पुथ्वी राजमार्गमा पहिरो/हजार भन्दा बढी सवारी अलपत्र


दीपेन्द्र बडुवाल,

भरतपुर, आश्विन १ – चितवन अन्तर्गत पृथ्वी राजमार्गको मुग्लिन-मलेखु खण्डको दारेचोक गाबिस ९ स्थित फिसलिङमा शुक्रबार बिहान गएको ठूलो पहिरो हटाउन मुश्किल परेको छ । ठूला ढुंगा झरेकाले साना डोजरले काम गर्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय मुग्लिनले पहिरो हटाउन ठूलो डोजर माग गरिएको जनाएको छ । धादिङको गजुरी, मुग्लिन र सिमलतालको डोजरको प्रयास खेर गएको छ । डोजरले ढुंगा हटाउन नसके विष्फोट गराउनु पर्ने प्रहरीले जनाएको छ । पहिरोले बिहानै देखि राजधानी तर्फ जाने र फर्किने १ हजार भन्दा सवारी साधन अलपत्र परेका छन् । एक साता यता लगातार परिरहेको पानीका कारण पहिरो झरेको प्रहरीले जनाएको छ ।

महाधिबेशनका लागि राजधानी जाँदै गरेका काँग्रेस कार्यकर्ता सवार दर्जनौं सवारी पनि जाममा परेका छन् । पहिरो हटाउन समय लाग्ने मुग्लिन प्रहरीले बताएको छ ।

Posted by: Thapa/Bikram Mr                         Source: ekantipur

One response to “पुथ्वी राजमार्गमा पहिरो/हजार भन्दा बढी सवारी अलपत्र

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.