बाबुको गीतमा छोरा मोडल


काठमाडौं/ आफ्नो जन्मदिनका अवसरमा केही न केही नयाँ काम थाल्ने गरेका गायक सीताराम पोखरेलले गत वर्ष आफ्नो जन्मदिन (अक्टोबर ४) मा चौथो एल्बम अक्टुबर फोर श्रोतामाझ ल्याएका थिए । यसपालिको जन्मदिनमा भने उनले छोरा शिविर पोखरेललाई आफ्नो गीतको म्युजिक भिडियोमा अभिनय गराएका छन् ।

सोमबार मूलपानीको नर्लिङ रिसोर्टमा सुटिङ गरिएको अक्टुबर फोरको पहिलो पहिलो प्रेम गरेथेँ तिमीलाई बोलको गीतको भिडियोमा सीतारामका छोरा शिविरका अलावा मिस्टर हेन्डसम नेपाल २०१० उपेन्द्र वन र मोडल रमा अर्यालले पनि अभिनय गरेका छन् । यसपटकको आफ्नो जन्मदिन भिडियो सुटिङ युनिटसँग केक काटेर मनाएको बताउने उनले आफ्नो गीतका भिडियोमा प्रायःजसो हिरोइन र मिस नेपाललाई अभिनय गराउँदै आएका थिए । तर, यसपालि भने आफ्नो छोरालाई ‘परीक्षण स्वरूप’ मोडलिङ गराएको बताउँछन् उनी । ‘छोरोको पनि इच्छा, कस्तो गर्छ त भनेर परीक्षण गरेका हौँ,’ उनले भने, ‘राम्रो गरेको छ । खुसी लागेको छ ।’ छोरा शिविर अब व्यावसायिक रूपमै मोडलिङमा लाग्लान त ? यस’boutमा भने बाबु सीताराम छोराको निर्णय सर्वाेपरी मान्ने बताउँछन् ।

खोजी हेरिनौ, विनाकारण र स्पार्कपछि आएको अक्टुबर फोरका दुई गीतको म्युजिक भिडियो बनिसकेका छन् । पहिलो पहिलो प्रेम तेस्रो भिडियो हो । जनकदीप पराजुलीको निर्देशनमा सुटिङ गरिएको सो भिडियो छिट्टै प्रसारमा ल्याइने बताउँछन् सीताराम । आयल निगम पोखराबाट हालै काठमाडौं सरुवा भएका सीतारामले भने, ‘पोखरा हुँदा अक्टुबर फोरको सोचेअनुरूप प्रमोसन गर्न सकेको थिइनँ । अब खटेर लाग्छु ।’

अब गुरुदक्षिणा

काठमाडौं/ पुनर्जन्मको कथामा निर्माण गरिएको फिल्म गुरुदक्षिणा कात्तिक पहिलो साताबाट मोफसल र राजधानीमा एकसाथ प्रदर्शन हुने भएको छ ।

क्रिएटिभ मनकामना फिल्मस्को ब्यानरमा प्रकाश सुवेदीले निर्माण गरेको यस फिल्ममा राजेश हमाल, राजबल्लभ कोइराला, रमित ढुंगाना, सञ्चिता लुइँटेल, रवि गिरीलगायतका कलाकारले अभिनय गरेका छन् । अभिनेत्री ऋचा घिमिरेले आइटम डान्स गरेकी छिन् ।

फिल्ममा अभिनेता राजेश प्रोफेसर पीताम्बरको भूमिकामा छन् । राजबल्लभले भने लागुऔषध सेवन गर्ने खराब चेला अमरको भूमिका निभाएका छन् । राजबल्लभको अवसानपछि रमित राजेशको चेला जयका रूपमा आउँछन् ।

चलिरहेको आमभन्दा केही नौलो कथामा निर्माण भएको यस फिल्मका निर्देशक रामराजा दाहाल हुन् । गायिका दीपा झाको र वसन्त सापकोटाको संगीत रहेको फिल्मको कथा राममणि सुवेदीले लेखेका हुन् । फिल्म रिलिजको डेट नजिकिँदै जाँदा गुरुदक्षिणाका निर्माताले प्रचारप्रसार तीव्र पारेका छन् ।

‘सन्देश दिन फिल्म खेल्दिनँ’

एजेन्सी/ अभिनेता इमरान हासमीले दर्शकलाई मनोरञ्जन दिनका लागि फिल्म बनाइने गरेको बताएका छन् । बलिउडमा सिरियल किसर हिरोका रूपमा कहलिएका उनको भनाइ छ, ‘म सधैँ मेरा फिल्मबाट दर्शकले भरपुर मनोरञ्जन लिऊन् भन्ने चाहना राख्छु । सन्देश दिनका लागि फिल्म खेल्ने गर्दिनँ । फिल्मले सन्देश दिने होइन । कसैले मेरा फिल्मबाट सन्देशको आशा नराखे हुन्छ ।’

मर्डर, गैंगस्टर, जन्नत जस्ता हिट फिल्मका अभिनेता इमरानको नयाँ फिल्म कुरुक शुक्रबारदेखि रिलिज हुँदै छ । कुरुङ पनि पूर्ण व्यावसायिक फिल्म भएको दाबी उनको छ । जसमा हाँसो, रोदनका साथै मनोरञ्जनका हरेक खजाना समावेश छ । यस फिल्ममा इमरानको जोडीका रूपमा नेहा शर्मा छिन् । नेहाले यसै फिल्मबाट डेब्यु गरेकी हुन् ।

कुरुकमा आफ्नो भूमिका’bout नेहा भन्छिन्, ‘मैले अस्टे्रलियामा हुर्केकी केटीको भूमिका निभाएकी छु । जसले भारतबाट अस्ट्रेलिया आएका विद्यार्थीलाई सहयोग गर्छे । निकै चुनौतीपूर्ण रोल गरेकी छु । कुरुकबाट मलाई निकै आशा छ ।’ कुरुकका निर्देशक मोहित सुरी हुन् जसले यसअघि जहर, वो लम्हे तथा कलयुग निर्देशन गरेका थिए ।

जिराहा वर्तमान बजारमा

काठमाडौं/ प्रगतिशील साहित्यकार सुधा त्रिपाठीको कविता-संग्रह ‘जिराहा वर्तमान’ प्रकाशित भएको छ ।

नेपाली प्रगतिवादी निबन्ध र समालोचनाका क्षेत्रमा निरन्तर क्रियाशील र थुप्रै कृतिका स्रष्टा त्रिपाठीको यो पहिलो कविता कृति हो । ‘जिराहा वर्तमान’ मा त्रिपाठीका नयाँ-पुराना गरेर ३५ वटा गद्य कविता संकलित छन् । पुस्तक जीजिविषा प्रकाशनले बजारमा ल्याएको हो ।

Posted by: Shiva Paudel

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.