अब जीपीएस ट्र्याकर


सरस्वती ढकाल
अपराध, दुर्घटना तथा अपहरणको यकिन अवस्थिति पत्ता लगाउने ‘जीपीएस ट्र्याकर’ अब नेपालमा आधिकारिकरुपमै बिक्री हुने भएको छ । वैशाखदेखि नेपाल प्रहरीले अपराध अनुसन्धानमा परीक्षणको रुपमा प्रयोग गर्दै आएको यो प्रविधि शनिबारदेखि सञ्चालन हुने मोबाइल मेलाबाट सर्वसाधारणले पनि प्रयोग गर्न सक्नेछन् । अपराध अनुसन्धान तथा व्यक्तिगत सुरक्षाका लागि यो प्रविधि उचित हुने महानगरीय प्रहरी अपराध महाशाखाका वरिष्ठ उपरीक्षक रणबहादुर चन्दले बताए । “यसले हामीलाई अपराध, चोरी, दुर्घटना, अपहरण’bout जानकारी लिन सहज बनाउनेछ,” चन्दले भने । 
मेलामा व्यक्तिगत र सवारी साधनका लागि गरी दुई किसिमका जीपीएस ट्र्याकर बिक्री गरिने भएका छन् । यसले व्यक्तिगत अपराध तथा अपहरण र लुटपाटजस्ता घटना भए पहिल्यै भण्डार गरिएका कुनै तीन नम्बरमा सन्देश पठाउँछ । अपहरण वा दुर्घटनामा परेमा सम्बन्धित व्यक्तिका आफन्तले इन्टरनेटमा गुगलम्यापको सहायताबाट स्थान पत्ता लगाउन सक्नेछन् ।
सवारी साधनमा प्रयोग गरिने ट्र्याकरले तोकिएको अधिकतम सीमा नाघेपछि जानकारी गराउने मोबाइल एसोसिएसन अफ नेपाल (म्यान)का अध्यक्ष अम्बिकाप्रसाद ढकालले बताए ।
ट्र्याकर बक्समा तीनवटा मोबाइल नम्बर भण्डार गरेपछि अपहरण, लुटपाटमा पर्ने संकेत देखिनासाथ एकैपटकमा ती सबैमा सन्देश पठाउन सकिन्छ । यसमा नेपाल टेलिकम र स्पाइस नेपालका सिमकार्ड प्रयोग गर्न सकिन्छ ।
यसलाई सिमकार्डबिना पनि प्रयोग गर्न सकिने म्यानले जनाएको छ । यस्तो ट्र्याकरले गुगलम्यापमा लोकेट (दिशानिर्देश) मात्र गर्छ । सिमकार्ड राखिएको बक्सले एउटा ‘कि’ थिच्दा एकैपटक तीनवटा मोबाइलमा सन्देश पठाउँछ । इन्टरनेटको पहँुच पुगेको स्थानमा प्रयोगकर्ताले सजिलै गुगलम्याप सर्च गर्न सक्नेछन् ।
यो प्रविधि व्यापारी, उद्योगपति तथा अनुसन्धानमा संलग्नहरूलाई उपयुक्त हुनेछ म्यानले जनाएको छ ।  बढ्दै गएका दुर्घटना र हत्या, अपराधबाट बच्न जीपीएस ट्र्याकरको प्रयोग मुलुककै लागि पनि आवश्यक भएको उपरीक्षक चन्दले बताए ।
यसअघि नेपालमा जीपीएस ट्र्याकरले वैधानिकता पाएको थिएन । सुरक्षाका हिसाबले उचित मानिएकाले बिक्रीका लागि अनुमति दिइएको नेपाल दूरसञ्चार प्राधिकरणले बताएको छ ।
Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.