विद्युत महसुल ३० प्रतिशत बढाउने तयारी


काठमाडौं, आश्विन १५ – नेपाल विद्युत प्राधिकरणले विद्युत महसुलमा तीस प्रतिशत शुल्क बृद्धि गर्ने तयारी गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक जिवेन्द्र झाले प्राधिकरणले शुल्क बृद्धिको अन्तिम सूचि अनुमोदनको लागि ऊर्जा मन्त्रालयबाट फाइल अर्थमन्त्रालयमा पठाइसकेको जानकारी दिएका छन् । अर्थमन्त्रालय फाइल स्वीकृत भएर आउनासाथ विद्युत महसुल बृद्धि गरिने उनले जानकारी दिए ।

प्राधिकरणको नयाँ शुल्क बृद्धि तालिकामा २० यूनिटसम्म उपभोग गर्ने उपभोक्तालाई अहिले कायम रहेकै शुल्क लिने र सडकबत्ति, सिचाई र मन्दिरलाई सहुलियत दिने प्रस्ताव गरिएको छ ।

विद्युत महसुल समय अनुसार समायोजन नहुँदा प्राधिकरण धारासायी बन्ने अवस्थामा पुगेको जानकारी दिदै उनले लोडसेडिङ अन्त्य गर्न पनि समायानुकुल शुल्क समायोजन गर्नु पर्ने उल्लेख गरे ।

प्राधिकरणका प्रवक्ता दण्डपाणि बस्यालले महसुल समायोजन हुन नसक्दा अहिले विद्युत प्राधिकरणले नेपाली कम्पनीहरुसँग साढे छ रुपैयामा र भारतबाट १० रुपैयाँ ७२ पैसा प्रतियूनिटमा विद्युत खरिद गरेर साढे तीन रुपैयामा विक्री गर्नु परेको अवस्था रहेको जानकारी दिए । उनले महसुल समायोजन नगरिए प्राधिकरण टाट पल्टने दाबी गरे ।

अहिले १ लाख ८३ हजार नयाँ उपभोक्ता थपिएको जानकारी दिदै विद्युत आपूर्ति मागको तुलनामा अत्यन्तै न्यून हुने भएकोले प्राधिकरणले थप चार पोईन्टबाट भारततर्फबाट विद्युत आयात गर्ने तयारी भईरहेको जानकारी दिनु भयो ।

लोसडेडिङ ६-७ वर्षसम्म यस्तै

प्राधिकरणका कार्यकारी निर्देशक झाले लोडसेडिङ भने अझै ६-७ वर्षसम्म कायम रहने जानकारी दिए । यसपटकको हिउँदमा  १४ घण्टासम्म लोडसेडिङ गर्नु पर्ने बाध्यता रहेको उनले बताए । ‘केही ठुला आयोजनाहरु निर्माणाधिन छन्, तिनको निर्माण सकिएपछि ६-७ वर्षभित्रमा पूर्ण रुपमा मुलुक लोडसेडिङ मुक्त हुन्छ,’ उनले भने ।

Posted by: Shiva Paudel
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.