Daily Archives: 14/09/2010

हार्दिक बधाई तथा शुभकामना !!


NRNA NCC कुवेतका कार्यसमिति सदस्य श्री उत्सव गिरी र श्रीमती अम्बिका गिरीज्यूको प्रथम सन्तान स्वरुप हिजो १३ सेप्टेम्बर २०१० का दिन पुत्री लाभ हुन गएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं । साथै नावालिका छोरीको सु-स्वास्थ्य, दिर्धायु एवं उज्वल भविष्यको कामना गर्दछौं ।

काका/काकी
धर्मराज गिरी/शिला गिरी
साथै, MESC कुवेत एवं कुवेतनेपाल डटकम

नेपाली किशोरीमाथि अमेरिकामा शोषण


अमेरिकामा नेपाली किशोरी शान्ति गुरुङमाथि चरम श्रमशोषण गर्ने भारतीय वरिष्ठ अधिकारीलाई बचाउन भारतको परराष्ट्र मन्त्रालय लागिपरेको छ । तर, अन्तर्राष्ट्रिय मिडियामा भयानक विषय बन्दा पनि नेपाल सरकार भने शान्तिमाथि भएको ज्यादती’bout मौन छ ।

सन् २००६ को मार्चमा १७ वर्षकी थिइन् शान्ति । पढ्नेक्रम जारी राख्नुहोस्

एमआरपीका लागि प्रतितपत्र खोल्न रकम अभाव


काठमाडौं, मेसिन रिडेवल पासपोर्ट (एमआरपी) का लागि प्रतितपत्र खोल्न प्रयाप्त बजेट नहुँदा परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई गुहारेको छ। परराष्ट्रको अनुरोधमा अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई केही रकम बुझाएर प्रतितपत्र खोल्न अनुरोध गर्दै पत्राचार गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नायिका रञ्जना अमेरिकामा बेपत्ता !


आर्थिक सङ्कटबाट उम्किन अमेरिका जाने नेपाली कलाकारको सूची लामै छ । कोही वैध रूपले त कोही गैर कानुनी रूपमा अमेरिका बस्दै आएका छन् । नेपालमै रहेका कतिपय कलाकार पनि अमेरिका जाने दाउमा छन् । कोही सांस्कृतिक कार्यक्रमको नाममा त कोही भेटघाटको नाममा अमेरिका पुगिरहेका छन् । उता पुगेपछि नेपाललाई बिर्सने कलाकारको कमी छैन ।

असारको अन्तिम साता सांस्कृतिक कार्यक्रमका लागि अमेरिका पुगेकी नायिका रञ्जना शर्माको नेपाल र्फकने कुनै छाँट छैन । पढ्नेक्रम जारी राख्नुहोस्

९५ वटा विदेशी च्यानललाई नेपालमा प्रसारण अनुमति


काठमाडौँ । डिस्कभरी, बिबिसी, स्टार, म्याक्स, कलर्स, स्टारप्लसलगायतका ९५ वटा विदेशी  च्यानललाई नेपालभित्र कार्यक्रम डाउनलिङ्क गरी प्रसारण गर्न अनुमति दिएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । त्यसैगरी मन्त्रालयका अनुसार नौ वटा प्रसारण संस्थालाई डिटिएचको अनुमति पत्र जारी गरिएको छ । जसमध्ये हालसम्म सातवटा प्रसारण संस्थाको अनुमतिपत्र नवीकरणका लागि निवेदन प्राप्त भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सुशील दाईले उपसभापति दिन्छु भन्नुभएको छ: सुजाता


२९ भाद्र, काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले कार्यवाहक सभापति सुशील कोइरालाले आफूलाई पार्टीको उपसभापति बनाइदिने आश्वासन दिएको खुलासा गर्नुभएको छ । उपसभापति बनाइदिने पार्टी नेतृत्वको आश्वासनले नै आफूले १२ औं महाधिवेसनमा महामन्त्री पदमा उम्मेदवारी नदिएको उहाँले बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्