पटकलाई थपिएपछिको प्रगति बुझ्ने छन्। ‘सरकार-माओवादी सहमतिअनुसार माओवादी लडाकुलाई कसरी विशेष समितिअन्तर्गत राख्ने भन्ने’bout पनि सबै पक्षसँग छलफल गर्ने कार्यक्रम छ,’ अनमिन स्रोतले भन्यो, ‘यसैको आधारमा हस्तान्तरण विधि तय हुनेछ।’

सरकार र माओवादीले अनुरोध गरेअनुसार अनमिन म्याद अन्तिम पटक थपिएको राष्ट्रसंघले स्पष्ट पारिसकेको छ। महासचिव वान कि मुनले अनमिनसँग असोज १५ सम्मको प्रगति प्रतिवेदन माग गरेका छन्।

‘शान्ति प्रक्रिया टुंगोमा नपुगे पनि अनमिन माघ १ गतेपछि नेपालमा रहने छैन,’ स्रोतले भन्यो, ‘सबै दलको सहमतिमा अनुरोध गरिए अर्कै कुरा, म्यादै थप्छ भन्ने छैन।’

अनमिनको निर्धारत समयावधिमा शान्ति प्रक्रिया टुंगोमा नपुगे नेपालमै रहेका राष्ट्रसंघीय अन्य निकायले सरकार र माओवादीलाई सघाउन सक्ने स्रोतले बतायो। ‘माघ १ पछि सरकार र माओवादीले राष्ट्रसंघको सहयोग चाहे भने कसरी सघाउने भन्ने’bout युएनडिपी र युनिसेफले तयारी गर्दैछन्,’ स्रोतले भन्यो।

दुईदिने भ्रमणमा उनले प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाललगायत शीर्ष नेता, सरकारी उच्च पदाधिकारी, नागरिक समाजका प्रतिनिधि, विशेष समितिका पदाधिकारी, अन्तर्राष्ट्रिय समुदायका सदस्यलगायतलाई भेट्ने कार्यक्रम छ।

Posted by: Shiva Paudel

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.