Daily Archives: 25/09/2010

बनभोज कार्यक्रमको सूचना !!


मिति: २५ सेप्टेम्बर २०१०

कुवेत नगरीमा पेशारत समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले विभिन्न चाडपर्वको अवसर पारी कुवेतवासी नेपालीहरुबीच शुभ-कामना सन्देश आदान-प्रदान गर्ने र आपसी भाईचाराको सम्बन्धलाई सुदृढ तथा प्रगाढ बनाउने उद्देश्यले बिगत ३ बर्ष देखि बनभोज कार्यक्रमको आयोजना गर्दै आएको र जसमा यहाँहरुको समेत बृहत सहभागिता हुने गरेको व्यहोरा सर्वविदितै छ ।

यस बर्ष पनि हामीले नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ-दिपावलीको पावन अवसर पारी शुभ-कामना सन्देश आदान-प्रदान गर्ने गराउने उद्देश्यले ०५ नोभेम्बर २०१०, शुक्रवारको दिन, कुवेतको ग्रिन आईल्याण्ड पार्कमा (भारतीय दूतावासको अगाडि) विभिन्न मनोरन्जनात्मक खेल सहितको “तेस्रो वार्षिक बनभोज कार्यक्रम-२०६७” को आयोजना गर्न गई रहेको हुँदा यहाँहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं । पढ्नेक्रम जारी राख्नुहोस्

दशैं वा दसा ??


जितेन गुरुङ्ग, कुवेत

दशैं आयो भन्छन सबै खै त मलाई
सबैको मुहारमा खुशी देख्दैछु, खै त मलाई
पोहोरको दशैंमा कान्छीको फरिया किन्दाको रिन अझै बाँकी छ
दशैं आयो भन्छन सबै, खै त मलाई

टारि खेतको धान राम्रो भएन, मकैले काम चलाउँदैछु
जमरा राखने मकै पनि सकिन लाग्यो कि के हो हेर्नु पर्नेछ
पोहोर साल किनेको छोराको जुत्ता फाट्यो कि के हो सोध्नु पर्नेछ
छोरीको मजेत्रो पुरानो भाको थियो च्यातियो कि हेर्नु पर्नेछ पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य पेश गर्ने सम्बन्धमा नेपाली राजदूतावास कुवेतको अत्यन्त जरुरी सूचना !


Posted by: Jay Ale

NRNA कुवेतले अग्निबाँण मासिकका घाइते पत्रकार रविन थपलियालाई आर्थिक सहयोग गर्‍यो


नारायण नेपाल, कुवेत

आजभन्दा ठिक १८ महिना अगाडी काठमाण्डौको बालाजुमा भएको मोटरसाइकल दुर्घटनामा  आफ्नो दाहिने खुट्टा गुमाउन पुगेका अग्निबाँण मासिक पत्रिकाका प्रधान सम्पादक रविन थपलियालाई NRNA कुवेतद्वारा रू. १८,९११ (१८ हजार नौ सय ११) आर्थिक सहयोग भएको छ ।

विगत १० वर्षदेखि कुवेतमा कृयाशिल माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव तथा NRNA कुवेतका सदस्य श्री बम बहादुर बिष्ट कुवेतबाट नेपाल छुट्टी गएको बेला घाइते पत्रकारलाई भेटि उक्त रकम NRNA कुवेतको तर्फबाट हस्तान्तरण गर्नुभएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Vote For “Anuradha Koirala” on CNN Heroes 2010


Anuradha Koirala, chairperson of Maiti Nepal, has been nominated for top 10 CNN heroes award. She is one of the 10 remarkable individuals announced by blue ribbon panel of CNN Hero of the Year-2010.

Koirala and her group, Maiti Nepal, have helped more than 12,000 victims of Nepal’s sex trafficking business so far, according to the panel. Of the top 10, one who garners the highest online votes will be announced the CNN Hero of the Year on November 25. पढ्नेक्रम जारी राख्नुहोस्

जसलाई पनि लाग्न सक्छ मुटुरोग


नसर्ने रोगमध्ये सबैभन्दा खतरा रोगका रूपमा लिइएको मुटु रोगका कारण बर्सेनि लाखौँ मानिसको मृत्यु भइरहेको छ । विश्वमै मुटु रोगीको संख्या हरेक वर्ष बढ्दै गएकाले विश्व मुटु महासंघले यस’boutमा चेतना जगाउन र मुटु बचाउन प्रत्येक वर्ष सेप्टेम्बरको अन्तिम आइतबार विश्व मुटु दिवस संसारभरि मनाउँदै आइरहेको छ । नेपालमा पनि मुटु बचाउन चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन थालिएको छ । नेपाल हृदयरोग प्र्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार मानिसको खानपिन तथा जीवनशैलीमा आएको परिवर्तनका कारण पछिल्ला वर्षमा मुटु रोगीको संख्या नेपाललगायत विकासोन्मुख देशमा दिनानुदिन बढिरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्