काठमाडौ, आश्विन ८ – दुर्घटनामा परेको अग्निको डोरनियर जहाजको फ्लाइट डाटा रेर्कडर (ब्ल्याकबक्स) अनुसन्धानका लागि आइतबार जर्मनीको रुवाग पठाइने भएको छ । उडान तथ्यांक संकलन गर्ने फ्लाइट डाटा रेकर्डरको अभिलेख पढ्न नसकेपछि दुर्घटना आयोगको बैठकले यस्तो निर्णय गरेकेा हो । यहाँ बुद्ध र यतीसँग परीक्षण केन्द्र भए पनि त्यहाँ जहाजका चालकको कुराकानी रेकर्डको अभिलेख (सिभिआर) मात्र परीक्षण गर्न मिल्छ । ‘भारतको बैंगलोर र सिंगापुरमा रहेको परीक्षण केन्द्रले समेत डोरनियरको ब्ल्याक्सबक्स परीक्षण गर्न नसक्ने बतायो,’ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव तथा आयोगका सदस्य सचिव सुरेश आर्चायले भने ‘रेकर्डरको मेमोरी प्लेटमा धेरै खराबी भएकाले त्यसमा रहेको डाटा हुबहु निकाल्न नसकेको उनीहरूले बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 24/09/2010
अग्निको ब्ल्याकबक्स जर्मनी पठाइने
Posted in नेपाल समाचार
मासु धेरै खान्छन् नेपाली
मैना धिताल,
काठमाडौ, आश्विन ८ – प्रतिव्यक्ति आम्दानी कम भए पनि दक्षिण एसियाका अन्य मुलुकको तुलनामा नेपालीले धेरै मासु खान्छन् । पाकिस्तानपछि यस क्षेत्रमा बढी मासु उपभोग गर्ने मुलुकमा नेपाल रहेको विश्व खाद्य तथा कृषि संगठन (एफएओ) ले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सबै साइट ब्लक गर्न सकिँदैनसः आइएसपी
योगेश खतिवडा,
काठमाडौ, आश्विन ८ – इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी) ले सबै अश्लील वेबसाइट बन्द गर्न नसकिने बताएका छन् । तर केही अश्लील साइट पहिचान गरेर बन्द गर्न आग्रह गरे आफूहरूले बन्द गरिदिने बताएका छन् । यसबाट सबै अश्लील साइट बन्द गर्ने सरकारी योजना अन्योलमा परेको छ ।
भदौको पहिला सातामा आइएसपीलाई लाइसेन्स दिने अधिकार पाएको नेपाल दूरसञ्चार प्राधिकणले अश्लील साइट बन्द गर्ने उद्देश्यका साथ सर्त संशोधन गरेको थियो । अश्लील भिडियो, फोटो र अन्य सामग्री भएका साइटको प्रयोग बढिरहेको अवस्थामा सरकारले अनुपतिपत्रको सर्त संशोधन गरेको हो । तर आइएसपी एसोसिएसनले त्यसमा गरिएको व्यवस्था तत्काल पूरा गर्न नसकिने जनाएको हो । उनले छलफल नगरी सर्त लाद्न नहुने बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
एसएलसी पूरक परीक्षाको नतिजा सार्वजनिक, ६९ हजार उत्तीर्ण
भक्तपुर, असोज ७। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत साउन ३० गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन गरेको एसएलसी पुरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । सो परीक्षामा सहभागी भएका कूल परीक्षार्थी एकलाख तीन हजार ७५२ मध्ये ६९ हजार ९३० जना अर्थात् ६७.४० प्रतिशत उत्तीर्ण भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार