Daily Archives: 09/09/2010

मातृ भुमि को माया


मिलन कार्की, साउदीअरब

मृत घोषित नगर मलाई, म पुन जाग्ने रहर लिएर मरेको छु
मेरो प्राण शरीरलाई त्यागे पनि, मेरो आत्मा मातृभुमिमा नै शेष छ
म मरे पनि मेरो देश मलाई उतिनै प्यारो छ !!

देह भस्म भई पञ्चतत्वमा विलिन भए पनि, आत्माले सधै जन्म भूमिलाई आभाष गरि रहन्छ
हावा एकतर्फी त चल्ने छैन सधै, कहिले मेरो मातृभुमिलाई छोएर मेरो घर को बाटो पनि बहन्छ !!

मेरो मृत शरीर लाई छोडेको आत्मा अझै पनि तड्पी रहन्छ, मेरो पुर्व भुमि लाई सुम्सुमाउन
न्याला-ब्याला परेका नेपाली सँतान हताषी रहेका छन्, नौलो बिहानीको रंगमा मुस्कुराउन!!

पबित्र भुमि मेरो नेपाल बिषमा घुले झैँ शोकाकुलमा छ,
स्वाभिमानी बन्ने कल्पना गरौ मातृ लाई गरिमा को खाँचो छ
यो कलियुगमा संजीविनी को पहाड बोकी ल्याउने पवनपुत्र हनुमान देवको खाँचो छ !!

मृत घोषित नगर मलाई, म पुन जाग्ने रहर लिएर मरेको छु
मेरो प्राण शरीरलाई त्यागे पनि, मेरो आत्मा मातृभुमि मा शेष नै छ
म मरे पनि मेरो देश मलाई उतिनै प्यारो छ !!

Posted by: Raju Gurung

कतारमा मृत्‍यु भएका मृतक परिवारलाई १ लाख ७० हजार सहयोग


राजेश्वर ढकाल, दोहा

कतारमा कार्यरत नेपालीहरुले जुलाई ३ मा सुतेकै अवस्थामा निधन भएका गोरखा अश्राङ्ग-४ का ३४ वषिर्य डिल्लिराम भट्टको परिवारलाई कतारी रियाल ८ हजार ६ सय ३९ (१ लाख ७२ हजार ७ सय ८० रुपैया ) सहयोग गरेका छन । कतारमा रहेका सुर्दशन भट्ट, रोयणि प्रसाद तिवारी, खेम प्रसाद तिवारी तथा श्रीकृष्ण भट्टराईको सक्रियतामा उक्त रकम संकलन गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

अनमिनको म्याद चार महिना थपियो


काठमाडौ । सरकारले यहाँ कार्यरत संयुक्त राष्ट्रसङ्घीय कार्यालय (अनमिन) को कार्यावधि चार महिना थप गरेको छ । यही भदौ ३० गतेदेखि लागू हुनेगरी अनमिनको म्याद थपिएको हो । प्रधानमन्त्री माधवकुमार नेपालले अनमिनको कार्यादेश एवम् कार्यावधि थपसम्बन्धी पत्र संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनलाई पठाउनुभएको छ । प्रधानमन्त्रीले पठाउनुभएको पत्र संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यले हिजो महासचिव बानलाई हस्तान्तरण गर्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

आज ९७औं बीपी जयन्ती मनाइँदै


आज नेपाली काग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय बीपी कोइरालाको ९७ औ जन्म जयन्ती आज राजधानी लगायत मुलुकभर नेपाली कांग्रेस र कांग्रेसका भातृसंस्था र शुभेच्छुकहरुले विशेष कार्यक्रम आयोजना गरेर मनाइरहेका छन् । कांग्रेस र कांग्रेसको भातृ संस्था तथा शुभेच्छेकले आज मुलुक लगायत विदेशमा पनि विविध कार्यक्रम आयोजना गरी आफ्ना संस्थापक नेताको सम्झना गर्ने भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्