साउदी अरबमा महिला कामदारले भोगेको शोषणप्रति प्रधानमन्त्रीको चासो


काठमाडौँ,  प्रधानमन्त्री माधवकुमार नेपालले साउदी अरेबियामा नेपाली महिला कामदारहरुले भोगिरेहेको लैंगिक उत्पीडन र शोषण’bout त्यहाँका मन्त्रीको ध्यानाकर्षण गराएका छन्। उनले त्यहाँ रहेका लाखौं नेपाली कामदारहरुको सुरक्षा र रोजिरोटीका समस्या समाधान गर्न आग्रह गरे।

प्रधानमन्त्री नेपालले साउदी अरेबियाका इस्लामिक मामिलासम्बन्धि उपमन्त्री डा. अब्दुला अजिद आलमसित आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका थिए।

भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो। त्यस अवसरमा प्रधानमन्त्री नेपालले नेपालमा साउदी राजदूतावास नहुँदा साउदी अरेबियामा कार्यरत नेपाली कामदारहरुले विविध समस्या भोग्नुपरिरहेको विषयमा ध्यानकर्षण गराउँदै नेपालमा राजदूतावास खोल्न प्रधानमन्त्रीले आग्रह गरे।

जवाफमा उपमन्त्री डा. आलमले नेपाली कामदारहरुले भोगिरहेका समस्या समाधान गर्न स्वदेश फर्किएपछि सम्बन्धित मन्त्रालय मार्फत पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

Posted by: Shiva Paudel

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.