Daily Archives: 07/09/2010

एकै गाउँका ६ सय युवा भारत पलायन


काठमाडौं । कैलाली रतनपुर गावीस भुइफटिया गाउँका ६ सय भन्दा बढी युवाहरु मजदुरीका लागि भारत पलायन भएका छन् । गाउँका कामको अवसर नभएपछि उनीहरु रोजिरोटीका लागि भारत पसेका हुन् । सिमित जमिनमा वर्षेमा वाली लगाउन नेपाल बस्ने उनीहरु हिउँद लागेपछि कामका लागि भारत पस्ने गर्दछन् । पढ्नेक्रम जारी राख्नुहोस्

सातौं पटक दाहाल, पौडेल पराजित/फोरमले भोट दिएन, लोकतान्त्रिक गएन


कान्तिपुर संवाददाता, काठमाडौं
भाद्र २२ -प्रधानमन्त्री चयनका लागि मंगलबार भएको सातौं चरणको निर्वाचन पनि व्यर्थ भएको छ । एमाले, मधेसवादी चार दल, नेकपा माले, नेकपा संयुक्त लगायतका दलहरु तटस्थ बसेपछि निर्वाचन अनिर्णत बन्यो । छ पटक भएको निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बहुमत पुर्‍याउन नसकेपछि मंगलबार पुनः चुनाव भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

मिलेमतो जाँच गर्न स्वतन्त्र व्यक्ति


दुबई,  (एजेन्सी)- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले स्पट फिक्सिङको आरोपविरुद्ध लडिरहेका तीन पाकिस्तानी खेलाडी’bout निर्णय गर्न स्वतन्त्र कमिस्नरको नियुक्त गर्ने भएको छ। आइसिसी अध्यक्ष शरद पवारले आइसिसीले आफ्नो भ्रष्टाचार विरोधी इकाईद्वारा आरोपित गर्दै निलम्बन गरिसकेका पाकिस्तानी कप्तान सलमान बट एवम् तीब्र बलरद्वय मोहम्मद आसिफ र मोहम्मद आमेरले स्पट फिक्सिङ प्रकरणमा आफ्नो पक्ष राख्ने अवसर पाउने बताए। पढ्नेक्रम जारी राख्नुहोस्

नगद डलर अभाव


गोकर्ण अवस्थी                     
 काठमाडौ, भाद्र २२ – संसारभर डेबिट/क्रेडिट कार्डलगायत इलेक्ट्रानिक माध्यमको प्रयोग बढेपछि नेपालमा अमेरिकी डलरको अभाव हुन थालेको छ । पर्यटकहरूले नगदको सट्टा क्रेडिट वा डेबिट कार्डबाट भुक्तानी गर्न थालेपछि डलर नोट अभाव भएको हो । नेपालमा अमेरिकी डलर आउने एक मात्र माध्यम पर्यटकले गर्ने खर्च हो ।

‘पर्यटकले कार्डमार्फत भुक्तानी गर्न थालेपछि नगद डलरको अभाव हुँदै गइरहेको छ,’ केन्द्रीय बैंकका एक अधिकारीले भने । नगद डलर अभाव भए पनि विदेशी मुद्राको सञ्चितिमा भने सुधार भइरहेको छ । विदेशी मुद्रा सञ्चिति ३ अर्ब अमेरिकी डलर पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी सभासदलाई साढे २ बजे नै संसद पुग्न ह्विप


काठमाडौँ, भदौ २२  एकीकृत नेकपा (माओवादी)ले आफ्ना सभासदहरुलाई आज दिउँसो साढे २ बजे नै संविधान सभा भवनमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ। प्रधानमन्त्री चुन्नका लागि व्यवस्थापिका संसदमा आज दिउँसो ३ बजे मतदान हुँदैछ। निर्वाचनअघि माओवादीले साना दल र मधेसी मोर्चाका दलहरुसित बिहानैदेखि अनौपचारिक भेट गरिरहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

काठमाडौँमा जीप दुर्घटना हुँदा पाँचको मृत्यु


काठमाडौं, भदौ २२- बीरगन्जबाट काठमाडौं आउँदै गरेको ना १ ज २१२७ नम्बरको भाडाको टाटा सुमो गएराति काठमाडौको टल्कु डुँडेचौरस्थित विश्वखोला भन्ने ठाउँमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। गाडी सडकबाट १५ मिटर तल खस्दा १० जना यात्रीमध्ये ५ जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मृत्यु हुनेमा मकवानपुर हेटौंडा घर भएका २५ वर्षका उमेश थपलिया, भारत हरियाणा घर भएका वर्ष ६४ का शिव दर्शन, ३५ वर्षका ध्रुवकुमार श्रेष्ठ, ४० वर्षका रमेश कार्की र ४५ वर्षका भारतका बुनिया अली रहेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्