Daily Archives: 23/09/2010

तराईमा घातक बल प्रयोगः राष्ट्र संघ


काठमाडौं, आश्विन ७ – तराईमा भएका गैरन्यायिक हत्यामा सुरक्षा फौजले गैर कानुनीरुमा घातक बल प्रयोग गरेको संयुक्त राष्ट्र संघले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

बिहीबार सन् २००८ जनवरीदेख सन् २०१०  सम्म तराईमा भएका गैरन्यायिक हत्याका आरोपहरुको शीर्षक नामक प्रतिवेदनको सार्वजनिक गर्दै उसल भनेको छ घटनाहरूमा सुरक्षाफौजद्वारा गैरकानुनी रूपमा घातक बल प्रयोग गरिएका विश्वसनीय आरोपहरू थिए  । पढ्नेक्रम जारी राख्नुहोस्

बिश्वासघात


दीपा “दु:खी”, चितवन

व्यर्थै मन दुखाउनलाई फोर्यौ किन
नभएका कथाहरु व्यर्थै कोर्यौ किन
म आफैलाई थाहा छैन मेरो जीवन के हो भनी
देख्दै नदेखीने यो मुटु चोर्यौ किन

मनका कुरा सबै भन्दा घात पाए मैले
विना गल्ति जवाफरुपि लात पाए मैले
नभन्नु पर्ने रैछ भनेर नै भूल भयो
विश्वासघाती रैछौ तिमी साइनो किन लाए मैले

विना गल्ति रिसायौ त माफी किन माग्नु मैले
धोका दिइ छोडेपछि पर्यौ किन भाग्नु ऐले
पाप धर्म रैन छ है संसारमा कसैलाई
बिच बाटोमै मरेमर्छु पर्यौ किन थाम्न ऐले

Posted by: Raju Gurung

ब्याडमिन्टन खेलाडी रियालिटी शोमा


दिल्ली, असोज ७ (एजेन्सी)- भारतकी बायाँहाते ब्याडमिन्टन खेलाडी ज्वाला गुट्टा आउँदो सत्रमा लोकप्रिय नृत्य रियलिटी शो कार्यक्रममा ‘झलक दिखलाजा’ मा सहभागी हुने भएकी छन्। गुट्टाका कारणले नै पूर्वभारतीय क्रिकेट कप्तान र उनकी दोस्री पत्नी संगीता बिजलानीबीच सम्बन्ध बिग्रिएको आरोप लाग्दै आएको थियो। 
 नृत्यको त्यस रियालिटी कार्यक्रममा जाने कुराले ज्वाला निकै रोमाञ्चित भएको बताइएको छ। उनले यस सम्बन्धमा अनुबन्धमाथि हस्ताक्षर गर्न बाँकी नै छ। तर उनी निकै आधुनिक पोसाकमा देखिन सैद्धान्तिक रूपमा सहमत भइसकेको बताइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

स्थानीय विकास मन्त्रालयमा बम पड्काउने चेतावनी


सेना र प्रहरी परिचालित-
 काठमाडौँ, असोज ७- स्थानीय विकास मन्त्रालय परिसरमा बम  राखिएको खबरपछि सेना र प्रहरीको टोलीले घटनास्थललाई नियन्त्रणमा लिई बम खोजिरहेको छ।  तालिमप्राप्त कुकुर र बम निस्क्रिय गर्ने टोली त्यहाँ परिचालन भएको ललितपुर प्रहरी परिसरका प्रमुख विक्रम थापाले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्

10 Things I Learned at Yoga Teacher Training


Once upon a sticky mat, you could teach yoga whether you had two weeks or 20 years of experience. Now, you shell out a few thousand bucks to a Yoga Alliance certified school–a shift that’s bunched many organic cotton panties. Yet it’s pretty much accepted that it’s not nuts to semi-regulate a practice that can deeply change lives as well as tear ACLs. पढ्नेक्रम जारी राख्नुहोस्

पूर्वराजा ज्ञानेन्द्रलाई कन्या र पूर्वकुमारीपूजा तथा सम्मान कार्यक्रममा सहभागी हुन रोक


सुरक्षाका नाममा सरकारले पूर्वराजा ज्ञानेन्द्रलाई वसन्तपुरस्थित तलेजु मन्दिरपरिसरमा आयोजना गरिएको कन्या र पूर्वकुमारीपूजा तथा सम्मान कार्यक्रममा सहभागी हुन रोक लगाएपछि पूर्वराजा ज्ञानेन्द्रले मंगलबार दिउँसो ९ जना पूर्वकुमारीलाई निर्मलनिवासमै सम्मान र पूजा गर्नुभएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार विश्व हिन्दू युवा परिषद्ले हिजो मंगलबार बिहान ११ बजे आयोजना गरेको ५ सय ४ कन्या र ९ जना पूर्वकुमारीको सम्मान तथा पूजा कार्यक्रममा सहभागी हुने तयारी गर्दा पूर्वराजा ज्ञानेन्द्रलाई २ घण्टाअगाडि रोक लगाइएको थियो ।   पढ्नेक्रम जारी राख्नुहोस्