Daily Archives: 04/09/2010

तेहृ वर्षिया बालिका सुत्केरी/ बुहारी स्वीकार गर्नुपर्ने भएपछि केटाको परिवार नै फरार


घनश्याम गौतम,

गुल्मी, भाद्र १९ – दलित किशोरीलाई बुहारीको रुपमा स्वीकार गर्नुपर्ने दबाब बढ्दै गएपछि यहाँको एक परिवार घर नै छोडेर फरार भएको छ । अन्तरजातीय विवाहको आशामा गरेको यौन सम्पर्कबाट रहेको गर्भबाट किशोरीले भने शनिवार जिल्ला अस्पतालमा बच्चा जन्माएकी छन् ।

धुर्कोट बस्तु गाविस-३ का टामलाल पाण्डेको परिवार गाउँकै दलित युवतीलाई बुहारीको रुपमा स्वीकार गर्नुपर्ने भएपछि शुक्रवारदेखि फरार छन् । अन्तरजातीय विवाहको प्रलोभन देखाई पाण्डेका १८ वर्षिय छोरा रामचन्द्रले गाउँकै दलित किशोरीसंग गत मंसिर देखि यौन सम्पर्क गर्दै आएको बताइएको छ । किशोरीको उमेर सुत्केरी हुने दिनसम्ममा १३ वर्ष ७ महिना पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पुरुषले मात्रै होइन महिलाले पनि गर्छन् हस्तमैथुन


काठमाडौं बालाजुकी २६ वर्षिया सोफिया शर्माको -नाम परिवर्तन) श्रीमान डेढ वर्षअगाडि कामका लागि विदेश गएका छन् । श्रीमान विदेश गएपछि सोफियाले आफ्नो यौनचाहना पूरा गर्न हस्तमैथुन गर्दै आएकी छिन् । श्रीमान बिदेसिएको ६ महिनासम्म यौनचाहना तीव्र भएपनि हस्तमैथुन नगरेकी सोफियाले त्यसपछि भन्ने आफ्नो यौनचाहना पूरा गर्न हस्तमैथुनको सहरा लिइन् । सोफियाले हस्तमैथुनका विषयमा पठाएको जिज्ञासाअनुसार उनले साताको तीनपटकसम्म हस्तमैथुन गर्दै आएकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादिलाई प्रधानमन्त्रीको चुनाब जित्न ५० करोड कस्ले दिदै छ ?


कमरेड कृष्ण बहादुर महरा अडिओ टेप प्रकरण !

तल हेर्नुहोस्…

पढ्नेक्रम जारी राख्नुहोस्

विमान प्वाल पारेर चिल छिर्‍यो


काठमाडौं, भाद्र १९ -त्रिभुवन विमानस्थलमा बिहीबार करिब पाँच बजे ढाकाबाट काठमाडौं आएको विमान बंगलादेशमा चिल छिर्‍यो । उडिरहेका चिल जहाजको अग्रभागमा रहेको चुचोमा ठोक्किएर प्वाल पार्दै भित्र छिरेको थियो । चालक दलका सदस्यहरू बस्ने ककपिटमै रगतपच्छे भएर छिरेको चिलका कारण पाइलटसमेत केही समय अत्तालिए । पढ्नेक्रम जारी राख्नुहोस्

विभिन्न दुर्घटनामा नौजनाको मृत्यु


काठमाडौ । देशका विभिन्न भागमा भएका बेग्लाबेग्लै दुर्घनामा नौजनाको मृत्यु भएको छ । म्याग्दीमा घाँस काट्न गएका दरवाङ गाउ विकास समिति-४ हिदीका २८ वर्षीय भीबहादुर पुनको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, धनुषाको उमाप्रेमपुर गाउँ विकास समिति-४ का ४० वर्षीय भोला दर्जीको मृत्यु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीको निर्बाचन भोलि, दलहरु आ-आफ्नै अडानमा


१९ भदौ, काठमाडौं । लगातार पाँच पटकको चुनावबाट पनि प्रधानमन्त्री चुन्न नसकेपछि व्यवस्थापिका संसदमा भोलि छैटौपटकको चुनाव हुँदैछ । दलहरु आ-आफ्नै अडानमा कायम रहेपछि संसदबाट प्रधानमन्त्री चुन्न नसकेको हो ।

छैटौपटकको चुनाव हुन एकदिन बाँकी रहँदा पनि दलहरुले सहमति जुटाउन सकिरहेका छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्