“दीपशिखा” टालाटुली बाटुली


चलचित्र दिपशिखाको कुमरी हलमा बिहीबार भएको प्रिमियर शोमा नायिका अरुणिमा लम्साल । काठमाडौ, भाद्र २७ – सपनाको राजकुमार’ प्रायः युवतीको कल्पनामै सीमित भए पनि शिखाका लागि भने सपनामै आउँछ, घोडा चढेर । जबकि त्यो युवकलाई उसले विपनामा देखेकै हुन्न । तर पनि सपनाको केटोलाई विपनामा पाउने आशमा ऊ कल्पेर बसिरहेकी हुन्छे । 

तर शिखाको पर्खाइलाई निर्देशक नरेश पौडेलले खेर जान दिएनन् र फिल्मको शीर्षक नै जुराइदिए- ‘दीपशिखा’ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘दीपशिखा’ मा शिखा (अरुणिमा लम्साल) ले बारम्बार सपनामा आउने केटोलाई दीप (जीवन लुइँटेल) को रुपमा विपनामा

पाउँछे । तर आफैंले नै लेखेको फिल्मको कथामा नायिका अरुणिमा भने पहिल्यै बेलायतमा बस्ने निरज (निरज बराल) सँग जनै-सुपारी गरिसकेकी हुन्छिन् । एकातिर आफ्नो मनले खाएको केटो, अर्कातिर परिवारले रोजेको केटो । परिवारको इज्जत र विवाहका लागि केटालाई दिएको वाचा एकातिर अनि आफूले गरेको माया अर्कातिर । विलखबन्दमा परेकी शिखाले नै अन्ततः बाजी मार्छे र प्रेमको जित हुन्छ । तीन घन्टा लामो फिल्मलाई त्रिकोणात्मक प्रेमकथामा बुनिएको छ ।

तुलनात्मक रूपमा केही अलग धारका फिल्म आएर नयाँपनको आशा जगाइरहेको बेलामा ‘दीपशिखा’ भने पुरानै प्रवृत्तिमा रमाएको छ । नायिकाले पहिलोपटक फिल्मको स्त्रिmप्ट लेखेको भनेर प्रचार गरिए पनि चोरीचकारी र नक्कलकै गन्ध आइरहन्छ फिल्म हेर्दा । ‘दीपशिखा’ टालाटुली बाटुली सिइएको रंगीन कपडाजस्तो देखिन पुगेको छ ।

चेतन सापकोटाको संगीत रहेको फिल्मका एक-दुई गीतबाहेक फिल्ममा राम्रो भनिहाल्ने खास केही भेट्न गाह्रो पर्छ । फिल्मका अधिकांश दृश्य वास्तविकताभन्दा टाढा जाँदा ठाउँ-ठाउँमा दर्शकलाई अपच हुन सक्छ । जँड्याहा पछि लाग्यो भनेर चिन्दै नचिनेकासँग ‘नक्कली राजेश हमाल’ भन्दै एउटी वयस्क केटी टपक्क टाँसिनु सुहाउँदो लाग्दैन ।

जुत्ता लगाएरै फुल मेकअप, गहनासहित बिस्तरामा सुतेको देखाइनु, हार्ड डि्रङ्स गरेर लर्खराएकी युवतीले भुसतिघ्रेहरूलाई हानेर उठ्नै नसक्ने गरी पछार्नु वा भर्‍याङमाथि चढेर थपडी बजाएर बस्न सक्नु, स्विमिङ पुलमा पौडिन सक्ने पछि कुनै एक दृश्यमा पानीसँग डराउने भन्नु, कार, मोटरसाइकल, साइकल र पैदल दगुर्नेको गतिमा भिन्नता नदेखाइनु, पानीमा भिज्दै गितार बजाउनु, आफ्नै घरको ढोकाको घन्टी र टेलिफोनको घन्टी पनि नचिन्नुजस्ता हास्यास्पद दृश्य फिल्मभरि पाउन सक्छन् दर्शकले ।

फिल्ममा प्रयोग गरिएका संवाद पनि कतिपय ठाउँमा अशुद्ध र अशिष्ट छन् । रिस उठेको व्यक्तिलाई ‘गाइने’ भनेर गरिएको तुच्छ बोलीले गन्धर्व जातिका लागि अन्याय गरेको जस्तो लाग्न सक्छ । अभिनयको हिसाबले पनि फिल्म खासै सबल देखिँदैन । नायिका अरुणिमा फिल्ममा हाबी छन् । तर पनि उनको ओभर एक्टिङले भूमिकाको वजन घटाएको छ । नायक निरजको अस्पष्ट सम्वादका साथै जीवनको अभिनय पनि सामान्य छ ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.