Daily Archives: 30/09/2010

नायिका मेलिना मानन्धर आमा बन्ने भइन्


काठमाडौँ, असोज १४ । एकताकाकी चर्चित नायिका मेलिना मानन्धर(ढकाल) आमा बन्ने भएकी छिन् । केही समय यता सार्वजनिक जीवनमा नदेखिएकी मेलिना केही महिनापछि आमा बन्दैछिन् ।

alt

डेढ बर्षको प्रेम पछि दुई वर्ष अघि मेलिनाले नायक मुकेश ढकालसंग विबाह गरेकी थिइन् । मेलिनाको कोखमा अहिले सात महिनाको बच्चा रहेको मेलिनाका नजिकका एक नातेदारले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

पौडेल नवौं पटक पराजित / दसौं चरणको निर्वाचन असोज २० गते


काठमाडौ, आश्विन १४ – प्रधानमन्त्री पदका एक्ला प्रत्यासी कांगे्रस संसदीय दलका नेता रामचन्द्र पौडेल नवौं पटक पराजित भएका छन् । बिहीबार भएको प्रधानमन्त्रीको निर्वाचनमा पौडेल नवौं पटक पराजित भएका हुन् । निर्वाचनमा १ सय ६८ जना सांसदको उपस्थिति रहेको थियो ।  पढ्नेक्रम जारी राख्नुहोस्

कोरियन भाषा परीक्षामा ४ हजार भन्दा बढि उत्तीर्ण (नामावलीसहित)


काठमाडौ, आश्विन १४ -दक्षिण कोरियामा काम गर्न जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा परीक्षा दिएकाहरु मध्ये ४  हजार १ सय ८० जना उत्तीर्ण भएका छन् ।   गत भदौ १२ र १३ गते लिएको भाषा परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाललाई डेनमार्कले १७ करोड रुपियाँ सहयोग गर्ने


रासस, १३ असोज, काठमाण्डौ । निर्वाचन आयोगको फोटोसहित मतदाता नामावली तयार पार्ने काममा सहयोग पुर्‍याउन डेनमार्क सरकारले रू १७ करोड दुई लाख उपलब्ध गराउने भएको छ । निर्वाचन सहयोग परियोजनामार्फत संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम-युएनडिपी)ले सो रकम सञ्चालन गर्न बुधबार निर्वाचन आयोगमा दुई पक्षबीच सम्झौतामा हस्ताक्षर भयो । पढ्नेक्रम जारी राख्नुहोस्

सुपर मोडल बन्ने चिनियाँ महिलाको सपना


chin-models

एएफपी, पूर्वी चीनको अनहुई प्राप्तको हेफेइमा मंगलबार एउटा मोडलिङ स्कुलमा तालिम लिइरहेका चिनियाँ मोडलहरु । हजारौ चिनियाँ युवतीहरु फेसन प्रतियोगितामा भाग लिन चाहन्छन् तर यो अवसर केहीले मात्र प्राप्त गर्दछन् ।

Posted by: Jay Ale

काँग्रेसभित्र अब कुनै प्यानल छैन एकढिक्का भएर पार्टी अघि बढ्छ्: नवनिर्वाचित महामन्त्री प्रकाशमान सिंह


prakashman_sigh_250विद्यार्थीकालदेखि नै नेपाली काँग्रेसको राजनीतिमा क्रियाशील हुनुभएका प्रकाशमान सिंह नेपाली काँग्रेसको भर्खरै सम्पन्न १२ औं महाविधेशनबाट महामन्त्रीमा निर्वाचित हुनुभएको छ । निर्वाचनमा खसेको ३ हजार ५७ मत मध्ये सिंहले १ हजार ६५६ मत ल्याएर विजयी हुनुभएको थियो भने उहाँका निकटम प्रतिद्धन्द्वी विमलेन्द्र निधिले १ हजार २२६ मत ल्याउनुभयो । काँग्रेसका सर्वोच्च नेता गणेशमान सिंह पढ्नेक्रम जारी राख्नुहोस्