Daily Archives: 27/09/2010

सकारात्मक सोच राख्ने हो भने जीवन इन्दे्रणीझैं रंगीन छ -करिश्मा मानन्धर


लक्ष्मी भण्डारी थापा

नेपाली चलचित्रकी सदाबहार नायिका करिश्मा मानन्धर सन् १९७२  फेबु्रअरी ४ का दिन झरुवारासी, ललितपुरमा जन्मिएकी हुन् । आमा कोमल तथा सेनाका मेजर बुवा क्षेत्रबहादुर केसीका २ छोरीमध्ये जेठी करिश्माकी ठूलीमुमा -अर्की आमा) तर्फ २ दाजु छन् । जन्म ललितपुरमा भए पनि बानेश्वर, थापागाउँमा उनको बाल्यकाल बित्यो । इलाम आर्मी क्याम्पका गणपति बुवाको नवमीका दिन निधन भए पनि उनलाई आमाले त्यसपछिका हरेक दसैंमा रिक्तता र निराशाको अनुभूति नदिएको उनको भनाइ छ ।

पढ्नेक्रम जारी राख्नुहोस्

बडादशैंको रमझम शुरु, लालीगुराँस साँस्कृतिक परिवारको बृहत साँस्कृतिक प्रस्तुतिको तयारी हुँदै


मनोज काफ्ले -मनसुन
 
लालीगुराँस साँस्कृतिक परिवारले यसपालीको दशैमा कुवैतबासी नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई अलगै किसिमको खुशी प्रदान गर्ने भएको छ । यसभन्दा पहिले कुवैतमा बडादशैंको उपलक्ष्यमा साँस्कृतिक कार्यक्रम भएको थिएन । दशैंको रमझम अब नेपालमा शुरु भैसकेको छ । परदेशबाट कसैका श्रीमान आउने खुसीमा श्रीमती खुशी छिन् भनें, कसैका छोरा आउने खुशीमा आमाले धेरैपछी नयाँ साडी लगाउन पाउने भएकी छिन, बहिनीको मनको खुशी अर्कै छ, यसपालीको दशैंमा बुबा-मुमाको हातको टिका थाप्न टाढा-टाढा देखि परदेशीहरु आफ्नो मातृभूमि संगको माया सम्झेर आफन्तलाई भेट्ने चाहना पुरा हुने भएर खुशीले गदगद छन पढ्नेक्रम जारी राख्नुहोस्

अन्तर्वार्ता दिन जाँदाको तयारी


कुनै पनि संस्थाले भर्ना तथा छनौट प्रक्रियामा अन्तर्वार्तालाई महत्वपूर्ण प्रक्रिया मान्दछन् । रोजगारीको अवसर खोजी गर्नुभन्दा अगाडि अन्तर्वार्ताको तयारी गर्नुपर्छ ’cause– कुनै पनि संस्थाको भर्ना तथा छनौट प्रक्रियाको निर्णय अन्तर्वार्ता लिएपछि मात्र गर्छन् । अन्तर्वार्ता लिनुको उद्देश्य व्यक्तिको व्यक्तित्व, बोलीचालीको शैली, आत्मविश्वासका साथै उक्त पदको लागि योग्य छ वा छैन भनी अन्तिम निर्णय गर्ने माध्यम नै अन्तर्वार्ता हो । पढ्नेक्रम जारी राख्नुहोस्