Daily Archives: 21/09/2010

पुतलीको लागि मेरो प्रेम पत्र !!


अजय घिमिरे, अल-जहारा, कुवैत

व्यक्तिलाई लेख्नको लागि खासै केहि बिषयको जरुरत हुँदो रहेनछ । हिजोसम्म पनि कलम उठाउन नखोज्ने यि हातहरु आज लेख्नको लागि लालईत छन् । यधपि के लेख्ने भन्ने अझै यकिन भईसकेको छैन अर्थात भनौ म कुनै लेखक हैन जो कुनै पनि बिषयमा लेख्न सक्छ । तर पनि यि हातहरुले लेख्ने अठोट गरिसके, जसको बिरुद्व म जान सक्दिन । साधरणतया मानिसहरु प्रेम, बिछोड, युद्व, प्रकृति, सुन्दरता, विबशता, धर्म, सँस्कृति जस्ता बिषयमा लेख्छन् । तर म के बिषयमा लेखुँ भन्ने’bout सोच्न सकेको छैन । तै पनि लेख्दैछु थाहा छैन लेखाई कतातिर मोडिन्छ भनेर । पढ्नेक्रम जारी राख्नुहोस्

किसुनजीले खाना खान छाडे, प्राकृतिक उपचार गर्न भक्तपुरको चित्तपोलमा


मकर श्रेष्ठ, चित्तपोल (भक्तपुर)

आश्विन ४ -कांग्रेस संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले तीन दिनदेखि खाना खान छाडेका छन् । कांग्रेस महाधिवेशन सुरु भएकै दिनदेखि उनले खाना खान छाडेका हुन् । जुन दिनदेखि महाधिवेशन सुरु भो त्यो दिनदेखि खाना खानु भएको छैन, किसुनजीकी सहयोगी अमिता कपालीले कान्तिपुरसित भनिन्, जुस र दूध पनि बढीमा ८० एमएलसम्म मात्रै खानु भएको छ, त्यही पनि खान गाह्रो मान्नुहुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

मनको दियो !!


सपना क्षेत्री, कुवेत

सबै भन्छन दु:ख पछि सुख आउँछ रे
यस्तै सम्झि मनको दियो जलाउने गरे
किन मलाई लाग्न थाल्यो यो जीबन भारी
एक्लै बसी बर्बराउँछु त्यसै पागल सरी !

आजभोली किन किन निंद्रा छैन रातमा
आधा रातमा झस्कि रहन्छु बाबु-आमाको यादमा
थाकिसकेका यि आँखाले सपना देख्न छाड्दैनन्
जिउँदो लाशजस्तो जीबनको त्यहि पनि आशा मर्दैनन् ! पढ्नेक्रम जारी राख्नुहोस्

फेसबुकमा पनि ‘तटस्थता’ को सुविधा


काठमाडौँ, असोज ५ (नागरिक)- सामाजिक सञ्जालको लोकप्रिय साइट फेसबुकमा कसैले तपाईँलाई साथी बन्न निम्तो दिँदा त्यसलाई स्वीकार गर्ने कि नगर्ने दोधारमा हुनुहुन्छ? त्यसो हो भने तपाईँको समस्या अब समाधान हुनेछ। फेसबुकले अब तटस्थ बस्न अर्थात् ‘अहिले हैन पछि सोचौँला’ को विकल्प पनि दिएको छ।

पढ्नेक्रम जारी राख्नुहोस्

काँग्रेस नयाँ नेतृत्वका लागि मतदान हुँदै


काठमाडौ, आश्विन ५ – नेपाली काँग्रेस महाधिवेशनको आज (मंगलबार) पाँचौ दिन नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतदान भइरहेको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान व्यवस्थापकीय तयारीमा भएको ढिलाईका कारण १० बजेबाट मात्र सुरु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सहरमा फैलिँदो छ डेंगु


विगतका वर्षमा फाट्टफुट्ट देखिने गरेको डेंगु यस वर्ष प्रकोपकै रूपमा फैलिएको छ । लामखुट्टेको टोकाइबाट लाग्ने यस रोगका कारण हालसम्म देशका विभिन्न स्थानमा ६ जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने हजारभन्दा बढीमा संक्रमण देखिएको चिकित्सकले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्