Daily Archives: 10/09/2010

संकटमा पाकिस्तान क्रिकेट


इंग्ल्यान्डबिरुद्ध चौथो तथा अन्तिम टेस्ट प्रतियोगिता खेलिरहेको पाकिस्तानी टिमका एक खेलाडीले नियतवश नो बल फ्याँकेको आरोप लागेपछि प्रारम्भ भएको म्याच फिक्सिङको प्रकरण बढ्दै गएको छ । यो प्रकरणमा अहिले पाकिस्तानका खेलाडीहरू मात्र नभै अन्य  क्षेत्रका व्यक्तिहरू पनि संलग्न भएको प्रमाण जुट्दै गएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपति, सेनापति र रक्षासचिवका आफन्त फेल


काठमाडौं, भाद्र २५ – राष्ट्रपति रामवरण यादव, सेनापति छत्रमान गुरुङ र रक्षा सचिव नवीन घिमिरेका आफन्त नेपाली सेनाले हालै लिएको परीक्षामा असफल भएका छन् । सेना अधिकृतहरूको परीक्षा पहिलोपटक लोकसेवा आयोगका पदाधिकारीको नेतृत्वमा भएको हो । राष्ट्रपतिका भतिजा मनोजकुमार यादव र रक्षा सचिवका साला लिखितमै असफल भएका थिए भने सेनापतिकी भतिजी प्रितु गुरुङ लिखित पास भए पनि अन्तर्वार्ता क्रममा फालिएकी थिइन् । तीनैजना उपसेनानीस्तरको डेन्टिस पदका प्रतिस्पर्धी थिए । राष्ट्रपति सेनाका सर्वोच्च कमान्डर परमाधिपति हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

गोर्खामाथि विश्वासघात’ गरेको आरोप


काठमाडौं, बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन तथा उपप्रधानमन्त्री निक क्लेगमाथि गोर्खा सैनिकलाई ‘विश्वासघात’ गरेको आरोप लागेको छ।  चुनावअघि पूर्व गोर्खालाई समान पेन्सनको अभियानलाई साथ दिएका कन्जरभेटिभ तथा लिबरल डेमोक्र्याट नेताले सरकारमा पुगेपछि गोर्खा सैनिक कटौतीमा लागेर लज्जास्पद कार्य गरेको गोर्खा समान अधिकारका अभियन्ता पिटर क्यारोलले बताए। क्यारोल लिबरल डेमोक्र्याटका स्थानीय नेता पनि हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

ब्लाकबेरी सेवाप्रति प्रहरीको आपत्ति


केपी ढुंगाना, काठमाडौं, प्रहरीले नेपालमा सर्भर नराखी ब्याकबेरी सेवा वितरण गरेकोमा आपत्ति जनाएको छ। प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीले बुधबार केन्द्रीय सुरक्षा समितिमा प्रतिवेदन पेस गर्दै नेपालमा छुट्टै सर्भर नराखी ब्ल्याकबेरीको सेवा सुरु गर्दा राष्ट्रिय सुरक्षा र गम्भीर अपराधको अनुसन्धानमा नकारात्मक प्रभाव पार्ने उल्लेख गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

फेसबुकमा ६ लाख नेपाली


सामाजिक सञ्जालको लोकप्रिय साइट फेसबुकमा आवद्ध हुने नेपाली झण्डै ६ लाख पुगेका छन्। फेसबुकका प्रयोगकर्ता गणना गर्ने साइट फेसबेकर्सका अनुसार, आइतबारसम्म नेपाली प्रयोगकर्ता ५ लाख ८७ हजार पुगेका छन्। यो मध्य पुरुष तीनलाख ९९ हजार नौसय र महिला एकलाख ८० हजार सातसय ४० छन्। इन्टरनेटको पहुँच भएका ९० प्रतिशतभन्दा बढी नेपाली फेसबुकमा छन्। सबैभन्दा बढी ४६ प्रतिशत १८ देखि २४ वर्ष उमेर समूहका छन्। २५ देखि ३४ वर्ष उमेर समूहका फेसबुक प्रयोगकर्ता नेपाली २७ प्रतिशत छन्। फेसबुक प्रयोगकर्ता नेपालीमध्य ३५ देखि ४४ वर्ष समूहका ७ प्रतिशत छन् भने १६ देखि १७ वर्ष समूहका नौ प्रतिशत छन्। ६५ वर्षभन्दा माथि उमेर भएका फेसबुक प्रयोग गर्ने नेपाली एक प्रतिशत छन्। पढ्नेक्रम जारी राख्नुहोस्

Happy Eid…!