Daily Archives: 22/09/2010

भुँडीको भारी


मासु र मिठाई भनेपछि मरिहत्ते गर्नुहुन्छ ? खान थालेपछि पेट नचर्केसम्म उठ्नुहुन्न ? बिहान अबेरसम्म सुत्नुहुन्छ र व्यायाम पनि गर्नुहुन्न ? यस्तो दैनिकीमा अभ्यस्त हुनुहुन्छ भने ठोकुवाका साथ भन्न सकिन्छ, तपाईंको भुँडी बढ्दैछ ।    

यदि भातप्रेमी हुनुहुन्छ, आलुका परिकारमा र्‍याल चुहाउनुहुन्छ, पानीको सट्टा कोलडि्रङ्समा रमाउनुहुन्छ, फास्टफुडलाई सजिलो र स्वादिलो मान्नुहुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

इन्टर पास त गरेको छु “मुन्द्रे”


ट्वाक्क टुक्क’ नामक हाँस्य टेलिशृङ्खलाबाट चर्चामा आएका हाँस्य अभिनेता जितु नेपाल आफ्नो वास्तविक नामभन्दा मुन्द्रेको नामले बढी चिनिन्छन् । ‘जिरे खुर्सानी’ टेलिशृङ्खलामा मुन्द्रेको भूमिकामा देखिएका उनलाई बाटामा हिँड्ने सबैले मुन्द्रे नै भनेर हैरान पार्छन् रे । तर उनको बानी व्यहोरा मुन्द्रेको जस्तो छैन ।

करिब तीन दर्जन चलचित्रममा अभिनय गरिसकेका जितुलाई अब चलचित्रप्रति त्यति मोह छैन । पढ्नेक्रम जारी राख्नुहोस्

गोर्खालीको सुरक्षा रोजगारी बिश्वभर संकटमा


‘बीर गोर्खाली’को ट्रेडमार्कको सहारामा बिश्वभर सुरक्षा रोजगारीमा अग्रस्थानमा रहेका नेपालीहरुको सुरक्षा सेवामा आधारित रोजगारी बिस्तारै संकटमा पर्दै छ । सैनिक र अर्ध सैनिकरुपमा बिभिन्न मुलुकमा सुरक्षा रोजगारीमा रहेका नेपालीहरुको रोजगारी घट्दै जान थालेको छ । पछिल्ला केही उदाहरणः

सुगौली सन्धीका बेलादेखि नै गोर्खाली सैनिकलाई आफ्नो राष्ट्रिय सेनामा राख्दै आएको बेलायतले समान तलब सुबिधाको मागसंगै गोर्खा सैनिकको संख्या घटाउने निर्णय गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

घुस लिदालिंदै पक्राउ एमाले सभासद् धरौटीमा रिहा


६ असोज, काठमाण्डौ । घुस लिंदादिंदै पक्राउ परेका एमाले सभासद् डोलबहादुर कार्की बिशेष अदालतको आदेशमा ५ लाख धरौटीमा रिहा भएका छन् । मंगलबार भएको सुनुवाईमा उनलाई धरौटीमा छाड्न बिशेष अदालतको इजालासले आदेश दिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीलाई साढे चार बर्ष कैदै र ५ लाख बिगो भराउन माग गर्दै मुद्दा दायर गरेको थियो । रिहा भएपछि कार्कीले आफुलाई षडयन्त्रमुलक ढंगले फसाइएको दावी गरे । पढ्नेक्रम जारी राख्नुहोस्

भारत नेपालले गरेको प्रगति हेर्न चाहँदैन -अमिक शेरचन, स्थायी समिति सदस्य -एकीकृत नेकपा माओवादी


amik-serchanसात-सात पटकको निर्वाचनबाट पनि मुलुकले प्रधानमन्त्री पाउन सकेन, अब कसरी अगाडि बढ्नुहुन्छ ?

नेपाललाई स्वाधीन राष्ट्र बनाउने हो, विदेशी हस्तक्षेपबाट मुक्त गराउने हो, समृद्धशाली नेपाल बनाउने लक्ष्य राख्ने हो भने त्यसलाई कार्यान्वयन गर्न सहमतिको विकल्प छेन । नेपाल दुईतिर रहेका ठूला राष्ट्रहरुबीचको भूमपरिवेष्ठित मुलुक हो । यस्तो अवस्थामा हामीले नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न जरुरी छ । पढ्नेक्रम जारी राख्नुहोस्

के तपाईसँग यसको उत्तर छ ?


questionविगत दश वर्षका क्रममा कुन प्रश्न होला जुन मानिसहरुले बढी सोधेका थिए तर जवाफ अहिलेसम्म प्राप्त हुन सकेको छैन । Ask Jeeves वेभसाइटले यस्तै दश प्रश्नको सूची सार्वजनिक गरेको छ ।

Ask Jeeves ले विभिन्न व्यक्तिले सोध्ने प्रश्नको उत्तर दिने गर्दछ । पढ्नेक्रम जारी राख्नुहोस्