इन्टर पास त गरेको छु “मुन्द्रे”


ट्वाक्क टुक्क’ नामक हाँस्य टेलिशृङ्खलाबाट चर्चामा आएका हाँस्य अभिनेता जितु नेपाल आफ्नो वास्तविक नामभन्दा मुन्द्रेको नामले बढी चिनिन्छन् । ‘जिरे खुर्सानी’ टेलिशृङ्खलामा मुन्द्रेको भूमिकामा देखिएका उनलाई बाटामा हिँड्ने सबैले मुन्द्रे नै भनेर हैरान पार्छन् रे । तर उनको बानी व्यहोरा मुन्द्रेको जस्तो छैन ।

करिब तीन दर्जन चलचित्रममा अभिनय गरिसकेका जितुलाई अब चलचित्रप्रति त्यति मोह छैन । हाँस्य कलाकारलाई केवल जोकरका रूपमा प्रस्तुत गर्ने चलचित्रमा उनलाई अभिनय गर्नु पनि छैन ।

एसएलसी मात्र पास हो कि त्योभन्दा माथि पनि पढिएछ ?

इन्टर पास त गरिएछ ।

मुन्द्रे बनेर ठग्ने ‘टेक्निक’ बाहिर त प्रयोग गर्‍या छैन ?

छैन, छैन । पर्दामा मात्र हो । बाहिर हुने ठगीलाई रोक्नका लागि पो पर्दामा देखाएको त ।

-पर्दामा त खुब केटी पछ्याइन्छ, रियल लाइफमा नि ?

वास्तविक जीवनमा एउटैलाई मात्र पछ्याइयो । उनैसँग अब जीवन बिताइन्छ ।

अहिले मुख बङ्ग्याएर मात्र हँसाउने चलन बढ्दै गएको छ नि ?

मुख बङ्ग्याउनु मात्र हास्यव्यङ्ग्य होइन । हास्यव्यङ्ग्यको स्तर हेर्नका लागि त पहिले देशको स्तर हेर्नुपर्छ । नेताको स्तर हेर्नुपर्छ । देशको र नेताको स्तर बढेपछि हास्यव्यङ्ग्यको पनि स्तर बढ्छ ।

हँसाएरै गाडी चढ्न सकिन्छ ?

सकिन्छ । अहिले सबभन्दा चलेको पेसै यही हो ।

तपाईंले पनि चढ्नु भएको छ ?

गाडीमध्येको कान्छो भाइ चढेको छु ।

दमन रूपाखेतीसँग जमेको जोडी झगडा परेर टुटेको भन्ने सुनिन्छ ?

झगडा गरेर टुटेको होइन, सल्लाह गरेर छुटेको हो । अहिले पनि दमन र म मिल्ने साथी हौँ । भोलि एकसाथ काम गर्न पनि सक्छौँ ।

चलचित्रमा काम पाउन छाडेर नदेखिएको हो ?

नढाँटी भन्नुपर्दा नपाएर पनि हो, फुर्सद नभएर पनि हो । पारिश्रमिकका हिसाबले, चरित्रका हिसाबले मलाई सुहाउने चलचित्र नै बन्न छाडे । अनि कसरी देखिनु ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.