Daily Archives: 20/09/2010

घरेलु कामदारहरुको व्यवस्थापन सम्बन्धमा नेपाली राजदूतावास कुवेतले कुवेत सरकारको सम्बन्धित निकायमा अनुरोध गरेको जनाउदै जारी गरेको “प्रेस बिज्ञप्ती”


Posted by: Jay Ale

जहाँ मन, त्यहाँ घर !


संसारका सबैभन्दा जीवित अग्ला व्यक्ति चीनको भित्री मंगोलियाका बाओ जिसुनलाई जिन्दगीमा एक पटक बिहे गरेर मर्ने रहर थियो । ५६ वर्षको उमेर भइसक्दा पनि बिहे गर्न उनको उचाईले रोकिरहेको थियो । अन्ततः उनले दुलही फेला पारेका छन् र उनले आफूभन्दा लगभग आधा उमेर र आधा आकारकी जहान फेला पारेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपति यादवको अभिव्यक्तिप्रति सभासदहरू असन्तुष्टि


काठमाडौं, आश्विन ४ -राष्ट्रपति रामवरण यादवको आफूहरूप्रति लक्षित अभिव्यक्तिप्रति सभासदहरूले असन्तुष्टि जनाएका छन् । राष्ट्रपति यादवले शनिबार बराहक्षेत्र भ्रमण क्रममा ‘सभासदलाई भगवान्ले सद्बुद्धि दिऊन्’ भनेका थिए । सभासद’bout त्यस्तो भन्ने बेला नभएको र संवैधानिक राष्ट्रपतिले राजनीतिक टिप्पणी गर्न नसुहाउने उल्लेख गर्दै चित्त दुःखाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

वैदेशिक रोजगारीमा सरकारको दायित्व


– मोहन गुरुङ
जनसंख्याको वृद्धिमा परेको चापसँगै नेपालमा बर्सेनि करिब ४ लाखको दरले श्रमबजारमा बेरोजगारको संख्या थपिने गरेको छ । यसको तुलतनामा नेपालमा पर्याप्त उत्पादनशील तथा आयमूलक रोजगारीका अवसरको सिर्जना हुन सकेको छैन । विकासका राम्रा सम्भावनाहरू हुँदाहुँदै पनि मुलुकको आर्थिक–सामाजिक विकासको गति मन्द हुँदा लाखौं युवा जनशक्ति बर्सेनि रोजगारीका लागि बिदेसिने गरेका छन् । त्यसबाट मुलुकको रोजगार बजार अपेक्षितरुपमा विस्तार हुन सकेको छैन । तुलनात्मक श्रम लागतको सिद्धान्तअनुसार विकसित मुलुकहरूमा विकासोन्मुख तथा कम विकसित मुलुकहरूबाट वैदेशिक रोजगारी जाने प्रवृत्ति छ । यो प्रवृत्ति नेपालमा पनि बढ्दै गएको छ । सरकारले जसरी स्वदेशमा रोजगारीको सिर्जना गर्न सकिरहेको छैन, त्यसैगरी वैदेशिक रोजगारीलाई प्रवद्र्धन गर्न पनि केही ध्यान दिएको छैन । पढ्नेक्रम जारी राख्नुहोस्