कोइराला सभापतिमा निर्वाचित


नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले  वर्तमान कार्यवाहक सभापति सुशील कोइरालालाई सभापति पदमा निर्वाचित गरेको छ । कोइरालाले १६५२ मत ल्याएका छन्, जुन  पार्टी विधान अनुसार निर्वाचित हुन आवश्यक कूल मतको ५० प्रतिशत भन्दा बढी हो । उनका निकट प्रतिद्वन्द्वी शेरबहादुर देउवाले १३१७ मत मात्रै ल्याए । सभापति पदका अर्का दावेदार पुराना तथा त्यागी नेता भीमबहादुर तामाङले भने मत संख्यामा दोहोरो अंक पनि कटाउन सकेनन् । उनले ७८ मत मात्रै ल्याए । कूल मतदाता संख्या ३ हजार ८० भएकोमा ३ हजार ६२ मत मात्रै खसेको थियो । जसमा १७ मत बदर भएका थिए । 

कोइरालाको पक्षमा कार्यकर्ताहरुले मतगणना स्थल प्रज्ञा भवनमा चर्को नाराबाजी गरे पनि उनी विजयको खुसी साट्न त्यहाँ उपस्थित भएनन् । निमोनियाको कारण उनी निवास मै आराम गरिरहेको र उनको तर्फबाट सन्देश ल्याएको भन्दै संसदीय दलका नेतासमेत रहेका रामचन्द्र पौडलले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिए । ‘निष्ठाको राजनीतिको सम्मान भएको छ’, पौडेलले भने- ‘हार र जीत महत्त्वपूर्ण हैन । शेरबहादुरजीको पनि पार्टीमा उत्तिकै योगदान छ । केही दिनमा नै उहाँहरुले यो परिणाम बिर्सनु हुनेछ र पार्टी एक ढिक्का भएर अघि बढ्नेछ ।’

पौडेलले शान्ति र एकताको सन्देश १२ औँ महाधिवेशनले दिएको जिकिर गर्दै स्वर्गीय गिरिजाप्रसाद कोइरालाको लोकतन्त्र र शान्तिको अभियानलाई पूरा गर्न काँग्रेस एकजुट भएर अघि बढ्ने बताए । राति ८ बजे सुरु हुने भनिएको कांग्रेस निर्वाचन अन्तर्गत सभापति पदको मतगणना आचारसंहितामाथिको छलफलमा लम्बिएपछि साढे ११ बजे बल्ल सुरु भएको थियो । मत परिणाम सुन्न प्रतीक्षारत सयौं कार्यकर्ताले मतगणनास्थल प्रज्ञाभवन कमलादी अगाडि नाराबाजी गरेका थिए । देउवा पक्षधर कार्यकर्ताहरुको चर्को नाराबाजी अनौपचारिक मतपरिणाममा कोइरालाको अग्रता कायम हुँदै गरेको खबर सार्वजनिक हुन थालेपछि मत्थर भएको थियो ।

एक भोटको अन्तरबाट सुरु भएको अनौपचारिक मतपरिणाम सार्वजनिक हुने क्रम अन्त्यसम्म आइपुग्दा तीन सय नाघिसकेको थियो । देउवा पक्षधर कार्यकर्ताहरु चुपचाप हुने बित्तिकै कोइराला पक्षधर कार्यकर्ताहरुको चहलपहल र नाराबाजी बढेको थियो । दुई पक्षबीच अप्रिय स्थिति आउन नदिन प्रहरी सक्रिय भएर लागेको थियो ।  महाधिवेशनको पाँचौं दिन सभापतिसहित पार्टीको ६४ केन्द्रीय कार्यकारिणी पदाधिकारी तथा सदस्यका लागि चुनाव सम्पन्न भएको थियो ।  तर निर्वाचन समितिको निर्णय अनुसार पहिलो चरणमा सभापति पदको मतगणना भएको हो । बाँकी मतपत्र पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । बुधबारदेखि अरु पदको मतगणना सुरु हुनेछ ।   

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.