अन्तर्वार्ता दिन जाँदाको तयारी


कुनै पनि संस्थाले भर्ना तथा छनौट प्रक्रियामा अन्तर्वार्तालाई महत्वपूर्ण प्रक्रिया मान्दछन् । रोजगारीको अवसर खोजी गर्नुभन्दा अगाडि अन्तर्वार्ताको तयारी गर्नुपर्छ ’cause– कुनै पनि संस्थाको भर्ना तथा छनौट प्रक्रियाको निर्णय अन्तर्वार्ता लिएपछि मात्र गर्छन् । अन्तर्वार्ता लिनुको उद्देश्य व्यक्तिको व्यक्तित्व, बोलीचालीको शैली, आत्मविश्वासका साथै उक्त पदको लागि योग्य छ वा छैन भनी अन्तिम निर्णय गर्ने माध्यम नै अन्तर्वार्ता हो ।
अन्तर्वार्ताका तयारी
तपार्इं अन्तर्वार्ताको छनौट भएपछि निम्न कुराहरूको तयारी गर्नुपर्छ।

१) तयारी र आत्मविश्वास, राम्रो तयारीले सधैं आत्मविश्वास जगाउँछ । त्यसकारण सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफूमा विश्वास हुनु हो । यसका लागि दुइटा कुराको ख्याल राख्नुपर्छ।
  अन्तर्वार्ताको अभ्यास
अन्तर्वार्ताका लागि महत्वपूर्ण सूचना र खबर संकलन गर्ने ।
२.    चेक लिस्ट
अन्तर्वार्ताका लागि चाहिने कुराहरू यसप्रकार छन् 
जानुपर्ने ठाउँ, समय, मिति र भेट्नुपर्ने व्यक्तिको नाउँ, समयभन्दा अघि पुग्ने व्यवस्था
औपचारिक पोसाक, पेस गर्नुपर्ने महत्वपूर्ण कागजातहरू, संस्थाको खबर र विवरण
३.    समय
अन्तर्वार्ताको समयभन्दा १५–२० मिनेट अगाडि आएर रिसेप्सनिस्टलाई जनाउ दिनुपर्छ । केही गरेर ढिलो भएमा अफिसमा फोन गरेर खबर गरिदिनुपर्छ ।
४.    सूचना
संस्थाका सम्पूर्ण खबर, सूचना र महत्वपूर्ण कुराहरू विभिन्न पत्रपत्रिका र वेबपोर्टल साइटबाट निकालेर मनन गर्नुपर्छ । अन्तर्वार्ता संस्थाका ’boutमा विभिन्न प्रश्नहरू सोधिन सकिनेछ ।
५.    प्रश्न तयारी
अन्तर्वार्तामा आउन सक्ने र सोधिने प्रश्नहरूको लेखेर तयारी गरेमा अन्तर्वार्तामा उत्तर दिन धेरै सजिलो हुन्छ । यो रोजगारीको अवसर तपाईंको हो भन्ने सोचेर तयारी गर्नुहोस् । जस्तैः हामीले तपाईंलाई यो अवसर प्रदान ग¥यौं भने हामीलाई के फाइदा हुन्छ ? तपाईंलाई हाम्रो संस्थाको ’boutमा के थाहा छ ?
६.    अनावश्यक नबोल्नुहोस्
आफूलाई सोधिएका प्रश्नहरूको उत्तर अनावश्यक लामो नबनाउनुहोस् । पहिला काम गरेको अफिस र त्यहाँका कर्मचारीहरूको ’boutमा नराम्रा कुरा गर्नुहुँदैन ।
७.    सुन्नुहोस्
अन्तर्वार्ता लिने व्यक्तिको कुरा राम्ररी सुन्नुहोस् । प्रश्न पूरा सुनेर मात्र उत्तर दिनुहोस् नत्र भने कुराको अर्थ अर्कै लाग्नसक्छ ।
८.    विचार पु¥याउनुहोस्
अन्तर्वार्तामा जानु अगाडि आफ्नो पहिरन औपचारिक र साधारण भए नभएको हेर्नुपर्छ । कागजपत्र पूर्ण भए नभएको हेर्नुपर्छ । कसैको सिफारिस छ भने त्यो सिफारिसले कत्तिको सहायता गर्छ हेर्नुपर्छ । धेरै कडा बास्नादार अत्तरहरूको प्रयोग गर्नुहुँदैन । अनावश्यक श्रृंगारको प्रयोग गर्नुहुँदैन ।
९.    कुरा गर्ने शैली
अन्तर्वार्ताको बेलामा आँखामा हेरेर कुरा गर्नुपर्छ । धेरै हाउभाउ देखाउनु हुँदैन र यताउति हेर्नुहुँदैन । प्रश्नका उत्तर दिँदा लामो हुनुहुँदैन ।
१०.    सफलताका कुरा गर्नुहोस्
आफूले प्राप्त गर्नुभएको सफलताका कुरा गर्नुहोस् । तपाईंले कसरी विभिन्न समयमा, विभिन्न खालका घटना घट्दा आफूले कस्तो भूमिका निर्वाह गर्नुभयो, कसरी आफूले संस्थालाई घाटामा जानबाट जोगाउनुभयो र कसरी कुन कुराको थालनी गर्नुभयो, सो कुराको जानकारी दिनुहोस् ।
११.    पहिलो अवसर महत्वपूर्ण
अन्तर्वार्ताको पहिलो अवसर नै तपाईंको लागि महत्वपूर्ण छ । तपाईंले पहिलो भेटमा नै आकर्षित गर्न सक्नुपर्ने हुन्छ । तपाईंको पहिलो अवसर जस्तो दोस्रो अवसर हुँदैन ।
१२.    धन्यवाद भन्न नर्बिसिनुहोस्
अन्तर्वार्ताको अन्त्यमा अन्तर्वार्ता लिने व्यक्तिहरूलाई धन्यवाद भन्न नर्बिसिनुहोस् । सकारात्मक कुरा गरेर अन्तर्वार्तालाई टुंग्याउनुहोस् र अन्तर्वार्ता पछि पनि संस्थासँग सम्पर्कमा रहनुहोस् ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.