Daily Archives: 16/09/2010

कपिलबस्तु दिवस अभियानमा आनी सल्लाहकार र डा. मधु माधुर्य यूरोप संयोजक


रामकुमार श्रेष्ठ, यु.के.

KDM LOGO.JPGमे ११, २०१० मा पछि दुई जना थपी २१ जना पुर्याउने गरी सार्वजनिक गरिएको कपिलवस्तु दिवस अभियानको १९ जनाको विस्व कार्य समितिलाई डा. मधुकृष्ण श्रेष्ठ (मधु माधुर्य) र निलकण्ठ तिवारी थपी पूर्णता दिइएको छ । यूरोपको संयोजकको जिम्मा दिइएको डा. मधुकृष्ण श्रेष्ठ NRNA रसियाका महासचिब, साहित्य महासंघका केन्द्रिय अध्यक्ष, फ्रीनेपालका प्रधान संपादक पनि हुनुहुन्छ भने गत बर्षको अस्वीकृत पुरस्कारका बिजेता पनि हुनुहुन्छ । त्यसरी नै नेपाल संयोजकको रुपमा थपिनु भएको निलकण्ठ तिवारी ऐक्यबद्धता प्रकाशनका अध्यक्ष हुनुहुन्छ ।  पढ्नेक्रम जारी राख्नुहोस्

कन्भर्स जुत्तामा हिन्दु देव देवी


– अनिश भट्टराई, धरान

कन्भर्सले आफ्नो कम्पनीको लोकप्रिय उत्पादनमा आफ्नो जमानाका महान गायक तथा गिटारिष्ट जिमी हेन्ड्रीक्स लाई भगवान विष्णुको स्वरुपमा  चित्राङ्कित गरेको छ । उक्त कम्पनीले Chuck Taylor All Star भन्ने नाम दिएको कलेक्सनमा  All Star Jimi Hendrix श्रृखलामा उत्पादित जुत्ताहरुमा चलन चल्तीको भगवान बिष्णुको चित्र सँग मिल्ने गरी हेन्ड्रीक्स लाई धेरैवटा टाउको र हात भएको (भगवान रुपमा) देखाईएको छ । त्यसै गरी उक्त उत्पादनको  अर्को पटी लक्ष्मी, दुर्गा लगायतका देवीहरुको चित्र रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मृतकको परिवारलाई मलेसियाबाट २,२२,३१० रुपैया सहयोग


योगेन्द्र जोगी, क्वालालम्पुर मलेसिया

निलाई बैदेशिक रोजगारीको सिलसिलामा आज भन्दा ३ वर्ष अगाडी मलेसिया प्रबेश गरेका जंग बहादुर थापा मगरको आज भन्दा १ महिना अगाडी अचानक मृत्यु भएको थियो । मलेसियाको निलाई शहरस्थित नेगरी सेम्बिलानमा पर्ने युनाईटेड मोर कम्पनीमा उनी कार्यरत थिए । दिनभरि काम गरी बेलुकाको ७ बजे काम सकी उनी कोठामा गई नुहाई, धुवाई गरेर नेपाली क्यान्टिनमा गई खाना खाएर रातको करिव ११ बजे सम्म टि.भी हेरेर सुतेका जंग बहादुर थापा मगरको सुतेकै अवस्थामा मृत्यु भएको थियो ।  पढ्नेक्रम जारी राख्नुहोस्

काँग्रेसलाई सबैभन्दा ठूलो र शक्तिशाली पार्टी बनाउँछुः देउवा


‘मेरै नेतृत्वमा शान्ति स्थापना र संविधान निर्माण’-
काठमाडौं, भदौ ३१ (नागरिक)- नेपाली काँग्रेसको आसन्न महाधिवेशनका सभापति उम्मेदवार शेरबहादुर देउवाले आफ्नो नेतृत्वको काँग्रेसलाई नेपालको सबैभन्दा ठूलो र शक्तिशाली राजनीतिक पार्टी बनाएरै छोड्ने प्रतिवद्धता व्यक्त गरेका छन्। आफूलाई सभापतिमा निर्वाचित गराउन महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गर्दै बिहीबार आयोजित महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरूको चियापान तथा प्रतिवद्धता घोषणा कार्यक्रममा देउवाले भने ‘ काँग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएरै छोडछु।’ पढ्नेक्रम जारी राख्नुहोस्

ब्युटीपार्लर खोलिन् सुनिताले


 नायिका सुनिताले जावलाखेलमा ५० लाखको ब्युटीपार्लर खोलेकी छिन्

काठमाडौं/ अभिनेत्री तथा मोडल सुनिता गन्धर्व ब्युटीपार्लर व्यवसायमा लागेकी छिन् । यतीको खोजी र चिनो फिल्ममा नायिका बनेकी उनले हालै ललितपुरको जाउलाखेलमा ब्युटी स्पा नामक ब्युटीपार्लर खोलेकी छिन् । सौन्दर्यप्रतिको आफ्नो लगाबका कारण ‘व्यवसाय’ गर्नका लागि ब्युटीपार्लर खोलेको बताउँछिन् उनी । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा हराएकी नेपाली महिलाको खोजी सम्बन्धमा नेपाली दूतावास कुवेतको अत्यन्त जरुरी सूचना !!


Posted by: Jay Ale