Daily Archives: 12/09/2010

पुरुष यौनकर्मीको कथा रहेको फिल्म ‘पलपलमा’


सेन्सर बोर्डले ‘एडल्ट फिल्म’को सर्टिफिकेट दिएको फिल्म ‘पलपलमा’ शुक्रबार काठमाडौंका हलहरुमा रिलिज हुँदैछ। विश्वज्योति लगायत १६ वटा हलमा फिल्म चल्ने निश्चित भएको निर्देशक उकेश दाहालले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्

ह्विलचेयर मोडल


मनोज दाहाल  – अमृता ज्ञवाली, २१, का आँखा आकर्षक छन्। कपाल रेसमी छ। ओठ फक्रेका छन्। नाकको देब्रे कुनाको कोठीले झनै राम्री देखिएकी छन्। फराकिलो अनुहारमा आकर्षक मुस्कान बोकेर उनी वजनदार कुरा गर्छिन्, मनोविज्ञान र समाजशास्त्रमा स्नातक जो गर्दैछिन्।
एसएलसी प्रथम श्रेणी, लक्ष्य- साइकोलोजिस्ट। पढ्नेक्रम जारी राख्नुहोस्

संविधान लेखनमा सघाउन चीन तयार


काठमाडौँ, भदौ २७ – नेपालको जारी शान्ति प्रक्रिया र संविधान लेखनलाई सहयोग गर्न छिमेकी राष्ट्र चीनले प्रतिबद्धता व्यक्त गरेको छ। नेपाल भ्रमणमा रहेको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलका टोली नेता ही याङले प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटी सो प्रतिबद्धता व्यक्त गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

चेलीसँग नाच्न तीजमा नपाए पछि झडप


 टेकनारायण भट्टराई, पाल्पा, भदौ २७ – गुल्मीको हुँगा गाविसमा चेलीसँग तीज नाच्न नपाएको भन्दै आक्रोशित युवा र स्थानीयबीच झडप हुँदा २ घाईते भएका छन्। प्रहरीले मारपिटमा उत्रेका १० जना युवालाई नियन्त्रणमा लिएको जनाएको छ। झेर्दी गाउँमा शनिबार राति तीजमा नाच्न जम्मा भएका युवाहरुले चेलीहरुसँग अभद्र ढंगले नाच्ने मोबाईलमा भिडियो खिच्ने गरेपछि स्थानीयले त्यसो नगर्न आग्रह गर्दा दुई पक्षबीच झडप भएको थियो। पाका पुस्ता र युवा पुस्ताबीचमा भएको तनावमा दुई युवा घाइते भएका छन्। घाईते हुनेहरुमा हुँगा-९ का पदमपाणी न्यौपाने र खिमलाल न्यौपाने रहेका श्रृङ्गा प्रहरी चौकीले जनाएको छ। उनीहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ। १० जना युवालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय तम्घास ल्याईएको प्रहरी नायव उपरीक्षक पदम प्रसाद सुवेदीले बताए।

 

Posted by: Shiva Paudel

“दीपशिखा” टालाटुली बाटुली


चलचित्र दिपशिखाको कुमरी हलमा बिहीबार भएको प्रिमियर शोमा नायिका अरुणिमा लम्साल । काठमाडौ, भाद्र २७ – सपनाको राजकुमार’ प्रायः युवतीको कल्पनामै सीमित भए पनि शिखाका लागि भने सपनामै आउँछ, घोडा चढेर । जबकि त्यो युवकलाई उसले विपनामा देखेकै हुन्न । तर पनि सपनाको केटोलाई विपनामा पाउने आशमा ऊ कल्पेर बसिरहेकी हुन्छे । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी निर्वाचनबाट बाहिरिन्छ


काठमाडौ, भाद्र २७ -माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले आफ्नो दल जारी प्रधानमन्त्रीको निर्वाचन प्रकृयाबाट  बाहिरीने तयारीमा रहेको बताएका छन्  । उनले केन्द्रीय समितिको बैठकले एक दुई दिन भित्र निर्वाचन प्रकृया छाडेर राष्ट्रिय सहमतिका लागि नयाँ ढंगले पहल गर्ने निर्णय गर्ने उल्लेख गरे । पढ्नेक्रम जारी राख्नुहोस्