केदारनाथ खरेल, कुवेत
कुवैतमा गैर-अरब निवासीहरु धेरैको संख्यामा कार्यरत छन् । आ-आफ्ना देश र भूमि भिन्ना-भिन्नै भएता पनि जिविका आर्जनका लागि यहाँ कम्पनी र संघ-संस्थाहरुमा कतिपय दाजुभाइ तथा दिदीवहिनीहरु दैनिक रुपमा संलग्न देखिन्छन् । वास्तवमा देश-विदेश जुनसुकै ठाँउमा पनि राम्रो काम गरी आफ्नो आर्थिक व्यवस्थालाई सर्वोत्तम पार्नु र आरमदायी जीवनको खोजीमा प्रयासरत रहनु प्रशंसनिय कुरा हो । तर, आफ्नो मातृभूमिबाट टाढा गई अर्काको देशमा काम गर्न कति कष्टकर हुन्छ यो पनि तपाईंलाई अवगत नै होला । यसका धेरै कारणहरु हुनसक्छन् । जुन मध्ये त्यो देशको भाषाबाट अनभिज्ञ हुनु पनि एउटा ठूलो कारण हो । पढ्नेक्रम जारी राख्नुहोस्