स्टाइल गोलकिपरको


फुटबलमा गोलकिपरले थोरै जस र धेरै अपजस पाउँछन् । उनीहरूकै कारणले खेलले नयाँ मोड लिइरहेको हुन्छ भने करोडौंको आशालाई निराशामा बदलिरहेको हुन्छ । जस र अपजसको दोसाँधमा बसेर पनि आफूलाई स्टाइलिस बनाउने  प्रयासमा धेरै गोलकिपर लागे, जसमा थोरैले मात्र आफ्नो फेसन स्टाइललाई विश्वभर चर्चित बनाए ।

गोलकिपरहरूको चर्चा गर्दा तत्कालीन सोभियत संघका गोलकिपर लेभ यासिनलाई सम्झनैपर्छ । सधैं कालो जर्सीमा गोलपोस्टमा देखा पर्ने यासिन आफ्नो समयका सर्वाधिक कुशल गोलरक्षक थिए । कालो जर्सीमा जस्तोसुकै अवस्थामा पनि  बल रोक्न सक्ने कलाकै कारण उनलाई ‘ब्ल्याक स्पाइडर’ उपनाम प्रदान गरिएको थियो । बल समाउदा उनको उफ्राइ र बल समात्ने कला आठ हात-खुट्टा भएको माकुरोभन्दा कम हुँदैनथ्यो । यही कलाकै कारण फिफाले विश्वकपमा उनकै  नामबाट गोलकिपरलाई सम्मानित गर्ने परम्परा थालेको हो ।

लेभ यासिनले एउटै रंगमा सजिएर जसरी सबैलाई मोहित तुल्याए, उनकै नक्कल गर्दै इटालीका कप्तान डिनो जोफ पनि देखा परे । डिनोले यासिनको जस्तो कालो रंगको जर्सी  भने छनोट गरेनन् । उनले आफ्नो गोलकिपिङ करियरमा  अधिकांश समय सिमेन्टी रंगको जर्सीमा देखा परे । सन् १९८२ मा स्पेनमा सम्पन्न विश्वकप फुटबल प्रतियोगितामा इटालीले जित्दासमेत डिनो सोही रंगको जर्सीमा थिए, जसले उनलाई सिमेन्टी रंगको जर्सी लगाएर खेल्ने खेलाडीको ट्रेड  मार्कसमेत दिएको थियो ।

एकै रंगको जर्सीमा देखा पर्ने गोलकिपरमा म्यानचेस्टर युनाइटेडका एडविन भान डेर सार पनि हुन् । हल्यान्डका राष्ट्रिय गोलकिपर एडविनले आफ्नो गोलकिपिङ करियरमा पहेलो, हरियो, नीलो तथा बैजनी रंगको जर्सी मात्र लगाए ।  एडविनका अनुसार  रंगीचङ्गी जर्सीले प्रतिद्वन्द्वी खेलाडी कहाँ छ भन्ने कुरा सजिलै ठम्याउन सकिन्छ ।

सन् १९९० मा इटालीले आयोजना गरेको विश्वकपमा भने एकै रंगको सादा जर्सी र झिलिमिली जर्सीप्रति प्रतिद्वन्द्वी खेलाडीले राख्दै आएको मान्यतालाई जर्मनीका गोलकिपर बोडो इल्ग्नरले गलत सावित गरिदिए । जर्मनीले उक्त विश्वकप  जित्दा बोडोले रंगीचङ्गी जर्सी लगाएर पोस्ट ढाकेका थिए । यही विश्वकपमा अर्जेन्टिनाका गोलकिपर सर्जियो गोयकोचिया पनि रंगीचङ्गी जर्सी लगाएर पोस्टको रक्षामा खटिएका थिए । सो विश्वकपमा उनले केही पेनाल्टी सुटआउटसमेत  रोके । उनले फाइनलमा जर्मनीले प्रहार गरेको पेनाल्टीसमेत रोकेका थिए ।

