Daily Archives: 03/09/2010

सुन आयातमा पूर्ण प्रतिबन्ध


१७ भदौ, काठमाडौं । बाह्य मुलुकबाट ठूलो परिमाणमा सुन आयात हुँदा विदेशी मुद्राको सञ्चितिमा प्रतिकूल असर पर्ने भएकाले भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन ल्याउन प्रतिबन्ध लगाएको छ । मन्त्रालयले निकासी पैठारी नियन्त्रण ऐन २०१३ को दफा ३ ले दिएको अधिकारको प्रयोग गर्दै २०६७ भदौ १८ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागी सुन (भन्सार शीर्षक ७१ ०८) को आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो ।

Posted by: Raju Gurung

सर्वाधिक आम्दानी गर्ने महिला खेलाडी


भदौको तेस्रो साता प्रारम्भ हुने अमेरिकी ओपन टेनिसको फाइनलसँगै यो वर्षको ग्रान्डस्ल्याम टेनिस प्रतियोगिता सम्पन्न हुनेछ । छिटपुट रूपमा केही टेनिस प्रतियोगिता भए पनि टेनिस खेलबाट आम्दानी बढाउने खेलाडीहरूले अर्को वर्षको  ग्रान्डस्ल्याम नै कुर्नुपर्ने हुन्छ । यसबीच फोब्र्स म्यागजिनले सन् २००९ जूनदेखि २०१० जूनसम्म सर्वाधिक आम्दानी गर्ने महिला खेलाडीको सूची सार्वजनिक गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालमा दिमाग हेरिँदैन


 मिस नेपाल बौद्धिक प्रतियोगिता हुदै होइन । कोही भ्रममा नपरे हुन्छ । यो विशुद्ध सौन्दर्य प्रतियोगिता हो । सौन्दर्य भनेका बाहिरी सौन्दर्य । प्रतियोगितामा सोधिने केही प्रश्नले कसैको बौद्धिकता या दिमाग नाप्न सकिन्न ।
झरना बज्राचार्य, पूर्व मिस नेपाल

भनिन्छ, सौन्दर्य हेर्नेका आँखामा निर्भर हुने कुरा हो । भोको मान्छेले गुलाबभन्दा रोटी सुन्दर देख्छ । तपाईं सौन्दर्यको नाप-तौल गर्ने मिस नेपाल प्रतियोगिता जितिसक्नुभएको मान्छे ! सौन्दर्यलाई कसरी परिभाषित गर्नुहुन्छ ?

सौन्दर्य’bout बुझ्न र बुझाउन एकदमै गाह्रो छ । सौन्दर्यलाई विभिन्न कोणबाट व्याख्या गर्न सकिन्छ । कसैले रेसमी कपाल र गोरो छालालाई सुन्दरताको मानक मान्न सक्छ । अनि, सौन्दर्य भनेको व्यक्तिको आन्तरिक क्षमताको कुरा हो भन्ने पनि धेरै छन् । सौन्दर्य भनेको यही हो ठोस र चित्तबुझ्दो उत्तर दिन गाह्रो छ । मसँग सौन्दर्यको कुनै विशेष परिभाषा छैन । पढ्नेक्रम जारी राख्नुहोस्

विश्वकपमा हारेका टोलीहरुको युरो कपमा छनोट चरण आजदेखि


लन्डन, भदौ १८ (एजेन्सी)- विश्वकपमा अनपेक्षित निराशा भोगेर फर्किएपछि टोली पुनर्निर्माणको चरणमा रहेका इटाली, फ्रान्स र इङ्ल्यान्डले शुक्रबारबाट युरोपियन च्याम्पियनसिप (युरो २०१२) को छनोट चरण सुरु गर्दै छन् । उपविजेताका रूपमा विश्वकपमा गए पनि पहिलो चरणबाटै घर फर्किएको फ्रान्सले युरो छनोट समूह ‘डी’ को पहिलो खेलमा बेलारुसको सामना गर्दैछ। विश्वकपमा टोली आन्तरिक विवादमा फसेपछि स्ट्राइकर पढ्नेक्रम जारी राख्नुहोस्

सभासदले नै घूस खुवाए


प्रहरी इन्स्पेक्टर बनाइदिन्छु भन्दै घूस खाने एक सभासद सप्रमाण गिरफ्तार भएको चार दिन नबित्दै अर्का यस्ता सभासद भेटिए जसले छोरालाई इन्स्पेक्टर बनाउन घूस खुवाए र नभएपछि पैसा उठाउन प्रहरीलाई गुहारे ।

प्रतिमा बाँस्कोटा                    
काठमाडौ, भाद्र १८ – नुवाकोटका सभासद गोविन्द नेपालीले छोरालाई इन्स्पेक्टर बनाउन प्रहरी अस्पतालका दुई असईलाई एक-एक लाख रुपैयाँ घूस खुवाए । तर लिखित परीक्षाबाटै छोरा फालिए पछि जिल्ल परे । एमाले सभासद नेपाली र असईहरूबीच छ लाख लेनदेनको सम्झौता भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

मन्त्री भएर बस्न लाज लाग्न थालिसक्योः गृहमन्त्री


काठमाडौँ,  गृहमन्त्री भीम रावलले दुई दुई महिनासम्म कामचलाउ मन्त्रिपरिषद्को मन्त्री भएर काम गर्नुपर्दा आफूलाई लाज लाग्न थालिसकेको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्रीले नै राजीनामा दिइसकेको अवस्थामा मन्त्रीले के राजीनामा दिनु?’   यस्तै अवस्था जारी रहे त्यसको प्रतिकूल असर सुरक्षा व्यवस्थामा पर्ने चिन्ता मन्त्री रावलले पोखे । पढ्नेक्रम जारी राख्नुहोस्