कम्प्युटर भाइरसले मानिसलाई पनि असर गर्ने


कम्प्युटरमा भाइरस लागेर हैरान हुनुभएको छ भने अब झन् चिन्ताको विषय थपिएको छ । हालसालै गरिएको एक अनुसन्धानले अब कम्प्युटर भाइरसले कम्प्युटर मात्र प्रभावित नभई मानिस पनि प्रभावित हुने कुरा देखाएको छ । कम्प्युटरमा भाइरसले असर गरेपछि मानिसमा आउने तनाबले मात्र होइन, यसले मानिसको शरीरलाई नै प्रत्यक्ष असर गर्ने केही अनुसन्धानकर्ताको चेतावनी छ ।

कम्प्युटरको हार्डवेयरमै हालिने भाइरसका कारण मानिसको शरीरलाई असर गर्ने र यो प्रविधि निकट भविष्यमा बजारमा आइपुग्ने कुरा अनुसन्धानकर्ताले बताएका छन् ।

बेलायती विश्लेषक मार्क गेसनले हालै गरेको अध्ययनअनुसार, भाइरस लागेका चिपयुक्त कम्प्युटर बजारमा आउन थालेको र त्यस्ता कम्प्युटरले मानव स्वास्थ्यमा समेत असर गर्ने तथ्य सार्वजनिक गरेका छन् । ‘पछिल्लो समयमा बनेका अधिकांश प्रविधिगत सामग्री निकै साना आकारका छन् । र, यदि कसैले हार्डवेयरमा लुकाएर भाइरस आक्रमण गर्न चाह्यो भने त्यसले निकै ठूलो क्षति गराउन सक्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘त्यसैले नयाँ प्रविधि बजारमा ल्याइँदा यस्ता विषयमा ध्यान दिन आवश्यक छ ।’

कम्प्युटरको नियन्त्रणमा चलाइने ठुल्ठूला बिल्डिङका एक्सेस सिस्टममा यदि भाइरसले आक्रमण गर्‍यो भने त्यतिवेला बिल्डिङभरिका मानिसको ज्यान जोखिममा हुने पनि अनुसन्धानले देखाएको छ । र, एउटा हाते बटनयुक्त कुनै सामग्रीको उत्पादनले त्यस्तो गर्न मिल्ने चेतावनी पनि उनले दिएका छन् । साइबर क्रिमिनलले मानिसको शरीरभित्र भाइरस छिराउने नयाँ प्रविधि पत्ता लगाउन सक्ने भएकाले यस विषयमा सतर्क रहन मार्कले सुझाब दिएका छन् ।

Posted by: Shiva Paudel

Source:Naya Patrika

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.