टिमका खेलाडीहरूले भन्दा फरक किसिमको जर्सी लगाउने सुविधा गोलकिपरहरूले मात्र पाउँछन् । मेक्सिकोका महान् गोलकिपर जोर्गेन काम्पोस गोलकिपिङ गर्दा सधैं चहकिलो सेतो रंगको जर्सी लगाउँथे । उनको अनुभवमा चहकिलो सेतो  रंगले प्रतिद्वन्द्वी खेलाडीहरूको ध्यानलाई दिग्भ्रमित गर्छ । यो रंगको जर्सीको अनुसरण गर्नेमा ट्युनिसियाका गोलकिपर चोर्की एल क्वायेर पनि थिए । उनले आफ्नो देशलाई अपि|mकी नेसन कपको विजेता मात्र बनाएनन् आफूलाई प्रतियो गिताकै उत्कृष्ट गोलकिपरसमेत बनाए । पछि उनीमाथि चहकिलो पोसाक लगाएर प्रतिद्वन्द्वीको ध्यान भंग गरेको आरोपसमेत लाग्यो ।

गोलकिपरहरूको जर्सी फुटबलमा सधैं आकर्षणको विषय हुन्छ । यस क्रममा कतिपय खेलाडीले सगुनका लागि कुनै रंग छनोट गरेका छन् भने कतिले प्रतिद्वन्द्वी टिमको भाग्य बिगि्रयोस् भनेर रंगको छनोट गरेका छन् । रंगको छनोट र बुट्ट ाजस्तो किसिमको पनि राख्न पाउने छुट पाएका गोलकिपरहरूले आफ्नो जर्सीमा विभिन्न प्रयोग पनि गरेका छन् ।

स्कटल्यान्डका गोलकिपर जेरेमी जानोटले क्लबस्तरको प्रोफेसनल फुटबल खेल्दा अर्जेन्टिनाको नीलो रंगको जर्सीमा माकुराको जालो भएको चित्र अंकित गरेका थिए । अर्जेन्टिनाका समर्थक जेरेमीले आफूले लगाउने जर्सीको सम्मान त्यो बेला  पाए जुन बेला उनलाई सोही जर्सी लगाएर स्कटल्यान्डको राष्ट्रिय दिवसमा परेड खेल्न लगाइयो ।

आफ्नो आदर्शलाई सम्मान गर्ने कोलम्बियामा जन्मिएका अर्जेन्टिनाका गोलकिपर कार्लोस फर्नान्डो मोन्टोया पनि हुन् । द मंकी -बाँदर) उपनाम पाएका कार्लोस आफ्नो जर्सीमा बाँदरको तस्बिर राख्थे । त्यो समयमा कार्लोसका मुख्य  प्रतिद्वन्द्वी पाराग्वेका गोलकिपर जोसे लुइस चिल्भार्टको जर्सी पनि आकर्षक थियो । कालो जर्सी लगाउने चिल्भार्टको अघिल्लो भागमा घुरीरहेको बुल डगको चित्र अंकित हुन्थ्यो । स्टि्रट फाइटरजस्तो आक्रामक रहेको कुराको संकेत गर्न प्रयोग  गरिएको उक्त चित्रका ’boutमा विवाद आएपछि उक्त चित्र एक कार्टुन क्यारेक्टर रहेको बताउँदै चिल्भार्टले विवाद साम्य पारेका थिए ।

गोलकिपरहरूले लगाउने जर्सीको प्रसंगमा जर्मनीका ओलिभर कानको नाम छुटाउँदा पछिल्लो पुस्ताका गोलकिपरमा विविधता ल्याउने सोच छैन भन्ने पर्न सक्छ । सन् २००८ मा आफ्नो खेल करियरको अन्तिम प्रतियोगिता खेल्न उत्रिएका  कानले आफ्नो जर्सीमार्फत पूण्य कमाए । ‘द हर्ट फर चिल्ड्रेन’ नामक संस्थालाई आर्थिक सहयोग गर्न कानले प्रतिव्यक्ति १ सय ५० युरो लिएर ५ हजार ५ सय समर्थकको नाम आफ्नो जर्सीमा लेखाएका थिए ।

Posted by: Raju Gurung                                                      Source: Saptahik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.