Daily Archives: 01/10/2010
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतका साधारण सदस्यहरु
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको साधारण सदस्यता ग्रहण गर्नको लागि क्लव कार्यकारिणी समितिका कुनै पनि पदाधिकारीहरुलाई फोन/ईमेल मार्फत सम्पर्क गरी सदस्यता रसिद लिन सकिने छ । साधारण सदस्यताको लागि १ कुवेती दिनार शुल्क तिर्नु पर्नेछ । हालसम्म यस क्लवमा १८६ जना साधारण सदस्यहरु रहेका छन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in MESC पदाधिकारीहरु
मतदाता संकलन नरोके जे पनि हुन सक्छ: उपेन्द्र
अजित तिवारी, विराटनगर, मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मतदाता नामावली संकलन तत्कालै नरोके जे पनि हुन सक्ने चेतावनी दिएका छन्। जे पनि भनेको के भन्ने ’bout चाहिँ उनले केही खुलाएनन्। मतदाता नामावली संकलन र फोटो खिच्ने कार्यले निर्वाचन आयोगमार्फत सरकारले मधेशमा बिभेदको नीति लिएको उनको आरोप छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
साउदी अरबमा महिला कामदारले भोगेको शोषणप्रति प्रधानमन्त्रीको चासो
काठमाडौँ, प्रधानमन्त्री माधवकुमार नेपालले साउदी अरेबियामा नेपाली महिला कामदारहरुले भोगिरेहेको लैंगिक उत्पीडन र शोषण’bout त्यहाँका मन्त्रीको ध्यानाकर्षण गराएका छन्। उनले त्यहाँ रहेका लाखौं नेपाली कामदारहरुको सुरक्षा र रोजिरोटीका समस्या समाधान गर्न आग्रह गरे।
प्रधानमन्त्री नेपालले साउदी अरेबियाका इस्लामिक मामिलासम्बन्धि उपमन्त्री डा. अब्दुला अजिद आलमसित आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
विद्युत महसुल ३० प्रतिशत बढाउने तयारी
काठमाडौं, आश्विन १५ – नेपाल विद्युत प्राधिकरणले विद्युत महसुलमा तीस प्रतिशत शुल्क बृद्धि गर्ने तयारी गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक जिवेन्द्र झाले प्राधिकरणले शुल्क बृद्धिको अन्तिम सूचि अनुमोदनको लागि ऊर्जा मन्त्रालयबाट फाइल अर्थमन्त्रालयमा पठाइसकेको जानकारी दिएका छन् । अर्थमन्त्रालय फाइल स्वीकृत भएर आउनासाथ विद्युत महसुल बृद्धि गरिने उनले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
पढाइको सट्टा ‘परेड’
बालबालिका सहभागी नगराउन राष्ट्रपति कार्यालयको चासो
केदार ओझा,
काठमाडौं , आश्विन १५ – नेपालमा शाखा रहेको एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गर्ने शान्ति र्याली र सम्मेलनका लागि एक सातादेखि स्कुले बालबालिकालाई परेड र खेलमा व्यस्त बनाइएको छ । शनिबारको तयारी अभ्यास बिहीबारदेखि दशरथ रंगाशालामा सुरु हुने भएको छ । बालकालिकासहित शनिबार उपत्यकामा करिब २० हजारालाई उतार्ने तयारी ‘ग्लोबल पिस फेस्टिबल साउथ एसिया २०१०’ नामको संस्थाले गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार