Daily Archives: 13/09/2010

खुल्ला भलिवल प्रतियोगितामा बाग्लुङ्ग सामाजिक सेवा समाज कतार विजयी


बुधबल गुरुङ, दोहा कतार

सेप्टेम्बर १३, ईस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल फित्ररको अवसरमा तमू बौद्ध सेवा समिति कतारको संरक्षकत्वमा स्थापित तमू खेलकुद समितिद्वारा आयोजित खुल्ला भलिवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा क्रमशः बाग्लुङ्ग सामाजिक सेवा समाज प्रथम, पाल्पाली सेवा समाज द्वितिय र युडीसी म्याग्दी तृत्तिय भएका थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि भने युडीसी म्याग्दीका किसान मल्लले प्राप्त गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कोरियामा नेपालीहरुले महान चाड तिज मनाए


माजु थापा, दक्षिण कोरिया

सउल छोडगाकमा महिलाहरुको विशेष चाड तिज धुमधामका साथ आज मनाए । कोरियामा बसोबास गर्दै आइरहेका प्रवासी श्रमिक महिला प्रवासी मजदुर कोरियामा अन्तराष्ट्रिय विवाह गरेर आएका हाम्रा चेलीवेटीहरु र विभिन्न पेशासंग आवद्ध नेपालीहरुले हिन्दुहरुको महान पर्व तिज नाचगान गरेर मनाए । पढ्नेक्रम जारी राख्नुहोस्

लाङ्घाली मगर संघ साउदी अरेबीयाको आयोजनामा भलिबल खेल सम्पन्न


रुद्र सारु मगर
लाङ्घाली मगर संघ, साउदी अरब

मुस्लिम समुदाएको महान चाड रमादान बिदा र नेपाली महिलाहरुको महान चाड तिजको अवसरपारी लाङ्घाली मगर संघ खेलकुद समिति साउदी अरबियाले दमाम डल्ला सनहईया स्थित डिस्को क्याममा खुल्ला भलिबल प्रतियोगिता सम्मन्न गरेको छ । सो खेलको प्रथम बिजेता तामिमी जिसिसिले हात पारेको छ । त्यसैगरि खेलको दाबेदार टिमहरु लाङ्घाली र जुबेल गण्डकीले भने दित्तिय र तृतिय स्थानमा चित्त बुझानु परेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

नयाँ नेपाली राजनैतिक शव्दकोष


राम कुमार श्रेष्ठ, यु. के.

(कबी मधु माधुर्यले देशको राजनीतिक अस्तब्यस्तता र सदाबहार गाइजात्राका कारण दिक्क भएर “नयाँ नेपाली राजनैतिक शव्दकोष” को थालनी गर्नु भएको छ सामाजिक सन्जाल फेसबुक मार्फत हिजोदेखि मात्र । यहाँहरुलाई पनि यस्मा सहभागी हुन इच्छा लागेको खण्डमा सहभागी हुन सक्नुहुन्छ । यो सबैको लागि खुल्ला हो –आफूलाई लागेका शब्दवली दिन सक्नुहुन्छ) पढ्नेक्रम जारी राख्नुहोस्

न फेंद, न टुप्पो !


बालकृष्ण, अल–जाहारा, कुवैत

संस्मरण

खोइ कहाँबाट शुरु गरुँ, मैले शुरुवात कहिल्यै फेला पार्न सकिनँ । शुरुवात खोज्दाखोज्दै मैले धेरै समय बिताइसकेँ तर शुरुवात फेला परेन । अब त शुरुवात सम्झिँदा पनि दिक्क लाग्छ । न त अन्तको बिन्दु नै पत्ता लगाउन सकेँ, न त अन्त्यको बिन्दु नै यो हो भनेर किटानका साथ शुरुवात गर्न सकेँ । मात्र बीच-बीचमा कुद्न खोज्छु त्यसबाट कुनै निष्कर्ष निस्कँदो रहेनछ । कस्तो डरलाग्दो कुरो न त फेद छ, न टुप्पो कसैले सोच्नै नसक्ने विषय । म अलमल्लमा परेको छु । शुरु त जसोतसो होला तर अन्त्यसम्म पुग्न सकेन भने त्यसको के अस्तित्व; फेरि अर्को मनले सम्झन्छु; शुरुवात नै छैन भने त्यसको कस्तो अन्त्य होला र ! पढ्नेक्रम जारी राख्नुहोस्