Daily Archives: 15/09/2010

साइबर संसारका सञ्चालक दाजुभाइ पक्राउ


काठमाडौं, भाद्र ३० – फिल्म डाउनलोड गरी अवैद्य कारोबार गरेको आरोपमा प्रहरीले साइबरसंसार डटकमका सञ्चालकद्वय अभिनव कसजु र दिपङ्कर कसजुलाई पक्राउ गरेको छ । टेकुस्थित साइबरसंसारको कार्यालयमा साँझ सवा ६ बजे छापा मारेर सञ्चालकद्वयलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रबक्ता केदार ढकालले जानकारी दिए । उनीहरुले प्रतिलिपी अधिकारको दुरुपयोग गरी फिल्मको अवैद्य व्यापार गरेको सुराकीको आधारमा पक्राउ गरिएको उनले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

Nepali Maid hangs self


A Nepali housemaid is said to have ended her life by hanging herself with a rope inside the compound wall of her sponsor’s home in Al-Zahr, reports Al-Watan Arabic daily. According to security sources the maid tied one end of the rope to a swing and the other to her neck. The corpse of the maid has been referred to Forensics. Police are investigating the death.

Source: Arab Times, dated 15.09.2010

Posted by: Jay Ale

इतिहास र परम्परा तोड्दै NRNA द्वारा आयोजित सांस्कृतिक कार्यक्रम सम्पन्न


NRNA, साउदी अरब

नेपाली महिलाहरूको महान चाड तिज तथा इस्लामिक धर्मावलम्बीहरूको पावन पर्ब इदको अवसरमा NRNA साउदी अरबद्वारा आयोजित सुमधुर सांस्कृतिक कार्यक्रमको रियादमा १ शो, दमाममा २ शोहरू तथा NRNA र नेपाली क्लब बहराइनद्वारा संयुक्त रूपमा आयोजित बहराइनमा १ शो गरी कुल ४ वटै शोहरू भब्यताका साथ सुसम्पन्न भएका छन । नेपालबाट आमन्त्रित गरिनुभएका कलाकारहरू झरना थापा, राजु परियार, अञ्जना गुरूंग, ज्योति मगर, योगिता मोक्तान तथा बैकुण्ठ महत आज बिहान बहराइनबाट काठमाडौं फर्किसक्नुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सवै नेपालीलाई ‘राष्ट्रिय परिचयपत्र’


केदार ओझा, काठमाडौं

भाद्र ३० -गृह मन्त्रालयले सबै नेपाली नागरिकलाई विशेष अंक उल्लेखित बहुउद्देश्यीय ‘राष्ट्रिय परिचयपत्र’ जारी गर्ने भएको छ । मतदाता परिचयपत्रसमेत मानिने यो परिचयपत्रले हरेक नेपालीले वयस्क भएपछि पाउने नागरिकता प्रमाणपत्रलाई विस्थापित गर्ने सरकारी अधिकारीले बताएका छन् ।

विकसित देशले नागरिकको सुरक्षा र सेवाका लागि ‘सामाजिक सुरक्षा कार्ड’ वितरण गरेझैं सरकारले नेपाली नागरिकलाई यो विद्युतीय कार्ड उपलब्ध गराउन लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

मेरो सौन्दर्यको रहस्य खाना कम, पानी बढी: हेमा मालिनी


सन् ७० की दशककी भारतकी लोकपि्रय नायिका हेमा मालिनी सदाबहार सुन्दरी हुन् । अझ पनि उनलाई सपनामा देख्नेको कमी छैन । लाखौँलाख प्रशंसककी डि्रम गर्ल हेमाको सुन्दरताको रहस्य योग, नृत्य, व्यायाम र अनुशासित खानपान हो ।

तपाईं अहिले पनि डि्रम गर्ल हो ?

यो मेरो नामसँग जोडियो । फिल्ममा प्रचारका लागि मलाई यस नामबाट इन्ट्रोड्युस गरिएको थियो । तर, म धेरै मानिसका साँच्चिकै डि्रम गर्ल बनेछु । पढ्नेक्रम जारी राख्नुहोस्

बेलायती नागरिकता लिने भीड


२ हजार नेपालीले बेलायती नागरिकता पाउने-
पूर्ण बस्नेत, हङकङ, भदौ ३०- तीन महिनायता स्थगित नागरिकता प्रक्रिया पुनः खुलेपछि हङकङस्थित बेलायती वाणिज्य दूतावासमा नेपालीको भीड लागेको छ। दूतावासमा तीन महिनायता करिब साढे ५ सय नागरिकताका आवेदन अलपत्र थिए।
प्रक्रियामा रहेका करिब २ हजार नेपालीले २१ भदौबाट लागु नयाँ व्यवस्थाअनुसार बेलायती नागरिकता पाउने भएपछि दूतावासमा भीड बढेको हो।
पढ्नेक्रम जारी राख्नुहोस्