Daily Archives: 05/09/2010

इजरायलमा मोती जयन्तीको अवसरमा साहित्यिक बनभोज तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न


१४५ औं मोती जयन्तीको अवसरमा अनेसास इजरायल च्याप्टरले यही सेप्टेम्बर ४ तारिख शनिबार इजरायलको तेल अभिभ स्थित भूमध्य सागरको किनारमा एक साहित्यिक बनभोज पुस्तक विमोचन कार्यक्रमको आयोजना गर्यो ।

अनेसास इजरायलका अध्यक्ष तथा गीतकार सुनील संगम तथा सल्लाहकार श्री श्याम रोक्काले कवि मोतीराम भट्टको तस्विरमा माल्यार्पण गरि संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गर्नु भएको थियो पढ्नेक्रम जारी राख्नुहोस्

पिसाब गर्दा पाँच महिनादेखि जेल


होम कार्की, काठमाडौ

भाद्र २०, खाडी मुलुक जाँदै हुनुहुन्छ ? होस गर्नुस्, नत्र सानो भूलले पनि जेल सजाय भोग्नु पर्नेछ । दाङका मंगलबहादुर लामा यस्तै भूलले गर्दा पाँच महिना जेल सजाय भोगिरहेका छन् । उनले अझै कति समय जेलमा बस्नुपर्ने हो, त्यसको पनि टुंगो छैन । साउदी अरबको राजधानी रियादको गद्दा मर्केटनजिक पिसाब फेरिदिंदा उनी दण्डित भएका हुन् । चर्को गर्मीले पानी प्यास लागेको थियो, पानी निकै पिइएछ, उनले जेलबाट फोनमा भने, पिसाबले च्यापेपछि रोक्नै सकिएन । पढ्नेक्रम जारी राख्नुहोस्

छैटौं पटक पनि हारे दाहाल र पौडेलले (प्रत्यक्ष जानकारी)


कान्तिपुर संवाददाता, काठमाडौं
भाद्र २० -प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ भयो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बहुमत पुर्‍याएनन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट आइतबारमात्र अलग भएको मधेसी जनअधिकार फोरम प्रधानमन्त्री निर्वाचनमा सहभागी भएन । फोरमको बैठक ‘संविधानसभामै निर्णय गर्ने भन्दै सकिएको थियो ।  पढ्नेक्रम जारी राख्नुहोस्

अत्याधुनिक हतियार ल्याउने सेनाको तयारी


image

७ दशमलब ७२ एमएमको एसएलआर र ९ एमएमको एसएमजी हतियार पूर्णरूपमा विस्थापित गरेर अत्याधुनिक हतियार ल्याउने सेनाको तयारी । 

नयाँ पत्रिका, काठमाडौं, १९ भदौ । अनमिनको म्याद नथप्न ‘लबिङ’ गरिरहेको नेपाली सेनाले हतियार ल्याउने तयारी गरेको छ । नयाँ भर्ना हुने सैनिकको तालिमका लागि आवश्यक पर्ने भन्दै सेनाले हतियार ल्याउन सरकारलाई दबाब दिन लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

महरा प्रकरणः माओवादी मिडिया के भन्छ?


काठमाडौँ, भदौ २०  सभासद् किन्नका लागि माओवादीले करोडौँ रुपैयाँ चीनसँग मागेको संवाद रहेको भनिएको श्रव्य सामाग्रीलाई भारतीय गुप्तचर विभाग ‘रअ’ ले तयार पारेर नेपाली सञ्चार माध्यमलाई उपलब्ध गराएको दावी माओवादीसमर्थित पत्रिका ‘जनदिशा’ले गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कुबेत लगिन लागेकी युवतीको उद्धार


इनरुवा, भाद्र २० – अबैध रुपवाट कुबेत लगिन लागेकी सुनसरी सदरमुकाम इनरुवाकी एक महिलालाइ दिल्ली स्थित नेपाली राजदुतावासले उद्धार गरी घर पठाएको छ । दुइदिन अघि दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलबाट उद्धार गरिएकी इनरुवा ४ का बिन्देश्वर रिसिदेवकी छोरी सिमा रिषीदेवलाइ दुतावासले प्रवासी नेपाली मित्र मञ्चको सहयोगमा आइतबार घर पठाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्