Daily Archives: 03/10/2010

नेपालमा केयर ह्युमनको रजाई मलेसियामा नेपाली कामदार अलपत्र


योगेन्द्र योगी “हिमाल”/क्वालालाम्पुर मलेसिया

सेलांगर मलेसिया  बैदेशिक रोजगारीको सिलसिलामा आज भन्दा २ महिना अगाडी मलेसिया आइपुगेका २१ जना नेपाली कामदारहरु मलेसिया स्थित सेलांगर राज्यमा अलपत्र परेका छन् । नेपाल काठमाडौं बसुन्धरा स्थित केयर ह्युमन मेनपावरबाट मलेसिया आएका नेपाली कामदारहरु अहिले मलेसियाको बिभिन्न ठाउमा कस्टकर जिबन बिताईरहेको सुरेश खत्रीले जानकारी दिएका छन् । उनीहरु जस्तै अरु धेरै नेपाली कामदारहरु बिभिन्न ठाउमा अलपत्र परेको अर्का दिल बहादुर के.सीले जानकारी दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

जन-जागृती समाज कुवेतको अन्तरकृया कार्यक्रम सम्पन्न


जय आले, कुवेत

कुवेतमा विविध कारणवश पीडित र गैर-कानूनी बन्न पुगेका नेपाली चेलीबेटी र दाजुभाईहरुको समस्यालाई मध्यनजर गर्दै जन-जागृती समाज कुवेतले कुवेतमा कृयाशिल रहेका नेपाली सँघ-संस्था र पत्रकारहरुको उपस्थितिमा ०१ अक्टुबर २०१० को दिन, कुवेतको मुर्गाफास्थित सोल्टी नेपाली रेष्टुरेन्टमा एक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

कुवेतमा नेपाली महिलाहरुको समस्या र त्यसको निराकरणी गर्ने भन्ने सवाललाई पक्कै पनि एउटा चुनौतीपूर्ण सवालको रुपमा लिन सकिन्छ । तर पनी “उदेश्य के लिनु उडी छुनु चन्द्र एक” भन्ने नेपाली उखानलाई तन, मन र बचनले नै जन-जागृती समाजले ह्रदयंगम गरेको यो अन्तरकृया कार्यक्रमले छर्लङ्ग पारेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

इन्टरनेटमा हिरो !


सुजित महत,

आश्विन १६ – कांग्रेस केन्द्रीय सदस् य चुनावमा गगन थापाले अग्रता लिएको समाचार अनलाइनमा आएपछि उनको समर्थनमा टिप्पणी गर्नेको संख्या उनले पाएको भोटभन्दा कम्ती थिएन। मतगणनाको सुरुवातमै बधाई दिँदै उनलाई पार्टीको भावी अध्यक्ष र मुलुकको प्रधानमन्त्री बन्न कामना गरिएको टिप्पणीले अनलाइनका पेजहरू भरसिकेका थिए।

‘गगन दाइ बधाई छ अब नेपाल बनाउने जिम्मा तपाईंको काँधमा’  लमजुङका बर्किस घिमिरेले टिप्पणी गरेका थिए। ‘उदीयमान तारा गगनजस्ताको उपस्थितिले हामी मातृभूमिको राजनीतिक भविष्यमा आशावादी छौं,’ त्यही जिल्लाका उत्तम पौडेलले लेखेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

धरानको सौन्दर्यः भेडेटार


गोपाल दाहाल
उत्तरतिर कञ्चनजंगा, मकालुलगायतका हिम शृंखलाको मधुर तर रमणीय दृश्य, दक्षिणतिर सप्तकोसीस“गै तराईका सुनौला फा“टहरू । चिसो मौसम अनि छेउबाटै नागबेली सडक धरानतिर झरेको दृश्य कम्ती रमाइलो लाग्दैन । गोधूलिसा“झको दृश्यले पनि उस्तै मादकता दिन्छ । त्यसैले त आन्तरिक पर्यटकहरूका लागि उपयुक्त स्थल बनेको छ, भेडेटार ।
समुद्री सतहदेखि १ हजार ४ सय ३० मिटरको उच्च पहाडी क्षेत्रमा रहेको भेडेटारमा धरानदेखि १६ किलोमिटर उत्तरमा पर्छ । पढ्नेक्रम जारी राख्नुहोस्

दिल्लीको ‘ड्युटी फ्रि’ नेपालीलाई बन्द


दीपा देवकोटा, काठमाडौं
भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको ड्युटी फ्रि पसलमा किनमेल गर्न नेपालीहरूलाई प्रतिबन्ध लगाइएको छ । तेस्रो देशबाट नयाँदिल्ली हुँदै स्वदेश आउने र भारतबाट हवाईमार्ग हुँदै आउने नेपालीहरूले दसकौंदेखि पाइआएको सुविधा बिनाकुनै कारण खोसिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

लाग्छ फर्कि जाऊ (गित)


हेरू भेन हे कान्छी डाडैले छेकिन्छ                                              
नहेरुम त हे कान्छी मनैमा लेखिन्छ
मेरो सानो गाऊ    
प्रदेशको बसाई छाडी लाग्छ फर्कि जाऊ
                    
बिहानीको मिर्मिरेमा सगरमाथा हास्यो
हरियाली हुदा खेरी डाँफे चरी नाच्यों
मेरो सानो गाऊ
प्रदेशको बसाई छाडी लाग्छ फर्कि जाऊ
                 
अरुण नदी मनकामना हेर्थ्यो घरी-घरी
धेरै राम्रो हुन्थ्यो, बर्सा हुदा खेरी
मेरो सानो गाऊ
प्रदेशको बसाई छाडी लाग्छ फर्कि जाऊ
 
पारी बनमा कोईली चरी बिरहको भाका गाउदा खेरी
गयौ मेरो सानु माया मलाई एकलै पर्दा खेरी
मेरो सानो गाऊ
प्रदेशको बसाई छाडी लाग्छ फर्कि जाऊ
लाग्छ फर्कि जाऊ

योगेन्द्र योगी “हिमाल”
धुपू-१ लेब्रंग
पागल – बस्ती
संखुवासभा, हाल- मलेसिया