Daily Archives: 02/09/2010

नेपाली एकता समाज मलेशियाको विदाई कार्यक्रम सम्पन्न


योगेन्द्र योगेन, मलेशिया 

निलाई नेपाली एकता समाज मलेशियाले आफनो ३ बर्षे कार्यअबधि पुरा गरि स्वदेश फर्किने पूर्वअध्यक्ष र पूर्व उपसचिब सहित १२ जना सदस्यहरुलाई विदाई गरको छ । निलाईस्थित युनाईटेड मोरको नेपाली क्यान्टिनमा ३१/०८/२०१० को दिन विदाई कार्यक्रमको आयोजना छ । पढ्नेक्रम जारी राख्नुहोस्

वीरगञ्जमा चार किलो सुन पक्राउ


भारतबाट अवैध रुपमा नेपाल भित्र्याईंदै गरेको चार केजी भन्दा बढी सुन राजस्व गस्ती टोली बीरगञ्जले पक्राउ गरेको छ । गस्ती टोलीले बा७च ६३४४ नम्बरको सेन्ट्रो कारबाट आज विहान चार केजी सुन बरामद गरेको जनाएको छ । सोही कारबाट बुधबार साँझ चेकजाँचको क्रममा दुई सय पचास ग्राम सुन बरामद गरिएको थियो । कारमा थप सुन हुन सक्ने आशंकामा आज पनि गस्ती टोलीले थप चेकजाँच गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

हवल्दार मारेको अभियोगमा उपसेनानी पक्राउ/सैनिकद्वारा छुरा प्रहार


काठमाडौँ । काठमाडौँको कोटेश्वर बस्ने उपसेनानी टीकाराम चौलागाईँलाई सोही घरमा बस्ने हवल्दार धनराज कार्कीको हत्याको अभियोगमा पक्राउ गरी सैनिक प्रहरीको जिम्मा लगाइएको छ । उपसेनानी चौलागाईँ र हवल्दार कार्कीबीच मङ्गलबार राति ११.४५ बजे झै-झगडा र कुटपिट हुँदा घाइते कार्कीको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको नेपाली प्रहरी केन्द्रीय समाचार कक्षले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

संगीतप्रेमीहरुका लागि सोसल नेटवर्किङ


kiosk_संगीतप्रेमीहरुका लागि इन्टरनेटमा एउटा नयाँ संसार बनाउने सपनाका साथ अमेरिकी कम्पनी एप्पलले एउटा विशेष प्रकारको सोसल नेटवर्किङ वेभसाइट सुरु गरेको छ । कम्प्युटर उत्पादकहरु र इन्टरनेट सेवाहरुसँग सम्बन्धित अमेरिकी कम्पनी एप्पलले यो सुविधालाई ‘पिङ्ग’ नाम दिएको छ । ‘पिङ्ग’को उद्देश्य संगीतका शौकिनहरुलाई एकअर्कासँग जोड्न सहयोग गर्नु हो । पढ्नेक्रम जारी राख्नुहोस्

सदीक्षा भइन् मिस नेपाल


१६ भाद्र, काठमाण्डौ । यस वर्षको मिस नेपालको उपाधी सदीक्षा श्रेष्ठले जितेकी छिन् । बुधबार राजधानीमा सम्पन्न प्रतियोगितामा १७ जना युवतीलाई पछि पार्दै काठमाण्डौकी १९ वषिर्या सदीक्षा श्रेष्ठले मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् । प्ले मिस फोटोजेनिक, अर्बिट मिस पर्सनालिटी र सेफ्टी मिस स्मार्ट वाल्कमा समेत सदिक्षाले कब्जा जमाइन् ।

यसअघि सन् २००९ को मिस नेपाल जेनिसा मोक्तानले जितेकी थिईन् । त्यसैगरी फस्ट रनर अप सहाना बज्राचार्य भइन् भने संयुक्ता तिम्सिना सेकेन्ड रनरअफ भएकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली आकाशमा उड्ने जहाजमा त्रुटि फेला परे


१७ भदौ, काठमाडौँ । हवाई उड्डयन सुरक्षा विभागले चेक जाँचका क्रममा केही जहाजहरूमा सामान्य त्रुटीहरू देखा परेको जनाएको छ । विभागले हवाई उड्डयन सुरक्षालाई अझ प्रभावकारी बनाउन नियमित निगरानी र निरीक्षण गर्दै आएको र हाल पोखरा, नेपालगञ्ज, सुर्खेत, काठमाडौँ उडान भएका सबै वायुयानहरूमा निगरानी र निरीक्षणका लागि पढ्नेक्रम जारी राख्नुहोस्