Daily Archives: 05/10/2010

नयाँ नेपाल यूबा क्लब कुवेतको अत्यन्त जरुरी सूचना !


नयाँ नेपाल यूबा क्लब कुवेतले नेपालीहरुको महान चाड बिजया दशमीको पावन अवसरमा यही आगामी १५ अक्टुबर २०१० को दिन अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिता राखी बिभिन्न कम्पनीमा कार्यरत नेपाली दाजूभाई, दिदीबहिनीहरुलाई मनोरञ्जन गर्ने गराउने हेतुले बारम्बार सूचना प्रकाशित गरिसकेको सर्वविदितै छ । जसको लागि ०८ अक्टुबर २०१० को दिन, बेलुकाको ५.३० बजे, कुवेतको मालिया सिटीमा टीम दर्ता र गोला प्रथा गराउने भनी सूचित गरिंदै आईएको पनि यहाँहरुलाई अग्रिम जानकारी भईसकेको छ । यद्वपी कुनै कारणवश उक्त दिनमा उपस्थित भई आफ्नो टिम दर्ता गराउन नसक्ने टीमहरुले टेलीफ़ोन या ईमेल मार्फत पनि टीम दर्ता गराउनु पाउनु हुने र खेलमा समावेश गराईने पुन: जानकारी गराउँदै र यदि कुनै पनि कम्पनीका खेलाडीहरुले निमन्त्रणा पत्र प्राप्त नगरेको खण्डमा पनि यसै प्रकाशित सूचनाको आधारमा टीम दर्ता गराई खेलमा समावेश गराईने जानकारी गराइन्छ । 
 
टीम दर्ता गराउनको निम्ती निम्न बमोजिम टेलीफ़ोन नं. या ईमेल मार्फत पनि संपर्क गर्न सक्नु हुनेछ ।

टेलीफ़ोन नं.: ५५६३८१८९ कुल बहादुर गुरुङ्ग, ९९१५८६४१ निर्मल थापा, ६६७४९६२७ राजन बम, ५५२६६४१३ दिल बहादुर पुन

ईमेल : ms_nepal2009@yahoo.com 
 
आयोजक समिति,
 
नया नेपाल यूबा क्लब कुवेत ।

Posted by: Jay Ale

खाली सिसी (कविता)


प्रेम वली, कुवेत 

म दिन भरको थकानले
निद्रा पिएर सुतेको बेला
कयौ रात उडुस र   
उपैयाका हुलहरु

खाली सिसी भएर
मेरो नसाको नदिमा
पानी लिन झर्छन
र भरी सिसी भएर
मिर्मिरेमा बसस्थानतिर चढछन
देश खाएर ढाडिएका नेता जस्ता
यि उडुसका हुलहरु
मैले निषेद गरेको
नदिको पानी चोरेको देख्दा
रेसले कुचो उठाउछु पढ्नेक्रम जारी राख्नुहोस्

दशैँपछि सरकार बन्छ भनेर नलेख्‍नु होलाः प्रधानमन्त्री


 विराटनगर, असोज १९- प्रधानमन्त्री माधवकुमार नेपालले दशैँअघि नयाँ सरकार नआउने बताएका छन्। ‘दशैंअघि नयाँ सरकार सम्भव छैन, दशैं बिदामा पार्टीहरुबीच घनिभूत छलफल भए दशैंपछि सरकार आउने आशा र अपेक्षा छ’-प्रधानमन्त्री नेपालले ठट्टा गर्दै भने,‘तर दशैंपछि सरकार आउँछ नै भनेर नलेख्नुहोला।’ पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेसको सर्त हलो अडकाएर गोरु चुटे जस्तोः नरायणकाजी


 भरतपुर, आश्विन १९ – माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नयाँ सरकार निर्माणका लागि कांग्रेसले राखेका सर्त हलो अडकाएर गोरु चुटने कुरा मात्रै भएको आरोप लगाएका छन् । 

मंगलबार बिहान भरतपुरको ग्लोबल होटलमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार  सम्मेलनमा बोल्दै उनंले कांग्रेसको सर्त पुरानै अडानको पुनराबृति भएको बताए । पढ्नेक्रम जारी राख्नुहोस्

दाहाल मलेसियाबाट फर्किए/पौडेलले उम्मेदवारी फिर्ता लिने बिश्वास


 काठमाडौ, आश्विन १९ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिई राजनीतिक निकास दिने बिश्वास व्यक्त गरेका छन् ।मलेसियाको चार दिने भ्रमणपछि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा दाहालले मंगलबार अपरान्ह कांग्रेससित छलफल गरी सहमति खोज्न प्रयत्न गर्ने बताएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकन डिभी लोटरी २०१२ आवेदन आज मंगलबारदेखि सुरु


 आश्विन १८ – अमेरिकी डिभी लोटरी २०१२ को आवेदन आज मंगलबारदेखि सुरु भएको छ  सो कुराको जानकारी सोमबार नेपालस्थित अमेरिकी राजदूतवासद्वारा जारी विज्ञप्तिमा मार्फत जनाएको हो । विगतका वर्षभन्दा डिभी लोटरीको नियममा केही परिवर्तन ल्याएको छ । साथै चिठ्ठा परेको जानकारी अमेरिकन वेभसाइटमा राखिने विज्ञप्तिमा उल्लेख गरेको छ । सो चिठ्ठामा समाबेस हुन कुनै शुल्क लाग्दैन। आबेदनको निम्ती अक्टोबर ५ तारिख देखी नोवेम्बर ३ तारिख बुधवार २०१० सम्म आबेदन गर्न सक्नेछन। आबेदनको निम्ती www.dvlottery.state.gov मा क्लिक गर्नु होला साथै आधिक जानकारीको लागि http://travel.state.gov/pdf/1318-DV2012Instructions-ENGL.pdf  खोली हेर्नु होला।

Posted by: Raju Gurung