काठमाडौँ । एकताकाकी चर्चित नायिकाकी रुपमा चिनिएकी नम्रता श्रेष्ठलाई अश्लील भिडियोले भाउ बढाइदिएको हल्ला आजभोलि व्यापक रुपमा चल्न थालेको छ । विशेषगरी नेपाली चलचित्र क्षेत्रमा नम्रताको विषयमा यस्तो हल्ला चलेको छ । निमार्णधिन चलचित्र ‘मिस यू’ मा उनलाई ४ लाख दिएर निर्माणपक्षले अनुबन्धित गरेपछि नम्रताको भाउ बढेको विषयले चर्चा पाएको हो ।
नेपाली चलचित्रका नायिकाहरूले पाउने पारिश्रमिक बढीमा २ लाख हो । यो दर आजसम्मकै सबैभन्दा बढी हो । २ लाख पारिश्रमिक लिने नेपाली नायिका कमै मात्र छन् । समग्रमा ५० हजार रुपैयामै नेपाली नायिकाहरूले काम गर्दै आएका छन् । यसैबेला नम्रतालाई सो चलचित्रका निर्माणपक्षले ४ लाख दिएर आफ्नो चलचित्रमा अनुबन्धित गर्नु पनि रहस्यमय मानिन्छ । अश्लिल भिडियो टेप सार्वजनिक हुनुभन्दा अगाडि नम्रताले बढीमा १ लाख ५० हजारसम्म लिएको एक चलचित्रकर्मीले बताए ।
उनले अश्लिल भिडियो आउन अगाडी ‘मेरो एउटा साथी छ’ र ‘सानो संसार’ चलचित्रमा अभिनय गरेकी थिइन । यी चलचित्रले नै नम्रतालाई नायिकाको रुपमा चिनाएको हो । म्युजिक भिडियोहरूमा भने नम्रताको राम्रै पकड रहदै आएको थियो । नम्रताले ‘फष्ट लभ’ मा पनि सानो भूमिका निभाएकी छिन् । जुन चलचित्र अहिले काठमाडौंमा प्रदर्शन भइरहेको छ । यी चलचित्रहरूमा नम्रताले ३० हजारदेखि एक लाख २० हजारसम्म लिएको स्रोतले बताएको छ ।
१० हजारदेखि ५० हजारबीचको सरदरमा पारिश्रमिक लिएर काम गर्ने नायिकाहरूको बाहुल्यता रहेको नेपाली चलचित्र उद्योगमा नम्रताले छोटो समयमा नै पारिश्रमिकको मामिलामा अन्य नायिकाहरूलाई उछिन्दै आइरहेको बेला उनको अश्लिल भिडियो क्लिप्स सार्वजनिक भएको थियो । अश्लिल भिडियोका कारण करिब ५ महिना गुप्तबास बसेकी नम्रता अहिले चार लाखे नायिकाको रुपमा पुनः चर्चामा आएकी छिन् । अश्लिल भिडयोको कारण अधिकांश मिडियामा स्थान पाएकी नम्रताले त्यसैको सदुपयोग गर्दै आफ्नो पारिश्रमिक ४ लाख पुर्याएकी छिन् । एक निर्माताले भने ‘नम्रताले के आधारमा ४ लाख पारिश्रमिक लिइन त्यो उनैलाई सोध्नुपर्छ, तर यति नै बेला एक्कासी भाउ बढाउदा नम्रतालाई नकरात्मक आरोप लाग्न सक्छ ।’
गुप्तबास भएर पहिलो चलचित्रमा देखा पर्ने वित्तिकै उनले ४ लाख पारिश्रमिक लिनुले अश्लिल भिडियो उनले जानी–जानी आफैले प्रचारमा ल्याएको भन्ने भान अरुलाई पर्नसक्ने पनि ती निर्माताले बताए। तर, उनलाई निर्माणपक्षले ४ लाख दिएको आधिकारिक प्रमाण भने छैन । निर्माणपक्षले भने नम्रताको प्रतिभा र क्षमतालाई कदर गरेर आफैले ४ लाख पारिश्रमिक दिएको जनाएको छ । ‘मिस यू’ का निर्देशक दर्पणले भने ‘नम्रतालाई चलचित्र क्षेत्रमा फर्काउन र उनको हौसला बढाउन हामीले नै पारिश्रमिकको प्रस्ताव राखेका हौं, नम्रताले मागेर दिएको होइन।’ नायिका नम्रतालाई ४ लाख पारिश्रमिक दिइएको भन्ने कुरा साँचो हो भने नम्रता नेपालको सबैभन्दा महङ्गी नायिकामा दरिने छिन् ।
तर, नम्रतालाई दिइएको भनिएको पारिश्रमिक रकम ‘मिस यू’ का निर्माणपक्षले नम्रतालाई अन्य प्रायोजनका लागि समेत भनेर दिएको रहस्य खुलेको छ । नायक दिलिप रायमाझी र सुरेश दपर्णले संयुक्त रुपमा निर्माण गर्न लागेको ‘मिस यू’ को सुटिङ मलेसियाको जोहरबारु, पेनाङ्ग, क्वालाम्पुर र सेलाङ्गोर लगायतका स्थानमा गर्ने निर्माणपक्षले जनाएको छ । त्यसैको मौकामा ‘पशुपतिको दर्शन सिद्राको व्यापार’ भने जस्तै नम्रतालाई चारवटा स्टेज कार्यक्रममा पनि नचाउने ‘मिस यू’ का निर्माणपक्षले तयारी गरेको छ । ३० अगष्ट र सेप्टेम्बर १०, ११ र १२ मा भिन्नभिन्नै स्थानमा ‘नेपाल कन्सर्ट– २०१०’ मलेसियामा हुने भएको छ । सोही चार कार्यक्रममा नम्रताले नृत्य गर्ने भएकी छन् । मलेसियाको मलाका, जोहरबारु, पेनाङ र क्वालालम्पुर हुने नेपाल कन्सर्टमा नृत्य गराउने सर्तमा दिएको ४ लाख रुपियाँलाई निर्माणपक्षले चलचित्रमा अभिनय गरेवापत पारिश्रमिक दिएको भनि प्रचार गरेर नम्रताकै विरोधभास हुने काम गरिएको छ ।
Posted by: Jay Ale
kina nepal ma bhalu haru lai badi prathamikata dinunchha director sayab haru…..
This is great Namrata, all the best sexy lady
Namratale liyeko Rakam sahi ho tara tyo Rakam dine jun Director bhanauda haru k hun ?