कम्प्युटरमा भाइरस लागेर हैरान हुनुभएको छ भने अब झन् चिन्ताको विषय थपिएको छ । हालसालै गरिएको एक अनुसन्धानले अब कम्प्युटर भाइरसले कम्प्युटर मात्र प्रभावित नभई मानिस पनि प्रभावित हुने कुरा देखाएको छ । कम्प्युटरमा भाइरसले असर गरेपछि मानिसमा आउने तनाबले मात्र होइन, यसले मानिसको शरीरलाई नै प्रत्यक्ष असर गर्ने केही अनुसन्धानकर्ताको चेतावनी छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 06/10/2010
कम्प्युटर भाइरसले मानिसलाई पनि असर गर्ने
Posted in स्वास्थ्य शिक्षा
सरकार र माओवादीले अनुरोध गरे पनि माघ १ पछि अनमिन नबस्ने
काठमाडौं, असोज २० नेपाल सरकार र एकीकृत माओवादी दुवैले अनुरोध गरे पनि माघ १ पछि अनमिनको म्याद नथपिने निर्णय सुनाउन राष्ट्रसंघीय राजनीतिक मामिलासम्बन्धी उपमहासचिव बिलिन पास्को बुधबार काठमाडौं आउँदै छन्।
‘पास्को जारी शान्ति प्रक्रियाको समीक्षा र अनमिनको व्यवस्थित फिर्तीको वातावरण बनाउन आउन लागेका हुन्,’ अनमिन उच्च स्रोतले नागरिकसँग भन्यो, ‘उनले अनमिन छँदै शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन सबै पक्षसँग अनुरोध गर्नेछन्।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नेपालको दोस्रो जित
काठमाडौ, आश्विन २० – यु-१९ वुमेन्स च्याम्पियनसिप क्रिकेटमा मंगलबार नेपालले अर्को सहज जित आत्मसात् गरेको छ । सिंगापुरमा भइरहेको प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई सजिलै सात विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ रोजेको कुवेती टिम २५ ओभर टिक्न सफल रहे पनि बोर्डमा ४९ रन मात्र चढाउन सफल रह्यो । पढ्नेक्रम जारी राख्नुहोस्
बाबुको गीतमा छोरा मोडल
काठमाडौं/ आफ्नो जन्मदिनका अवसरमा केही न केही नयाँ काम थाल्ने गरेका गायक सीताराम पोखरेलले गत वर्ष आफ्नो जन्मदिन (अक्टोबर ४) मा चौथो एल्बम अक्टुबर फोर श्रोतामाझ ल्याएका थिए । यसपालिको जन्मदिनमा भने उनले छोरा शिविर पोखरेललाई आफ्नो गीतको म्युजिक भिडियोमा अभिनय गराएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन