Daily Archives: 19/09/2010

नेपाली चेलीको उज्यालो अभियान


– लक्ष्मी खतिवडा

अमेरिका, अधिकांशको सपनाको संसार, त्यसैले होला, आफ्नै देशलाई बिर्सिएर उतै पलायन हुने युवा जमातको कमी छैन यहाँ तर काठमाडौँ कुलेश्वरकी दृष्टि श्रेष्ठ अमेरिकामा रहेर पनि नेपाल र नेपालीको लागि केही गर्ने ठूलो सपना देख्छिन् । यति सानो उमेरमा उनले गरेको काम अपत्यारिलो सत्य जस्तै लाग्छ तर दृष्टिको एक्लो प्रयासमा दुई गाउँमा झलमल्ल बिजुली बलेको छ । अमेरिकाको मिडलवरी कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययन रत उनी मनोविज्ञान र अर्थशास्त्रकी छात्रा हुन् । अध्ययनको क्रममा उनी अमेरिका रहे पनि उनको दृष्टि भने सधैँ नेपालमा मात्र परिरहृयो । त्यसो त उनले गरेका कामहरू सबै नेपालीका लागि गर्वको विषय बनेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेसमा ६४ पदमा ३६१ उम्मेदवार


काठमाडौं, कांग्रेस महाधिवेशन प्रतिनिधिले ६४ स्थानका लागि शनिबार उम्मेदवारी दर्ता गराएका छन् । सभापति, महामन्त्री, कोषाध्यक्ष र केन्द्रीय सदस्यका लागि तीन सय ६१ जनाले मनोनयन दर्ता गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

नीतिभन्दा नेता छान्न हतार


 काठमाडौ, आश्विन ३ – पाँच दिने महाधिवेशन उद्घाटनको दोस्रै दिन नीति तथा कार्यक्रमसहित गम्भीर राजनीतिक विषयका प्रस्तावमा छलफल छाडी नेता छान्ने प्रक्रियामा कांग्रेस केन्दि्रत भएको छ । यसले पार्टीको सैद्धान्तिक र राजनीतिक पक्ष ओझेलमा परेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

पर्वतारोहीसँग १५ लाख उठाएर वनमन्त्री अमेरिका


अमेरिकामै विरोधको तयारी-
नवीन अर्याल, काठमाडौं, असोज ३- संयुक्त राष्ट्रसंघको ६५औं महासभाको सिलसिलामा आयोजित मार्चपासमा सहभागी गराउन न्युयोर्क लैजाने आश्वासन दिँदै नेपाली पर्वतारोहीसँग १५ लाख रुपैयाँ उठाएर वनमन्त्री दीपक बोहरा सुटुक्क एक्लै अमेरिका पुगेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

तेस्रो एकदिवसीय पनि फिक्सिङ १


 बुकीलाई प्रत्येक १०-१० ओभरको खेल समाप्तिपछि पाकिस्तानी ब्याट्सम्यानले कति रन बनाउँछन् भन्ने जानकारी

 
लन्डन/ पाकिस्तान र इंग्ल्यान्डबीचको शनिबार सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता पनि ‘स्पट फिक्सिङ’ भएको द सनले दाबी गरेको छ । लड्स टेस्टको स्पट फिक्सिङ काण्डबाट बाहिर आउन नसकिरहेको पाकिस्तानी टोलीमाथि बि्रटिस मिडियाले अर्को फिक्सिङको आरोप लगाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पुरुषको रोजाईमा प्रेमिका सेक्सी, पत्नी सुन्दर


कान्तिपुर संवाददाता, काठमाडौ

आश्विन २, महिलाका सुन्दर अनुहार र उपयुक्त फिगरमा पुरुषहरू भुतुक्क हुन्छन् । तर प्रेमिका र पत्नी छान्ने सन्दर्भमा पुरुषको रुचि बेग्लाबेग्लै हुन्छ । ‘इभोल्युसन एन्ड ह्युमन बिहेभियर’ जर्नलमा छापिएको प्रतिवेदनमा अनुसन्धानकर्ताहरूले के भनेका छन् भने पुरुष कुनै युवतीसँग डेटिङ गर्दा उसको अनुहारको सुन्दरता नभई शरीरको बनावटलाई महत्त्व दिन्छन् । उनहिरू पर्फेक्ट फिगर भएका केटीसँग डेटिङ गर्न रुचाउँछन् । पढ्नेक्रम जारी राख्नुहोस्