किसुनजीले खाना खान छाडे, प्राकृतिक उपचार गर्न भक्तपुरको चित्तपोलमा


मकर श्रेष्ठ, चित्तपोल (भक्तपुर)

आश्विन ४ -कांग्रेस संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले तीन दिनदेखि खाना खान छाडेका छन् । कांग्रेस महाधिवेशन सुरु भएकै दिनदेखि उनले खाना खान छाडेका हुन् । जुन दिनदेखि महाधिवेशन सुरु भो त्यो दिनदेखि खाना खानु भएको छैन, किसुनजीकी सहयोगी अमिता कपालीले कान्तिपुरसित भनिन्, जुस र दूध पनि बढीमा ८० एमएलसम्म मात्रै खानु भएको छ, त्यही पनि खान गाह्रो मान्नुहुन्छ ।

महाधिवेशनको निम्तो कार्यालय सहयोगी (पियन) मार्फत पठाएर पार्टीले अपहेलना गरेको भन्दै उनी असन्तुष्ट रहेको कपालीले बताइन् । त्यसैले भट्टराईले सहभागी नहुने भन्दै पार्टीलाई पत्र पठाएर नक्कली कांग्रेसको संज्ञा दिएका थिए । फटाहाले देशका जनतालाई फसाए, भट्टराईको भनाइ उद्धृत गर्दै कपालीले भनिन्, देशलाई निकास पनि दिएनन्, नेताले देश डुबाए । कांग्रेस नेताहरू संस्थापक नेताको स्वास्थ्यभन्दा महाधिवेशनको पदमा लुछाचुडीमा लागेको कपालीले आरोप लगाइन् । 

भट्टराईले आफ्नो शरीरको भन्दा पनि देशको चिन्ता गर्ने गरेको उनले बताइन् । चिन्ताले विगतभन्दा आजभोलि कम बोल्ने गरेको उनले बताइन् । बिहान पत्रपत्रिका पढेपछि अँध्यारो अनुहार लगाएर बस्नुहुन्छ, बोल्दा पनि बोल्नुहुन्न, उनले भनिन् ‘आत्मबल घटेको छ, कमजोर अनुभव गर्नुहुन्छ ।’ भट्टराईलाई शौचालय लैजान पनि दुई जना चाहिने गरेको उनले बताइन् । भुइँमा खुट्टा टेक्न पनि सक्नु हुन्न, सातायता स्वास्थ्य कमजोर भएको छ, देशको चिन्ताले गल्दै जानुभएको छ, उनले भनिन् ।

स्वास्थ्यमा समस्या देखा परेपछि प्राकृतिक उपचारका लागि भक्तपुरको चित्तपोलस्थित अग्लो शिवको मूर्ति आसपास हिलटेक हेल्थ एन्ड होम्सको प्राकृतिक उपचार केन्द्रमा भर्ना गरिएको छ । उनलाई १० दिनसम्म खुट्टाको उपचार गर्न यहाँ ल्याइएको हो । उनलाई आइतबार दिउँसो केन्द्रमा उपचार गराउन कपालीले पुर्‍याएकी हुन् ।

१० दिनसम्म उपचारका लागि प्राकृतिक उपचार केन्द्रमा लगिएको केही छिनपछि मलाई यहाँ किन ल्याएको भन्दै घर लैजान भट्टराईले दबाब दिएका थिए । मेरो अनुमतिबिना किन यहाँ ल्याएको ? छिटो घर जाउ, भट्टराई सहयोगी कपालीलाई प्रतिप्रश्न गरेपछि कपालीले खुट्टाको प्राकृतिक उपचारका लागि ल्याएको भनेर सम्झाएर राखेकी छिन् । नयाँ ठाउँ र कोठामा लगेपछि घरमा जाने भन्दै जिद्दी गर्ने गरेको कपालीले बताइन् ।

उपचार केन्द्रका डा. बृजभूषण सिंहले भट्टराईको स्वास्थ्य अवस्था कमजोर भएको बताए । दैनिक ६ देखि ८ पटक कम्ती-कम्ती खाना खाए उपचारमा खुट्टाको उपचारमा सहयोग पुग्ने उनले बताए । भट्टराईलाई मसाज गर्ने, चिसो तातो बाथ लिने, आस्था विधिबाट उपचार गरिने सिंहले बताए । उहाँले खाना खानुभयो भने उपचार गर्न हामीलाई सहयोग पुग्थ्यो, उनले भने, १० दिनको उपचारपछि खुट्टा टेक्न सक्ने अवस्थासम्म हुनसक्छ । भट्टराईलाई केन्द्रमै तयार गरेको खाना खुवाइनेछ । आइतबार रातिसम्म पनि खाना नखाए अन्य अस्पतालमा रिफर गरिने उनले बताए ।

Posted by: Jay Ale                                                                  Source: Kantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.